यी हुन् टप टेन कारोबार भएका कम्पनी
नानु खड्का (निर्जला)
|
11 hours ago
काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ८३ अंकले घटेर २,८३३ को विन्दुमा कायम भएको छ । आज ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २३६ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ९ अर्ब ३१ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६१ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ५५ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसवाई प्यानलको ५१ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
