यूएईसँगको टी-२० सिरिजमा रोहित टिममै अटाएनन्, दीपेन्द्रले सम्हाल्नेछन् कप्तानी
काठमाडौं। यूएईसँगको टी-२० सिरिजमा रोहित पौडेल टोलीबाटै बाहिरिएका छन्। राष्ट्रिय टोलीको नियमित कप्तानी सम्हाल्दै आएका रोहित १५ सदस्यीय टोली र ३ जना रिजर्भ खेलाडी भित्र पनि छैनन्।
यद्यपि लिग-२ को सिरिजका लागि भने उनकै कप्तानीमा टोली घोषणा गरिएको छ।
टी-२० सिरिजको कप्तानी दीपेन्द्रसिंह ऐरीले सम्हाल्नेछन्। यो टोलीमा ऐरीसहित सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसीर अहमद, गुल्सन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, शहाब आलम र शेर मल्ल छन्।
रिजर्भ खेलाडीमा प्रतिश जिसी, नारायण जोशी र राशिद खान छन्।
नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सलाई च्याम्पियन बनाएका रोहितले दुई वटा टी-२० विश्वकपमा नेपालको कप्तानी सम्हालिसकेका छन्। पछिल्लो पटक भने घरेलु क्रिकेटमा उनको प्रदर्शन विर्सनलायक छ।
प्रधानमन्त्री कपमा रोहितले ९ खेल खेल्दा १३५ रनमात्र बनाएका छन्। सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी ४३ औँ स्थानमा छन्। यद्यपि, लिग-२ मा भने नेपालले उनकै कप्तानीमा खेल्नेछ।
सम्बन्धित समाचार: लिग-२ : नामी खेलाडीलाई घरेलु क्रिकेटमा छायामा पारेका अर्जुन र विनोद राष्ट्रिय टोलीमा
टी-२० सिरिज सोमबारबाट सुरु हुँदैछ। नेपालले सोमबार र मंगलबार यूएईसँग खेल्नेछ। लगत्तै सुरु हुने लिग-२ को सिरिज भने नेपालले पौडेलकै कप्तानीमा खेल्नेछ।
नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले छनोट कमिटीको निर्णय भएको बताएका छन्।
ऐरीको कप्तानीमा यस्तो छ नेपाली टोली :

The post यूएईसँगको टी-२० सिरिजमा रोहित टिममै अटाएनन्, दीपेन्द्रले सम्हाल्नेछन् कप्तानी appeared first on BIZMANDU.