npl.977 Nepal News Stream

नेपाल न्युज logo

नेपाल न्युज

निर्वाचन कानुन संशोनका लागि प्रधानमन्त्रसहित सर्वपक्षीय छलफल गरिँदै

नेपालन्युज | 28 minutes ago
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की, राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयोगलगायत सम्बद्ध पक्षबीच निर्वाचनको तयारी, सुरक्षा, व्यवस्थापन, कानुन संशोधनलगायत विषयमा भोलि (सोमबार) सर्वपक्षीय छलफल हुने भएको छ।

योग्यतै नपुगेको कम्पनीलाई ठेक्का, गाउँपालिका अध्यक्षसहित पाँच जनाविरुद्ध मुद्दा

नेपालन्युज | 49 minutes ago
काठमाडौँ। सप्तरीमा स्कुलको नमुना भवन निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बलानबिहुल गाउँपालिकाका तत्कालीन अध्यक्ष दयानन्द गोइतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

कांग्रेसले आगामी निर्वाचनमा भाग लिन तयारी सुरु गरेको छ : कोइराला

नेपालन्युज | 1 hour ago
मोरङ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले आगामी २१ फागुनमा हुने संसदीय निर्वाचनमा भाग लिन पार्टीले तयारी सुरु गरेको बताएका छन्। ‘नेपाली कांग्रेस र नेपालको यात्रा, हिजो, आज, भोलि चुनौती अवसर र सम्भावना’ बारे युवासँग संवाद विषयक आज (आइतबार) विराटनगरमा आयोजित अन्तर्क्रियामा उनले आगामी निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन केन्द्रीय समितिले निर्णय गरिसकेको जानकारी दिए।

प्रधानमन्त्रीसँग रवि लामिछानेको भेट‚ के भयो संवाद

नेपालन्युज | 1 hour ago
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेट गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा वर्तमान राजनीतिक गतिविधिबारे कुराकानी भएको छ। प्रधानमन्त्री कार्कीसँग सहकारी ठगी प्रकरणमा कारागारबाट रिहा भएका लामिछानेको यो पहिलो भेट हो। अदालतको आदेशपछि थुनामुक्त भएपछि लामिछाने हिजो (शनिबार) काठमाडौँ आएका थिए।

गहना चोर्ने दुईजना पक्राउ

नेपालन्युज | 1 hour ago
काठमाडौँ। सुनका गरगहना चोरेर बिक्री गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बालाजुको टोलीले तारकेश्वर नगरपालिका ४‚ माछापुच्छ्रे टोलस्थित एक व्यक्तिको डेराबाट सुनका गरगहना चोरी गर्ने तथा बिक्री गर्ने दुई जनालाई पक्राउ गरी आज (आइतबार) सार्वजनिक गरेको हो।

तरकारी फार्म हाउसका सञ्चालकको हत्या, इनारमा भेटियो शव

नेपालन्युज | 2 hours ago
काठमाडौँ। ललितपुर महालक्ष्मी नगरपालिका ८‚ लुभुमा एक युवकको हत्या गरिएको छ। शेरफाँटस्थित तरकारी फार्म हाउसको इनारमा हत्या गरी फालिएको अवस्थामा सिन्धुलीका २५ वर्षीय केशवराज हायूको शव फेला परेको हो। हायू सोही फार्म हाउसका सञ्चालक रहेको ललितपुर प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीले बताए। उनका अनुसार घटना २ पुसको रहेको बुझिएको छ।

प्रधानमन्त्रीको चासो- सम्पत्ति शुद्धीकरणको ग्रे-लिस्टबाट नेपाललाई कसरी बाहिर निकाल्ने?

नेपालन्युज | 2 hours ago
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूची (ग्रे-लिस्ट) बाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे सम्बन्धित निकायहरुसँग जानकारी लिएकी छन्। अर्थमन्त्री रामेश्वर खनाल, अर्थ मन्त्रालयकै राजस्व सचिव भुपाल बराल र नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलसमेतको उपस्थितिमा आइतबार प्रधानमन्त्री कार्कीले विभिन्न अनुसन्धान गर्ने निकायबाट ब्रिफिङ लिइन्।

‘एनएफपीजे’द्वारा पाँच विधाका फोटो पत्रकारलाई सम्मान

नेपालन्युज | 2 hours ago
काठमाडौँ। राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)ले आफ्नो २८औँ वार्षिक साधारणसभाका अवसरमा विभिन्न विधाका पाँचजना व्यावसायिक फोटो पत्रकारलाई सम्मान गरेको छ। ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतित्यमा आज (आइतबार) भएको कार्यक्रममा विभिन्न पाँच विधामा ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ प्रदान गरेको हो।

प्रभु बैंकका सीईओलगायतलाई पाँचौँपटक म्याद थपियो

नेपालन्युज | 3 hours ago
काठमाडौँ। उच्च अदालत पाटनले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन‚ सहायक प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल, सीसीओ रिवाश श्रेष्ठ र राजेन्द्र शाक्यलाई अनुसन्धानका लागि पाँचौँपटक म्याद थपेको छ। मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश गीताप्रसाद तिम्सिनाको वाणिज्य इजलबासबाट आज (सोमबार) फेरि पाँच दिनका लागि म्याद थपेको हो।

‘चीन-नेपाल सम्बन्ध अद्वितीय छ’

नेपालन्युज | 3 hours ago
काठमाडौँ। नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता जनाएका छन्। आफ्नो तीन वर्षे कार्यकाल पूरा गरी आगामी बुधबार स्वदेश फर्कन लागेका राजदूत छनले चिनियाँ दूतावासमा आयोजित बिदाइ समारोहमा आफू जुनसुकै जिम्मेवारीमा रहे पनि नेपाललाई सक्दो सहयोग गरिरहने आश्वासन दिए।

ट्रकको फल्स बटम फोड्दा निस्कियो २४० केजी चरेस, दुई युवक पक्राउ

नेपालन्युज | 3 hours ago
वीरगन्ज। पर्सा प्रहरीले २४० केजी चरेससहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा प्रहरीले शनिबार राति वीरगन्ज महानगरपालिका २२‚ जगन्नाथपुर हाट सडकखण्डबाट चरेस बरामद गरेको हो। जाँचका क्रममा हेटौँडाबाट वीरगन्जतर्फ आउँदै गरेको ना.३ख ५०१३ नम्बरको ट्रकबाट चरेस बरामद भएको प्रहरी उपरीक्षक सुदीपराज पाठकले बताए।

रामअशिष यादव बने मधेस प्रदेशको सभामुख

नेपालन्युज | 5 hours ago
जनकपुर। मधेस प्रदेशको सभामुखमा जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादव निर्वाचित भएका छन्। प्रदेश सभामा मत विभाजन एवं हस्ताक्षरमार्फत आइतबार भएको निर्वाचनमा यादवको पक्षमा ७२ मत र विपक्षमा २४ मत परेको छ। प्रदेश सभामा ९६ सांसद उपस्थिति थिए। यादव निर्वाचित भएको सभाको अध्यक्षता गरिरहेकी उपसभामुख बबिता राउत ईशरले घोषणा गरिन्।

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

नेपालन्युज | 5 hours ago
ताप्लेजुङ। जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति पुर्‍याएको छ । फुङलिङ-९ का वडाध्यक्ष लक्ष्मण गुरुङले पछिल्ला केही दिनयता स्थानीय किसानका चारवटा खसी र एउटा भेँडा भालुको आक्रमणबाट मरेका जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार नारायणप्रसाद गुरुङको एउटा भेँडा र एउटा खसी तथा भगीमान गुरुङका तीनवटा खसी भालुको आक्रमणमा मरेका हुन् ।

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

नेपालन्युज | 5 hours ago
भक्तपुर। भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले गत मङ्सिरभरि जिल्लामा घटेका घटनाको विवरण आज सार्वजनिक गर्दै १४ वटा गम्भीर अपराधका घटना भएका जनाएको हो ।

Explore news by Category