npl.977 Nepal News Stream

#विश्व

Contents
देशसञ्चार logo देशसञ्चार

पाकिस्तानी सेना प्रमुख तेहरानमा, अमेरिकासँग सहमति नजिक पुगेको हो इरान?

देश सञ्चार 12 hours ago

अमेरिका र इरानबीच सहमति हुन लागेको अमेरिकी सञ्चारमाध्यामहरूले बताएका छन्। उनीहरू २१ अप्रिलमा सकिने युद्धविराम (सिजफायर) अघि नै समझौताको नजिक पुगेको बताइएको छ। अमेरिकी मिडियाका अनुसार, दुवै पक्षबीच वार्ताअघि बढेको छ, यद्यपि केही मतभेद अझै बाँकी छन्।

यसैबीच, तेहरानमै पुगेर इरानी अधिकारीहरूसँग पाकिस्तानी सेना प्रमुख आसिम मुनीरले महत्त्वपूर्ण बैठक गर्दैछन्। उनले तेहरानलाई मनाउने प्रयास गरिरहँदा अमेरिका पनि सम्झौताका लागि तयार हुँदै गएको जनाइएको छ।

मुनीर पहिले नै इरान पुगेर विदेशमन्त्री अब्बास अराघचीसँग भेट गरिसकेका छन् र उनले अमेरिकाको पछिल्लो सन्देश सुनाएको जनाइएको छ। जारी युद्ध समाधानका लागि पाकिस्तानसँगै मिस्र र टर्की मध्यस्थको भूमिकामा छन्। अर्कोतर्फ अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको वार्ता टोलीले वार्ता अगाडि बढाउँदै ड्राफ्ट प्रस्तावहरू आदान-प्रदान गरिरहेका छन्।

अधिकारीहरूका अनुसार, सम्झौता गर्नका लागि युद्धविराम अवधि बढाउन सकिने सम्भावना छ, तर अमेरिकाले अझै औपचारिक सहमति दिएको छैन। अमेरिकी अधिकारीहरूले भनेका छन् कि डोनाल्ड ट्रम्पको नौसैनिक नाकाबन्दी र आर्थिक दबाबका कारण इरानमाथि सम्झौताको दबाब बढिरहेको दाबी अमेरिकाले गरेको छ। नाकाबन्दीपछि पछिल्लो ४८ घण्टामा कुनै पनि जहाज इरानी बन्दरगाहमा पुगेको छैन। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार यस अवधिमा ९ वटा जहाज फर्काइएका छन्।

इरानले दैनिक करिब १५ लाख ब्यारेल तेल निर्यात गर्छ, जसबाट उसले झण्डै १४० मिलियन डलर आम्दानी गर्छ। तर नाकाबन्दीका कारण यस आम्दानीमा असर पर्न सक्छ। इरानको खार्ग टापुबाट करिब ९० प्रतिशत तेल निर्यात हुन्छ, जुन नाकाबन्दीले प्रभावित भएको अमेरिकी बुझाइ रहेको छ।

अमेरिकी अधिकारीहरूका अनुसार, यदि इरानले तेल निर्यात गर्न सकेन भने उत्पादन नै रोक्नुपर्ने अवस्था आउन सक्छ, जसले ठूलो आर्थिक नोक्सानी निम्त्याउनेछ। युद्धभन्दा अघि नै प्रतिबन्धका कारण इरानको अर्थतन्त्र दबाबमा थियो, अहिले अवस्था झन् बिग्रिएको छ।

इरानको परमाणु कार्यक्रमबारे अघि बढ्यो वार्ता
इरानको परमाणु कार्यक्रमका विषयमा अमेरिकासँग भइरहेको वार्तामा प्रगति भएको छ। रिपोर्टअनुसार, हालका कूटनीतिक प्रयासपछि दुवै पक्ष सम्झौताका दिशामा अघि बढिरहेका छन्।

अमेरिकामाथि पनि यो युद्ध चाँडो अन्त गर्न देश भित्र र बाहिरबाटै तिब्र दबाब रहेको छ। पाकिस्तानी सेना प्रमुख आसिम मुनीरको तेहरान भ्रमण पनि यही प्रक्रियाको हिस्सा हो, जहाँ उनी अमेरिकी सन्देश लिएर पुगेका छन्। अमेरिका र इरानबीच ‘ब्याकच्यानल’ सम्पर्क जारी छ र ड्राफ्ट प्रस्तावहरूमा काम भइरहेको छ।

रिपोर्टका अनुसार, अमेरिकी आक्रमणपछि इरानको परमाणु क्षमता प्रभावित भएको छ, जसले वार्तालाई गति दिएको छ। तर, प्रगति भए पनि दुवै पक्षबीच मतभेद अझै कायम छन् र केही पक्षहरूले यसको विरोध पनि गरिरहेका छन्।

पछिल्लो २४ घण्टामा के भयो?
अमेरिकाले दाबी गर्‍यो कि होर्मुज स्ट्रेटमा नाकाबन्दीपछि ४८ घण्टामा कुनै जहाज इरानी बन्दरगाहमा पुगेन, ९ जहाज फर्काइएको छ। केही सञ्चार माध्यामहरुले भने चिनिया जहाजहरुले भने होर्मुज आवतजावत गरिरहेको जनाइएको छ। अर्को तर्फ इरानले चेतावनी दियो कि यदि नाकाबन्दी जारी रह्यो भने उसले रेड सी, ओमान सागर र पर्शियन गल्फमा समुद्री व्यापार रोक्ने छ।

त्यस्तै लेबनान मा इजराइल का आक्रमणमा मृत्यु हुनेको संख्या २,१६७ पुगेको छ र ७,००० भन्दा बढी घाइते भएका छन्। इजरायलका अनुसार उसले २४ घण्टामा दक्षिणी लेबनानमा हिजबुल्लाह का २०० भन्दा बढी ठेगानामा आक्रमण गरेको छ। छोटो समयमै लेबनानमा ठुलो संख्यामा मानिसहरुको हताहति भएको हो। अमेरिका-इरानबीच परमाणु विषयमा वार्ता अघि बढेको संकेत देखिएसँगै तेलको भाउमा पनि उत्तरचढाव देखिएको छ।

रोयटर्सका अनुसार ब्रेन्ट क्रूड फ्युचर्स ४४ सेन्ट (०.५%) ले घटेर प्रति ब्यारेल ९४.४९ डलरमा पुगेको छ। त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) क्रूड ७० सेन्ट (०.८%) ले घटेर प्रति ब्यारेल ९०.५९ डलरमा झरेको छ।

तेलको मूल्य घटेसँगै एशियाली सेयर बजारहरूमा भने वृद्धि देखिएको छ। दक्षिण कोरियाको कोस्पी सूचकांक १.८९ प्रतिशतले बढ्यो, हङकङको ह्याङ सेङ ०.६८ प्रतिशत ले उकालो लाग्यो, जबकि ताइवानको ताइएक्स ०.४८ प्रतिशतले वृद्धि भएको छ।

Kendrabindu logo Kendrabindu

अमेरिकी नाकाबन्दीबीच इरानले दुई महिनासम्म तेल भण्डारण धान्न सक्ने

इन्द्र कमल रोक्का 13 hours ago

लण्डन । अमेरिकाले इरानी बन्दरगाहहरूमा सुरु गरेको समुद्री नाकाबन्दीका बाबजुद इरानले कम्तीमा दुई महिनासम्म तेल उत्पादन कटौती नगरी धान्न सक्ने विश्लेषकहरूले बताएका छन् । अप्रिल १३ देखि अमेरिकाले इरानको आयात-निर्यातमा अवरोध सिर्जना गरेपछि इरानी तेल अर्थतन्त्रमा पर्न सक्ने प्रभावबारे यस्तो प्रक्षेपण गरिएको हो।

अमेरिकी नाकाबन्दीका कारण इरानको मुख्य खरिदकर्ता चीनतर्फ जाने दैनिक करिब २० लाख ब्यारेल कच्चा तेलको आपूर्ति रोकिने जोखिम बढेको छ। हाल इरानले दैनिक ३५ लाख ब्यारेल तेल उत्पादन गर्दै आएको छ, जसमध्ये २० लाख ब्यारेल आन्तरिक प्रशोधन केन्द्रहरूमा खपत हुने गर्दछ। निर्यात ठप्प भएको अवस्थामा बाँकी तेल इरानले आफ्ना जमिनमा रहेका भण्डारण ट्याङ्कहरूमा जम्मा गर्नुपर्ने हुन्छ।

स्राेतका अनुसार इरानसँग करिब ९ करोड ब्यारेल तेल भण्डारण गर्न सक्ने खाली क्षमता छ । यो क्षमताको उपयोग गर्दै इरानले आगामी दुई महिनासम्म उत्पादन नघटाईकन स्थिति नियन्त्रणमा राख्न सक्छ। यदि दैनिक ५ लाख ब्यारेल उत्पादन कटौती गरेमा यो अवधि तीन महिनासम्म लम्बिन सक्ने देखिन्छ।

यद्यपि, ‘एनर्जी आस्पेक्ट्स’ जस्ता अन्य संस्थाहरूले भने इरानको वास्तविक भण्डारण क्षमता निकै कम रहेको र १६ दिनभित्रै उत्पादनमा भारी कटौती गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्। नाकाबन्दी सुरु भएदेखि हालसम्म अमेरिकी सेनाले इरानसँग सम्बन्धित ८ वटा तेल ट्याङ्करहरूलाई बीचैमा रोकेको बताइएकाे छ । बुधबार मात्रै चिनियाँ स्वामित्वको ट्याङ्कर ‘रिच स्टारी’ लाई हर्मोज जलसन्धिबाट फिर्ता पठाइएको थियो।

NepalWatch logo NepalWatch

टर्कीमा एक विद्यालयमा १४ वर्षीय छात्रले गोली चलाउँदा ९ जनाको मृत्यु

Nepal Watch 15 hours ago

काठमाडौँ । टर्कीमा एक विद्यालयमा गोलीबारी हुँदा नौ जनाको मृत्यु भएको छ । दक्षिण टर्कीमा रहेको विद्यालयमा गोलीबारी हुँदा आठ विद्यार्थी र एक शिक्षकको मृत्यु भएको हो ।

टर्कीका गृहमन्त्री मुस्तफा सिफ्सीले कहरामनमारास क्षेत्रको आयसर क्यालिक सेकेन्डरी स्कुलमा घटना भएको पुष्टि गरेका छन् । उनका अनुसार गोलीबारीमा अन्य १३ जना घाइते भएका छन् ।
घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घटनाका दौरान १४ वर्षीय आक्रमणकारी पनि मारिएका छन् । बुधबार भएको गोलीबारीको कारण खुल्न नसकेको बीबीसीले जनाएको छ ।

टर्कीका सञ्चारमाध्यमहरूका अनुसार आक्रमणकारी छात्रले दुईवटा कक्षा कोठामा प्रवेश गरेर अन्धाधुन्ध गोली चलाएको थिए । ती छात्रसँग पाँच थान बन्दुक र सात म्यागेजिन रहेको बीबीसीको समाचारमा उल्लेख छ ।

आक्रमणबारी छात्रका बुवा सेवानिवृत्त प्रहरी अधिकारी भएको बताइएको छ ।

Kendrabindu logo Kendrabindu

अमेरिका–इरान शान्ति सम्झौता नजिकः युद्धविराम सकिनुअघि नै ब्रेकथ्रुको प्रयास, ट्रम्पले गरे ‘सधैंका लागि होर्मुज खुल्ला’

इन्द्र कमल रोक्का 15 hours ago

काठमाडौं । अमेरिकी मिडिया आउटलेट एक्सियोसले दाबी गरे अनुसार अमेरिका र इरान युद्ध अन्त्य गर्ने सम्झौताको निकट पुगेका छन् । अप्रिल २१ मा युद्धविराम सकिनुअघि नै ‘ब्रेकथ्रु’ हासिल गर्ने दबाबपूर्ण प्रयास भइरहेको पनि उसको दाबी छ । दुवै पक्षबीच प्रगति देखिए पनि मतभेद कायमै छन्, तर ३९ दिनको भीषण सैन्य कारबाही र तीव्र कूटनीतिक दबाबले अब सम्झौताबाहेक अरू कुनै विकल्प बाँकी नरहेको स्पष्ट संकेत दिइरहेको छ ।

तेहरानमा आज (बिहीबार) हुने उच्चस्तरीय वार्ता यसको सबैभन्दा ताजा प्रमाण हो । पाकिस्तानी सेना प्रमुख असिम मुनिर बुधबार तेहरान पुगिसकेका छन् र विदेशमन्त्री अब्बास अराघचीसँग भेटिसकेका छन् । पाकिस्तान, इजिप्ट र टर्कीले मध्यस्थकर्ताको भूमिका खेलिरहेका छन् भने अमेरिकी उपराष्ट्रपति जे.डी. भान्स, स्टीव विटकफ र जारेड कुशनरले इरानी पक्ष तथा मध्यस्थकर्ताहरूसँग निरन्तर मस्यौदा आदानप्रदान गरिरहेका छन् । अधिकारीहरूका अनुसार अर्को प्रत्यक्ष भेटघाट युद्धविराम सकिनुअघि नै हुन सक्छ । यदि रूपरेखा सम्झौता भयो भने युद्धविराम लम्ब्याउन सकिने सम्भावना छ, यद्यपि अमेरिकाले औपचारिक सहमति जनाएको छैन ।

यो प्रगतिको पछाडि अमेरिकाको कठोर आर्थिक र सैन्य दबाब मुख्य कारक बनेको छ । ट्रम्प प्रशासनले लगाएको नौसेना नाकाबन्दी र हर्मुज जलमार्गमा सख्त नियन्त्रणले इरानलाई घुँडा टेकाएको छ । अमेरिकी अधिकारीहरूका अनुसार नाकाबन्दी लागू भएको ४८ घण्टाभित्र कुनै पनि जहाज इरानी बन्दरगाह पुग्न सकेन ।

सेन्टकमका अनुसार ९ वटा जहाज फिर्ता पठाइएको छ । इरानले दैनिक १५ लाख ब्यारेल तेल निर्यात गर्दछ, जसबाट करिब १४ करोड डलर राजस्व उठ्छ । खार्ग टापुले यसको ९० प्रतिशत ओगट्छ, जुन नाकाबन्दीबाट सबैभन्दा बढी प्रभावित छ । ६० प्रतिशत प्रभावकारी नाकाबन्दीले इरानको अर्थतन्त्रलाई जर्जर बनाएको छ । चीनजस्ता तेलमा निर्भर सहयोगी राष्ट्रहरू पनि यसबाट प्रभावित भइरहेका छन् ।

इरानको आणविक कार्यक्रममा पनि वार्ता तीव्र बनेको छ । अमेरिकी आक्रमणले इरानको आणविक क्षमता प्रभावित भएको छ । विवाद मुख्य रूपमा आणविक संवर्धनको समयसीमामा केन्द्रित छ । जहाँ इरानले ५ वर्षको रोक चाहन्छ भने अमेरिकाले कम्तीमा २० वर्षसम्मको माग गरिरहेको छ । हर्मुज जलसन्धि पुनः खोल्ने विषयमा भने दुवै पक्ष करिब सहमत भइसकेका छन् ।

ट्रम्पले आफ्नो ट्रुथ सोसलमा ‘म होर्मुज जलसन्धि सधैंका लागि खुला गर्दैछु । यसबाट चीन निकै उत्साहित छ’ भनेर घोषणा नै गरिसकेका छन् । उनले चीनले इरानलाई हतियार नपठाउने सहमति गरेको दाबी पनि गरे । यो घोषणाले अप्रिल १२ मा उनैले गरेको नाकाबन्दी घोषणासँग ठ्याक्कै विपरीत छ । ट्रम्पले यो निर्णय ‘चीन र बाँकी विश्वको हितका लागि’ गरेको बताएका छन् ।

यसबीच, अमेरिकी सिनेटमा ट्रम्पलाई इरानविरुद्ध युद्ध गर्ने अधिकारमा अंकुश लगाउने प्रस्ताव चौथो पटक असफल भएको छ । रिपब्लिकन बहुमतले विपक्षमा मत दिए पनि डेमोक्र्याटहरूले हरेक हप्ता नयाँ प्रस्ताव ल्याउने चेतावनी दिएका छन् । सिनेटर ¥यान्ड पललगायत केहीले युद्ध लम्बिएमा धारणा परिवर्तन गर्ने संकेत गरेका छन् ।

समग्रमा दुवै पक्षले ‘हार स्वीकार नगर्ने’ सम्झौता खोजिरहेका छन् । इजरायल र लेबनानको हिज्बुल्लाह मुद्दा अझै जटिल छन् । यद्यपि, युद्धको थकान, आर्थिक संकट र राजनीतिक बाध्यताले अब दुबै पक्षलाई सम्झौता अपरिहार्य बनाएको छ ।

Kendrabindu logo Kendrabindu

इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा

इन्द्र कमल रोक्का 18 hours ago

काठमाडौं । इरानमा पक्राउ परेका नेपालको उदयपुरका अमृत झा रिहा भएका छन् । उनी बुधबार रिहा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

झालाई नेपाल फर्काउनको लागि तेहरानस्थित नेपाली अनररी कन्सुल जनरल र नेपाली राजदूतावास दोहाबाट आवश्यक पहल जारी रहेको जनाकारी गराइएको छ ।

दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा काम गर्दै आएका उनलाई तेल लिएर फर्किने क्रममा पक्राउ गरिएको थियो ।

Explore by Source or Category