npl.977 Nepal News Stream

Insurance Khabar logo Insurance Khabar

मेची इन्डष्ट्रिजले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ

नानु खड्का (निर्जला) 15 hours ago

काठमाडौं । मेची इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको प्रति शेयर अङ्कित मुल्य १ सय रुपैयाँ अंकित दरका १५,००,००० कित्ता साधारण शेयरको लागि संस्थागत परामर्श र निष्काशन तथा बिक्री प्रबन्धक सेवा प्राप्त गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड लाई नियुक्त गरेको छ ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार भण्डारी र मेची इन्डष्ट्रिज लिमिटेडको तर्फ बाट अध्यक्ष पवन घिमिरेले उक्त निष्काशित शेयरको लागि निष्काशन तथा बिक्री प्रबन्धक र संस्थागत परामर्श सेवा प्रदान गर्ने सम्बन्धी द्विपक्षिय सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

मेची इन्डष्ट्रिज लिमिटेड ताराबारी दमक, झापामा महेन्द्र राजमार्गबाट २०० मिटर भित्र पर्ने आफ्नै स्वामित्वको जग्गामा प्रमुख स्वदेशी कच्चा पदार्थ बालुवा, सिमेन्ट, चुनमा आधारित अटोक्लेभ्ड एरेटेड कङ्क्रिट ब्लकहरु उत्पादन गर्ने एक उत्पादनमुलक उद्योग हो । यी ब्लकहरु हलुका र वातावरणमैत्री हुनुको साथै परम्परागत इँटाको विकल्पका रुपमा प्रयोग गरिन्छ। यस कम्पनीको हाल बार्षिक उत्पादन क्षमता २१,६०,००० थान/गोटा रहेको छ ।

 

Read more news from Insurance Khabar

Explore by Source or Category