npl.977 Nepal News Stream

BIZMANDU logo

BIZMANDU

#1 website for business news of Nepal & biggest and reliable news portal of nepal. It is the most trusted source of business news of nepal from across the world.

सूर्य नेपाल एनपिजिए म्याच प्ले सम्पन्न: साबिक विजेता निरजलाई उपाधि

Mukunda Ghimire | 47 minutes ago
काठमाडौं। साबिक विजेता निरज तामाङ सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधि जित्न सफल भएका छन्। उनको यो करियरको पाँचौं उपाधि हो। लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा नेपाल नम्बर एक गल्फर निरजले १० औं सिडेड टंक बहादुर कार्कीलाई ३/२ ले हराउँदै उपाधि जितेका हुन्।

सेबोन अध्यक्ष सन्तोषनारायण डेढ वर्षमै आउट, ‘राजीनामा दिने निर्णयमा पुगें’

Sunil Kunwar | 1 hour ago
काठमाडौं। बिचौलिया समूहको चाहनामा नियुक्ति लिएर एकपछि अर्को विवादमा तानिएका नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ अन्तत: पदबाट राजीनामा दिने निर्णयमा पुगेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको राडारमा परेपछि सन्तोषनारायणले बाध्य भएर राजीनामा दिन लागेका हुन्। स्रोतका अनुसार उनलाई राजस्व सचिव भूपाल बरालले बिहीबार अर्थ मन्त्रालयमा बोलाएर राजीनामा दिन भनेका थिए।

सेयर किनबेचका लागि लगानीकर्ताले जतिबेला पनि अर्डर गर्न सक्ने, मूल्य अर्डर सीमा बढ्यो

Sunil Kunwar | 1 hour ago
काठमाडौं। सेयर लगानीकर्ताले अब बजार बन्द रहेका बेला पनि किनबेचका लागि अर्डर गर्न पाउने भएका छन्। लगानीकर्ताले सेयर बजार खुला नरहेको अवधि अर्थात आफ्टर मार्केट अर्डर प्रविष्ट गर्न पाउने भएका हुन्। धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा चौथो संशोधनपछि नेपाल स्टक एक्सचेन्जले आफ्टर मार्केट अर्डरको व्यवस्था सोमबारदेखि कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ।

नेप्सेमा सूचीकृत कम्पनीको सेयर मूल्य घटबढ सीमा सम्बन्धी व्यवस्था हेरफेर, पुर्‍याइयो १५ प्रतिशत

Sunil Kunwar | 2 hours ago
काठमाडौं। सेयर बजारमा सूचीकृत कम्पनीको सेयर मूल्य घटबढ सीमा सम्बन्धी व्यवस्था हेरफेर भएको छ। नेपाल स्टक एक्सचेन्जले धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा संशोधन गरेर १० प्रतिशतको सर्किट सीमालाई १५ प्रतिशत पुर्‍याएको हो। यो व्यवस्था वैशाख ७ गते सोमबारदेखि लागू हुनेछ। बजारमा अहिले कुनै कम्पनीको सेयर मूल्य एकैदिन १० प्रतिशतभन्दा बढी घटबढ हुँदैन।

नेप्सेमा सर्किट ब्रेकरको नयाँ व्यवस्था सोमबारदेखि लागू हुने, एकैदिन ८% घटबढ भए बजार बन्द

Sunil Kunwar | 3 hours ago
काठमाडौं। सेयर बजारमा सर्किट ब्रेकरको नयाँ व्यवस्था सोमबारदेखि लागू हुने भएको छ। नेपाल स्टक एक्सचेन्जको सञ्चालक समितिले धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा गरिएको चौथो संशोधन लागू गर्ने निर्णय गरेसँगै सर्किट ब्रेकरको नयाँ व्यवस्था अर्को हप्तादेखि कार्यान्वयनमा आउने भएको हो। धितोपत्र कारोबार विनियमावली संशोधन गरेर सर्किट ब्रेकरको सीमा हेरफेर गरिएको छ।

अपराजित आर्मी फाइनलमा सुदूरपश्चिमलाई हराउँदै बन्यो प्रधानमन्त्री कपको च्याम्पियन

Mukunda Ghimire | 3 hours ago
काठमाडौं। त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कपको च्याम्पियन बनेको छ। आज सम्पन्न प्रतियोगिताको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै आर्मी च्याम्पियन बनेको हो। वीरगंजमा टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ३९.४ ओभरमा अलआउट हुँदै १६१ रन बनाएको थियो। शीर्षक्रमका पाँच ब्याटरले दोहोरो अंकको रननै नबनाइ पभेलियन फर्किँदा १०.३ ओभरमा ३१-५ को अफ्ठेरो स्थितिमा सुदूरपश्चिम पुगिसकेको थियो।

चैत महिनामा खाद्यान्न र तरकारीको मूल्यमा भारी वृद्धि, कुन सामाग्रीको भाउ कति बढ्यो?

Sarala Subedi | 4 hours ago
काठमाडौं । चैत महिनामा खाद्यान्नको मूल्य अत्याधिक बढेको वाणिज्य विभागको मूल्य विश्लेषण प्रतिवेदनले देखाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चैत महिनामा देशभर गरेको मूल्य विश्लेषणमा खाद्यान्न र तरकारीको मूल्य बढेको देखिएको हो। विभागले विराटनगर, वीरगंज, भैरहवा, नेपालगंज, धनगढी र काठमाडौं उपत्यकामा संकलित औसत बजार मूल्य विश्लेषण गरेको थियो।

नेप्से सूचक ५.३६ अंकले बढ्दा ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट, ७.४६ अर्बको कारोबार

Sunil Kunwar | 5 hours ago
काठमाडौं। सेयर बजार परिसूचक शुक्रबार सामान्य अंक बढेको छ। नेप्से परिसूचक ५.३६ अंक उकालो लागेर २८३८.४० विन्दुमा पुगेको छ। कारोबारमा आएका होटल तथा पर्यटन,हाइड्रोपावर,उत्पादन तथा प्रशोधन, अन्य र ट्रेडिङ उपसमूहले बजार बढाएका हुन्। बजारमा १०८ कम्पनीको सेयर मूल्य बढेको छ। ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

बुटवल-नारायणगढ सडक विस्तार : पूर्वी खण्डमा ३४ पुल र २११ कल्भर्ट निर्माण

Hem Rokaha | 5 hours ago
मध्यविन्दु (नवलपरासी)। बुटवल-नारायणगढ सडक विस्तार आयोजनाअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवासस्थित विनयी खोलामा निर्माण गरिएको नयाँ पक्की पुल संचालनमा आएको छ। निर्माण कार्य सम्पन्न भएसँगै शुक्रबारदेखि पुलमार्फत सवारी आवागमन सुरु गरिएको बुटवल-नारायणगढ सडक आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनालले बताए।

सेयर लगानीकर्ताको रोजाइमा उत्पादन क्षेत्रका कम्पनी, ९ महिनामा ८१% ले बढ्यो कारोबार

Sunil Kunwar | 5 hours ago
काठमाडौं। चालु आर्थिक वर्ष ९ महिनामा १२ खर्ब ९६ अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भएको छ। यो कारोबार रकम गत आर्थिक वर्ष ९ महिनाको तुलनामा १७.४९ प्रतिशत कम हो। गत वर्ष साउनदेखि चैतसम्म १५ खर्ब ७१ अर्ब ४० करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

ब्लक उत्पादक मेची इन्डष्ट्रिजले आइपीओ जारी गर्ने, नेपाल एसबिआई मर्चेण्ट बिक्री प्रबन्धक

Basudev Timalsina | 5 hours ago
काठमाडौं। मेची इन्डष्ट्रिजले १५ लाख कित्ता आइपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँका दरले १५ लाख कित्ता आइपीओ जारी गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

लिग-२ : नामी खेलाडीलाई घरेलु क्रिकेटमा छायामा पारेका अर्जुन र विनोद राष्ट्रिय टोलीमा

Mukunda Ghimire | 6 hours ago
काठमाडौं। अर्जुन कुमाल र विनोद भण्डारीले राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। प्रधानमन्त्री कप लगायत घरेलु प्रतियोगितामा प्रभावकारी ब्याटिङ गर्दै आएका अर्जुनले लिग-२ का लागि टोलीमा स्थान बनाउँदा विनोद भण्डारीले पुनरागमन गर्न सफल भएका हुन्। यी दुई जना पीएम कपमा सर्वाधिक रन बनाउने तीन खेलाडीमध्येमा पर्छन्।

बालेनले सम्पत्ति छानबिन गर्न रोजेका भण्डारीले गरेको त्यो फैसला, उल्टाएका थिए प्रधानन्यायाधीशले

Basudev Timalsina | 6 hours ago
काठमाडौं। २०६२/६३ देखि २०८२/८३ सम्म सरकारी ओहोदामा बसेका राजनीतिज्ञ र उच्च प्रशासकको सम्पत्ति छानबिन गर्न सरकारले वैशाख २ गते जाँचबुझ आयोग गठन गर्‍यो। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्पत्ति छानबिनको जिम्मा पाँच सदस्यीय आयोगलाई दिंने क्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीलाई अध्यक्ष बनाएका छन्। भण्डारीले सर्वोच्चबाट अवकाश पाएकै १८ वर्ष भइसकेको छ।

माछापुच्छ्रे बैंकले नेपालपे कार्ड इनेबल गर्ने, एनसीएचएलसँग भयो सम्झौता

Hem Rokaha | 7 hours ago
काठमाडौं। माछापुच्छ्रे बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच इएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको पेमेन्ट इनेबल गर्न सम्झौता भएको छ। एक औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुबेदी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। एनसीएचएलको इएफटी स्वीच नेशनल कार्ड स्वीच (एनपीएस-एनसीएस)सँग इन्टिग्रेट भइसकेको छ।

Explore news by Category