npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

सेयर लगानीकर्ताको रोजाइमा उत्पादन क्षेत्रका कम्पनी, ९ महिनामा ८१% ले बढ्यो कारोबार

Sunil Kunwar 12 hours ago

काठमाडौं। चालु आर्थिक वर्ष ९ महिनामा १२ खर्ब ९६ अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भएको छ। यो कारोबार रकम गत आर्थिक वर्ष ९ महिनाको तुलनामा १७.४९ प्रतिशत कम हो।

गत वर्ष साउनदेखि चैतसम्म १५ खर्ब ७१ अर्ब ४० करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

चालु आर्थिक वर्ष हाइड्रोपावरको सबैभन्दा धेरै ५ खर्ब ८३ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ। यो कारोबार रकम पोहोरको तुलनामा ९.७९ प्रतिशत धेरै हो। पोहोर ९ महिनामा हाइड्रोपावरको ५ खर्ब ३१ अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीको १ खर्ब १४ अर्ब ३८ करोड रुपैयाँको सेयर कारोबार भएको छ। यो रकम पोहोर सोही अवधिको तुलनामा ८१.२२ प्रतिशत धेरै हो। यो वर्ष ९ महिनामा ऋणपत्रको कारोबार पनि बढेको छ।

बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा उच्च गिरावट आउँदा लगानीकर्ताले ऋणपत्रमा लगानी बढाएका हुन्।

दुई आर्थिक वर्षको ९ महिनामा भएको सेयर कारोबार रु दश लाखमा

समूह२०८२/८३२०८१/८२फरक %
जलविद्युत५८३५१४.१५३१४९५.४९.७९
उत्पादन तथा प्रशोधन११४३८९.८६३१२०.६६८१.२२
वाणिज्य बैंक१०५४५२.५१५०२०६.४-२९.७९
अन्य८८६११.६४१०२१३१-१३.२४
विकास बैंक८५०७७.०८१२७६५३.३-३३.३५
माइक्रोफाइनान्स७९३०६.७४१०९२९१.३-२७.४४
इन्भेष्टमेन्ट६७४११.७३११६१५३.७-४१.९६
जीवन बीमा४७७२६.७८९००४०.८२-४६.९९
फाइनान्स४३७२१.६१५७२१६.९-७२.१९
होटल तथा पर्यटन२७१३४.७२२८९३९.२५-६.२४
निर्जीवन बीमा२३८२०.७४६२७६९.९५-६२.०५
म्युचुअल फण्ड३३४१.९३३९३५.८८-१५.०९
ऋणपत्र३३१४.११२५५४.८१२९.७२
ट्रेडिङ२५१०.३६५३८२.६२-५३.३६
कुल१२९६४९७१५७१४०१-१७.४९
स्रोत : नेपाल स्टक एक्सचेन्ज

The post सेयर लगानीकर्ताको रोजाइमा उत्पादन क्षेत्रका कम्पनी, ९ महिनामा ८१% ले बढ्यो कारोबार appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category