npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

संसदीय दलको नेता छान्न ढिलो भएको कांग्रेस सांसदको गुनासो, पदाधिकारीसँग छलफल गरिने

Basudev Timalsina 3 hours ago

काठमाडौं। नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनको विषय पेचिलो बनेको छ। तीन सांसदले अडान नछोडेपछि दलको नेता चयनको विषय पेचिलो बनेको हो।

दलको नेता चयनका विषयमा छलफलका लागि शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा खासगरी अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे दाबी पेस गरेका छन्। उनीहरु दुवै जनाले संसदीय दलको नेताका लागि आफू उपयुक्त पात्र भएको दाबी गरे।

निर्वाचन समितिका संयोजक एवं कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले दलको नेतामा केसी, आङ्देम्बे लगायत नेताले दाबी गरेकाले पार्टी पदाधिकारीसँग छलफल गर्नुपर्ने अवस्था आएको बताए। ‘चर्चामा आएकै नेताहरुले दाबी गर्नुभएको छ। त्यही कारण यस विषयमा अब पदाधिकारीसँग छलफल हुन्छ,’ उनले भने।

केसी र आङ्देम्बे दुवैजना समानुपातिक सांसद हुन्। रसुवाबाट निर्वाचित सांसद मोहन आचार्य र इलाम-१ बाट निर्वाचित निश्कल राईलाई संसदीय दलको नेता बनाउनुपर्ने आवाज पनि कांग्रेसभित्र छ।

बैठकमा ३८ सांसदमध्ये २६ जनाले आ आफ्नो धारणा राखेका थिए। अधिकांशले संसदीय दलको नेता चयनमा ढिलाइ भएको गुनासो गरे।

निर्वाचनमा सबैभन्दा धेरै अर्थात १८२ सिट जितेको संसदीय दलको नेता चयन गरेर सरकार बनाएको तीन साता भइसकेको छ। रास्वपाले प्रमुख सचेतक र सचेतक पनि छानिसकेको छ। अरु दलले पनि दलको नेता टुंगो लगाइसकेका छन्।

The post संसदीय दलको नेता छान्न ढिलो भएको कांग्रेस सांसदको गुनासो, पदाधिकारीसँग छलफल गरिने appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category