npl.977 Nepal News Stream

Online Tv Nepal logo

Online Tv Nepal

Nepal number's 1 filmy news portal

बालेन र रविको प्रस्ताव मनिष झाद्वारा अस्वीकार, संसदीय सभापतिमा नबस्ने

अनलाइन टीभी नेपाल | 1 hour ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले संसदीय समितिको सभापति पदमा उम्मेदवार बन्न अस्वीकार गरेका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार बसेको बैठकमा पार्टी सभापति रवि लामिछाने र संसदीय दलका नेता वालेन्द्र शाह बालेनले उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि झाको नाम प्रस्ताव गरेका थिए ।

रास्वपाले टुंग्यायो ११ संसदीय समिति सभापतिका उम्मेदवार, कांग्रेसलाई लेखा समिति

अनलाइन टीभी नेपाल | 2 hours ago
काठमाडौं । रास्वपाले एकजना मुख्य सचेतक र दुईजना सचेतक चयन गरेको छ । बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले मुख्य सचेतकमा महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको छ । सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको हो । दुवैजना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसद हुन् ।

सुनिता डंगोलको नजर पनि सुकुम्बासी बस्तीतिर, आइजीपी भेटेपछि तरंग

अनलाइन टीभी नेपाल | 3 hours ago
काठमाडौं । काठमाडौं महानगरपापलिकाकी कार्यवाहक मेयर सुनिता डंगोलको आँखा पनि राजधानीका सुकुम्बासी बस्तीतिर परेको छ । मेयरमा निर्वाचित भएलगत्तै वालेन्द्र शाह बालेनले काठमाडौंका विभिन्न ठाउँमा बसोबास गर्दै आएका सुकुम्बासी बस्ती हटाएर उनीहरूको व्यवस्थापन गर्न लागेका थिए । तर उनी सफल हुन सकेनन् । बालेन अहिले प्रधानमन्त्री बनेका छन् ।

दुर्गा प्रसाईको पक्षमा उभियो अदालत, ६५ करोड ऋण दिन आदेश

अनलाइन टीभी नेपाल | 3 hours ago
काठमाडौं । बैंक तथा वित्तीय संस्था र लघुवित्तबाट लिएका ऋण नतिर्ने अभियान चलाएका दुर्गा प्रसाईकै पक्षमा अदालत उभिएको छ । अदालतले ६५ करोड रुपैयाँ ऋण उपलब्ध गराउन आदेश दिएपछि प्रसाईं दंग परेका छन् ।

कांग्रेस मुद्दामा आज सुनुवाइ हुँदै, कसले आधिकारिकता पाउला ?

अनलाइन टीभी नेपाल | 4 hours ago
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकताको विषयमा सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ । गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेको मुद्दा सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

बालेन सरकार रफ्तारमा, नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्ने निर्णय

अनलाइन टीभी नेपाल | 5 hours ago
काठमाडौं । वालेन्द्र शाह बालेन नेतृत्वको सरकारले महत्वपूर्ण र दीर्घकालीन निर्णय गर्ने मामिलामा विगतका सरकारलाई धेरै पछाडि छाडेको छ । आमजनताले विगतदेखि भन्दै आएका र सडकमा लगाएका नारालाई सरकारले पक्डेको छ । र, सोहीअनुसार फटाफट निर्णय गर्न थालेको छ ।

कार्यवाहक प्रमुख डंगोल र महानिरीक्षक कार्कीबीच भेट, सहरी सुरक्षामा सहकार्य बलियो बनाइने

अनलाइन टीभी नेपाल | 5 hours ago
कार्यवाहक प्रमुख डंगोल र महानिरीक्षक कार्कीबीच भेट, सहरी सुरक्षामा सहकार्य बलियो बनाइने काठमाडौँ l काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीबीच सडक तथा सहरी सुरक्षालाई थप प्रभावकारी बनाउने सहमति भएको छ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्की बीच भएको भेटमा सहकार्यलाई सुदृढ गर्ने विषयमा छलफल गरिएको हो।

नेपालमा पेट्रोलभन्दा डिजल र मट्टीतेल महँगो, सर्वसाधारण मारमा

अनलाइन टीभी नेपाल | 5 hours ago
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले बिहीबार बिहानदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यसूचीअनुसार डिजल/मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरिएको छ ।

विश्व राजनीतिमा धूम मच्चाउँदै बालेन, टाइम म्यागजिनको प्रभावशाली व्यक्तिको सूचीमा

अनलाइन टीभी नेपाल | 6 hours ago
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले विश्व राजनीतिमा आफूलाई अग्रपंक्तिमा उभ्याएका छन् । काठमाडौंको मेयर जितेदेखि नै विश्वका मिडियामा चर्चामा रहेका बालेन प्रधानमन्त्री बनेपछि उनको लोकप्रियताको ग्राफ ह्वात्तै बढेको छ । धेरै नबोली आफ्नो प्रभाव छाड्न सफल बालेन प्रतिष्ठित अमेरिकी म्यागजिन टाइमले बर्सेनि निकाल्ने विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् ।

सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

अनलाइन टीभी नेपाल | 6 hours ago
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक बिहीबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीको मिडिया संयोजक दीपा दाहालका अनुसार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकलाई केन्द्र–प्रदेश समन्वयलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

Explore news by Category