npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

रास्वपाले मन्त्री र सांसदलाई तोक्यो लेबी‚ कसको कति ?

नेपालन्युज 4 hours ago

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका मन्त्री तथा सांसदहरूको लेबी तोकेको छ।

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार पार्टी संसदीय दलको बिहीबार सिंहदरबारमा बसेको बैठकले लेबीसम्बन्धी निर्णय गरेको हो।

अब रास्वपाका मन्त्रीले १८ हजार रुपैयाँ र सांसदहरूले साढे १६ हजार रुपैयाँ मासिक रूपमा पार्टीलाई लेबी बुझाउनुपर्नेछ। मन्त्रीका स्वकीय सचिवका लागि दुई हजार रुपैयाँ लेबी तोकिएको छ।

रास्वपाले सांसदका स्वकीयले पनि मासिक दुई हजार रुपैयाँ लेबी बुझाउनुपर्ने निर्णय गरे पनि अहिले सांसदले स्वकीय सचिव राखेका छैनन्।

साथै बैठकले पार्टीको मुख्य सचेतकमा कवीन्द्र बुर्लाकोटीलाई चयन भएका छन्। त्यस्तै बैठकले सचेतकको जिम्मेवारी प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई दिने निर्णय गरेको छ।

बैठकले लेखा समितिबाहेक अन्य ११ संसदीय समितिका सभापतिहरुको नाम पनि टुंग्याएको महामन्त्री बुर्लाकोटीले जानकारी दिए। रास्वपाले सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दललाई समर्थन गर्ने निर्णय गरेको छ।

Read more news from नेपाल न्युज

Explore by Source or Category