npl.977 Nepal News Stream

नेपाल न्युज logo

नेपाल न्युज

इरानको पूर्ण अधिकार सुरक्षित होस् : खमेनीका सल्लाहकार

नेपालन्युज | 38 minutes ago
तेहरान। इरानका सर्वोच्च नेता खामेनीका सैन्य सल्लाहकार मोहसेन रेजाईलाई उदृत गर्दै इरानको अधिकार पूर्ण सुरक्षित नभए सम्म स्ट्रेट अफ होर्मुजबाट पछि नहट्ने इरानी मिडियाले जनाएका छन्। इरानी बन्दरगाहहरूमा सैनिक नाकाबंदी गरे पछि अमेरिकालाई कडा चेतावनी दिदै यस्तो बताएको मिडियाले जनाएका छन्।

कांग्रेसको मुद्दा सकिएन, शुक्रबार सुनुवाई

नेपालन्युज | 50 minutes ago
काठमाडौँ। सर्वोच्च अदालतले नेपाली कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस नसकिएका कारण हेर्दाहेर्दैमा राख्दै शुक्रबारका लागि सुनुवाई तोकेको छ। न्यायाधीशहरु शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले बिहिबार बहस नसकिएका कारण हेर्दाहेर्दैमा राखेको हो । यस अघि रिट निवेदनमा संवैधानिक र कानुनी प्रश्न निरुपण गर्नुपर्ने भन्दै कारण देखाऊ आदेश जारी गरेको थियो।

‘विवरणमा उल्लिखित सम्पत्ति हजुरबुबाको पालाको हो‚ अंशबन्डा भएको छैन’

नेपालन्युज | 52 minutes ago
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका टिप्पणीको प्रस्टीकरण दिएका छन्। सिंहदरबारमा बिहीबार सञ्चारकर्मीसँग उनले आफ्नो सम्पत्तिबारे आएका समाचारको खण्डन गर्दै सार्वजनिक विवरणमा उल्लेखित सम्पत्ति आफ्नो हजुरबुबाको पालाको भएको बताएका छन्। उनले परिवारमा अहिलेसम्म अंशबन्डा नभएको पनि बताएका छन्।

लहानमा क्रिकेट रंगशाला निर्माण सुरु

नेपालन्युज | 52 minutes ago
सिरहा। लहान नगरपालिका-४ स्थित यज्ञभूमिमा संघ र स्थानीय सरकारको संयुक्त लगानीमा निर्माण हुन लागेको क्रिकेट रंगशालाको बिहीबार औपचारिक रूपमा शिलान्यास गरिएको छ। नगरप्रमुख महेशप्रसाद चौधरीले एक विशेष समारोहबीच रंगशालाको शिलान्यास गरेका हुन्। नगरपालिकाको गौरवको आयोजनाका रूपमा हेरिएको यस रंगशालाले स्थानीयस्तरमा रहेका क्रिकेट प्रतिभालाई प्रस्फुटन गराउन र ठूला प्रतियोगिताहरू आयोजना गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।

रास्वपाले मन्त्री र सांसदलाई तोक्यो लेबी‚ कसको कति ?

नेपालन्युज | 1 hour ago
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका मन्त्री तथा सांसदहरूको लेबी तोकेको छ। रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार पार्टी संसदीय दलको बिहीबार सिंहदरबारमा बसेको बैठकले लेबीसम्बन्धी निर्णय गरेको हो। अब रास्वपाका मन्त्रीले १८ हजार रुपैयाँ र सांसदहरूले साढे १६ हजार रुपैयाँ मासिक रूपमा पार्टीलाई लेबी बुझाउनुपर्नेछ।

सरकारी छाप दुरुपयोग आरोपमा तीनजना पक्राउ

नेपालन्युज | 1 hour ago
दाङ। सरकारी छाप दुरुपयोग गर्नुका साथै कीर्ते हस्ताक्षर गरी चोरीका मोटरसाइकल बिक्री वितरण गर्दै आएको आरोपमा तीन जनालाई प्रहरीले तुलसीपुरबाट पक्राउ गरेको छ।

भारतमा महिला आरक्षण विधेयक बहसमा

नेपालन्युज | 1 hour ago
बेइजिङ। भारतको संसद्मा महिलाका लागि एक तिहाइ सिट आरक्षण सुनिश्चित गर्ने ऐतिहासिक विधेयकमाथि बिहीबारदेखि बहस सुरु भएको छ। यस कदमले महिलाको राजनीतिक प्रतिनिधित्व बढाउने अपेक्षा गरिए पनि निर्वाचन क्षेत्र पुनः सीमांकनसँग जोडिएकाले देशको राजनीतिक सन्तुलनमा गहिरो प्रभाव पार्न सक्ने बहस चर्किएको छ।

‘महाराजधिराज’मा केकी ‘महारानी’

नेपालन्युज | 1 hour ago
काठमाडौँ। निर्माणको चरणमा रहेको चलचित्र ‘महाराजधिराज’मा ‘महारानी’ भित्रिएकी छन्। चलचित्र ‘महाराजधिराज’मा ‘महारानी’का रूपमा केकी अधिकारी भित्रिएकी हुन्। “महाराजधिराज कि महारानीलाई सु-स्वागतम्। यहाँको उपस्थिति र हौसलाका निम्ति म हृदयदेखि नै कृतज्ञ छु,” महाराजधिराजका प्रस्तुतकर्ता विराज विष्टले भनेका छन्। तीन दिनअगाडि आफ्नै चलचित्र ‘स्टेसन’ घोषणा गरेकी केकी ‘महाराजधिराज’मा अनुबन्ध भएकी हुन्।

ऊर्जा, जलस्रोत क्षेत्र सुधारका लागि ऊर्जामन्त्रीको ३२ बुँदे निर्देशन

नेपालन्युज | 1 hour ago
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा तथा जलस्रोत क्षेत्रको संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि र कार्यसम्पादनलाई नतिजामुखी बनाउन विस्तृत कार्ययोजनामा साथ सम्बन्धित निकायलाई समय सीमासहित निर्देशन जारी गरेका छन्। बिहीबार मन्त्री श्रेष्ठले विद्युत् बजार सुधारदेखि सिंचाइ प्रणाली सुदृढीकरणसम्मका बहुआयामिक विषयलाई समेटर ३२ बुँदे निर्देशन जारी गरेका हुन्।

संसदीय दलको उपनेतामा गणेश पराजुली चयन

नेपालन्युज | 2 hours ago
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको उपनेतामा गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको रास्वपाको संसदीय दलको बैठकले उपनेतामा गणेश पराजुली चयन गरेको हो। रास्वपाका महामन्त्री तथा प्रमुख सचेतक कविन्द्र वुर्लाकोटीले उपनेतामा गणेश पराजुली चयन भएको जानकारी दिए।

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

नेपालन्युज | 2 hours ago
तानसेन। तानसेनको बगनासकाली गाउँपालिका ७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मंगलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन्। बगनासकाली गाउँपालिका ९ चापपानी झिरभञ्ज्याङका २९ वर्षीय तोयनाथ बस्याल र चापपानी भुसालगाउँका ३९ वर्षीय शरण भुसाल मृतावस्थामा भेटिएका हुन्।

लाइसेन्स र पासपोर्ट अब दैलामै

नेपालन्युज | 2 hours ago
काठमाडौँ। सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पुर्‍याउने लक्ष्यसहित सरकारले अघि सारेको योजनाअनुरूप राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) अब घरमा पुर्याउन थालिएको छ। यस्ता सेवा लिन सदरमुकाम वा सम्बन्धित कार्यालयसम्मको लामो यात्रा गर्नुपर्ने, घण्टौँ लाइन बस्नुपर्ने, बिचौलियाको भर पर्नुपर्ने र पटक-पटक धाउनुपर्ने अवस्थाको अन्त्य गर्न अब राज्य आफैँ नागरिकको ढोकासम्म पुग्न थालेको हो।

विपक्षी दलका सांसद र सभामुखबीच भेटघाट

नेपालन्युज | 2 hours ago
काठमाडौंँ। विपक्षी दलका सांसद र सभामुख ‍डोलप्रसाद अर्यालबीच भेटघाट भएको छ। बिहीबार सिंहदरबारस्थित सभामुख अर्यालको कार्यालयमा विपक्षी दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीका सांसद सभामुख अर्याललाई भेट्न पुगेका थिए।

बेलायतद्वारा युक्रेनलाई सहयोग घोषणा

नेपालन्युज | 2 hours ago
बेलायत। बेलायतले युक्रेनको आत्मरक्षामा सघाउन सहयोग घोषणा गरेको छ। जसमा कम्तिमा एक लाख २० हजार ड्रोन सहित, आर्थिक विकासलाई बढावा दिने र बेलायत भित्र रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको जनाइएको छ। घोषणा बेलायतका रक्षा सचिव जोन हेलीको युक्रेन रक्षा सम्पर्क समूहको ३४ औँ बैठकको लागि बर्लिन गएको अवसरमा भएको जनाइएको छ।

लेखा समितिको सभापतिमा खड्काको मनोनयन दर्ता

नेपालन्युज | 2 hours ago
काठमाडौँ। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति पदमा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले मनोनयन दर्ता गरेका छन्। बिहीबार कांग्रेस संसदीय दलले लेखा समितिको सभापतिमा खड्काको नाम सिफारिस गर्ने निर्णय गरेको थियो। आज प्रतिनिधिसभाका संसदीय समितिमा मनोनयनको कार्य तालिका छ।

अब चिडियाखानालाई तीन वर्गमा वर्गीकरण गरिने

नेपालन्युज | 3 hours ago
भीष्मराज ओझा/रासस काठमाडौं। सरकारले अब चिडियाखानाको वर्गीकरण गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयले चिडियाखानाको क्षेत्रफल, वन्यजन्तुको सङ्ख्या तथा अन्य सेवा सुविधाका आधारमा चिडियाखानालाई वर्गीकरण गर्न कानुनी प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले ‘चिडियाखाना, वन्यजन्तु उद्धार केन्द्र तथा वन्यजन्तु अस्पताल स्थापना तथा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२ को मस्यौदा’ उपर राय/सुझाव माग गरेको छ ।

Explore news by Category