बैशाख ३ गतेः यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
नानु खड्का (निर्जला)
|
11 hours ago
काठमाडौं । आज नेप्से परिसूचक ३३ दशमलव ८३ अंकले घटेर २,८३३ को विन्दुमा कायम भएको छ । आज ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २३६ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै रिज लाइन इनर्जी र सूर्यकुण्डका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । होटल फरेष्ट, पाल्पा सिमेन्ट र शिखर पावरका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
