npl.977 Nepal News Stream

Insurance Khabar logo

Insurance Khabar

Nepal's First Insurance News Portal

अब अस्पताल पनि हप्तामा दुई दिन बन्द रहने

केशवप्रसाद भण्डारी | 3 hours ago
काठमाडौं । इनधन संकटका कारण सातामा दुई दिन सार्वजनिक बिदा घोषणा गरेको सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । स्वास्थ्य क्षेत्रमा क्रियाशील १४ वटा संयुक्त पेसागत संगठनको निरन्तर दबाबपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रमा पनि दुई दिने बिदा लागू गर्ने निर्णय गरेको हो।

नेप्से र यी ५ कम्पनीबीच बुक बिल्डिङ विधिबाट शेयर बिक्री गर्ने सम्झौता

जयराम गौतम | 6 hours ago
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) र ५ कम्पनीबीच बुक बिल्डिङ विधिबाट शेयर बिक्री गर्ने सम्झौता भएको छ। बुब बिल्डिङ विधिबाट योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको शेयर शिलबन्दी बोलपत्रसम्बन्धी कार्य सञ्चालन गर्न नेप्सेले ती कम्पनीसँग सम्झौता गरेको हो।

हिमालयन रिइन्स्योरेन्सका सीईओसहित उच्च पदाधिकारीलाई बीमा प्राधिकरणले सोध्यो स्पष्टीकरण

जयराम गौतम | 6 hours ago
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सहित उच्च पदाधिकारीलाई नेपाल बीमा प्राधिकरणले स्पष्टीकरण सोधेको छ। पछिल्लो समय कम्पनीमा भएका नियमविपरीतका कार्यलाई लिएर सीईओ उपासना पौडेलसहित उच्च पदाधिकारीलाई स्पष्टीकरण सोधिएको प्राधिकरणकी प्रवक्ता एवं निर्देशक पुजन ढुंगले अधिकारीले जानकारी दिइन्। ‘प्राधिकरणले ७ दिनभित्र चित्तबुझ्दो जबाफ पठाउन कम्पनीका सीईओलगायत उच्च पदाधिकारीलाई निर्देशन दिएको छ’, उनले भनिन्।

ऊर्जा, जलस्रोत क्षेत्रको सुधारका लागि ऊर्जामन्त्रीको ३२ बुँदे निर्देशन

नानु खड्का (निर्जला) | 6 hours ago
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा तथा जलस्रोत क्षेत्रको संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि र कार्यसम्पादनलाई नतिजामुखी बनाउन विस्तृत कार्ययोजनामा साथ सम्बन्धित निकायलाई समय सीमासहित निर्देशन जारी गरेका छन् । बिहीबार सो निर्देशन जारी गरेका हुन् ।

नेपाल इटाली उद्योग वाणिज्य संघद्वारा नवनिर्वाचित सांसद बसुमाया तामाङलाई सम्मान

नानु खड्का (निर्जला) | 7 hours ago
काठमाडौं । नेपाल इटाली उद्योग वाणिज्य संघले अध्यक्ष संजय अग्रवालको नेतृत्वमा तथा बोर्ड सदस्यहरूको उपस्थितिमा, सांसद पदमा निर्वाचित भएकी बसु माया तामाङको सम्मानमा बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रम सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा सम्पन्न भएको थियो । तामाङ, एनआइसीसीआईकी एक सम्मानित सदस्य हुन् ।

यूएईको भिसामा सरकारको ध्यानाकर्षण, निकाल्यो यस्तो विज्ञप्ति

जयराम गौतम | 7 hours ago
काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्सको भिसामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अध्यागमन विभागले आज एक विज्ञप्ति निकाल्दै यस्तो ध्यानाषर्कण भएको जनाएको छ। ‘यूएई प्रस्थान गर्न लागेका कुनै नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै ‘इम्प्लोइमेन्ट इज स्ट्रिक्ली प्रोहेबिटेन्ड।

शेयर बजारमा ३३ अंकको गिरावट, कारोबार रकम ९ अर्ब ३१ करोड

नानु खड्का (निर्जला) | 8 hours ago
काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ८३ अंकले घटेर २,८३३ को विन्दुमा कायम भएको छ । आज ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २३६ कम्पनीको शेयर मूल्य घटेको छ ।

किन महत्वपूर्ण छ जीवन बीमाका लागि व्यक्तिगत घटना दर्ता ?

केशवप्रसाद भण्डारी | 9 hours ago
काठमाडौं । नेपाल सरकारले वैशाख १ गतेदेखि ७ गतेसम्म देशभर ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गरिरहेको छ। “पञ्जीकरण हाम्रो अधिकार, सुशासनको बलियो आधार” भन्ने नाराका साथ स्थानीय तहहरूमार्फत जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद (पारपाचुके) र बसाइसराइजस्ता पाँच मुख्य व्यक्तिगत घटना दर्ता गर्न आह्वान गरिएको छ। व्यक्तिगत घटना दर्ताले व्यक्तिको नागरिक हैसियत निर्धारण गर्छ।

यी हुन् संसदीय समितिका सभापतिहरुमा रास्वपाका उम्मेदवार (सूचीसहित)

जयराम गौतम | 9 hours ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिमा सभापतिहरुका उम्मेदवारको नाम टुंगो लगाएको छ। सिंहदरबारमा आज बसेको पार्टीको संसदीय दलको बैठकले संसदीय समितिका सभापतिहरुका उम्मेदवारको नाम टुंगो लगाएको हो। को-को छन् उम्मेदवार ?

सीजी ब्रान्डद्वारा नयाँ वार्षिक अभियान ‘एक्सपेरियन्स लाइफ विथ सीजी’ सार्वजनिक

नानु खड्का (निर्जला) | 10 hours ago
काठमाडौं । सीजी ब्रान्डले नयाँ वर्ष २०८३ का लागि आफ्नो वार्षिक ब्रान्ड अभियान ‘एक्सपेरियन्स लाइफ विथ सीजी’ सार्वजनिक गरेको छ ।नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो घरेलु उपकरण ब्रान्ड सीजीले नयाँ वर्षको अवसरमा उक्त अभियान घोषणा गरेको हो ।

ढुवानी बीमामा बेलायतको प्रभुत्वलाई चुनौती दिन अमेरिकाले सुरु गर्यो २० अर्ब डलरको पहल

जयराम गौतम | 11 hours ago
काठमाडौं । अमेरिकाले विशेषगरी स्ट्रेट अफ होर्मुजजस्ता उच्च जोखिमयुक्त समुद्री लेनमा अन्तर्राष्ट्रिय ढुवानी बीमा क्षेत्रमा बेलायतको लामो समयदेखिको प्रभुत्वलाई प्रत्यक्ष रुपमा चुनौती दिएको छ। मार्च २०२६ मा अमेरिकी प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी) लाई सरकारी सहयोगमा २० अर्ब डलरको पुनर्बीमा सुविधा स्थापना गर्न निर्देशन दियो।

मेची इन्डष्ट्रिजले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ

नानु खड्का (निर्जला) | 11 hours ago
काठमाडौं । मेची इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको प्रति शेयर अङ्कित मुल्य १ सय रुपैयाँ अंकित दरका १५,००,००० कित्ता साधारण शेयरको लागि संस्थागत परामर्श र निष्काशन तथा बिक्री प्रबन्धक सेवा प्राप्त गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड लाई नियुक्त गरेको छ ।

क्यानडाको पीआर प्रक्रियामा परिवर्तनको तयारी, एक्सप्रेस एन्ट्रीका यी ३ कार्यक्रम बन्द !

जयराम गौतम | 12 hours ago
काठमाडौं । क्यानडा सरकारले आफ्नो एक्सप्रेस एन्ट्री प्रणालीमा ठूला परिवर्तनहरु गर्ने तयारी गरिरहेको छ। एक्सप्रेस एन्ट्रीका माध्यमबाट विश्वभरका जो कोहीले पनि क्यानडामा बस्नका लागि स्थायी बसोबास (पीआर) प्राप्त गर्न सक्छन्। नयाँ प्रस्तावमा हालका कार्यक्रमहरु बन्द गर्ने र नयाँ अझ सरलीकृत प्रणालीको परिचय दिने आह्वान गरिएको छ।

बैशाख ३ गतेः सुन चाँदीको भाउमा सामान्य वृद्धि

नानु खड्का (निर्जला) | 12 hours ago
काठमाडौं । आज नयाँ वर्ष २०८३ को तेस्रो दिन वैशाख ३ गते सुन चाँदीको भाउ सामान्य बढेको छ। नेपाल सुन चाँदी महासंघका अनुसार आज सुन प्रतितोला १ सय रुपैयाँले बढेको हो । यससँगै आज सुनको भाउ प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीच सम्झौता, एसर ल्यापटप र एप्सन प्रिन्टर खरिदमा छुट

नानु खड्का (निर्जला) | 13 hours ago
काठमाडौं । नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टर आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रा. लि. र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई मर्केन्टाइल अफिस सिस्टम प्रा. लि.ले सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा मर्केन्टाइल अफिस सिस्टमका तर्फबाट कार्यकारी निर्देशक सुरज क्षेत्री र प्रभु बैंक लि.

Explore news by Category