npl.977 Nepal News Stream

#स्वास्थ्यसेवा

Insurance Khabar logo Insurance Khabar

अब अस्पताल पनि हप्तामा दुई दिन बन्द रहने

केशवप्रसाद भण्डारी 3 hours ago

काठमाडौं । इनधन संकटका कारण सातामा दुई दिन सार्वजनिक बिदा घोषणा गरेको सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

स्वास्थ्य क्षेत्रमा क्रियाशील १४ वटा संयुक्त पेसागत संगठनको निरन्तर दबाबपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रमा पनि दुई दिने बिदा लागू गर्ने निर्णय गरेको हो।

अब देशभरका सरकारी अस्पतालहरूमा शनिबार र आइतबार नियमित बहिरङ (ओपिडी) सेवा बन्द रहनेछ । तर, आकस्मिक तथा अन्तरंग सेवाहरू भने सातै दिन सञ्चालनमा रहनेछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यो निर्णयले दुर्गम क्षेत्रका बासिन्दाहरू सर्वाधिक प्रभावित हुनेछन् ।

Explore by Source or Category