काठमाडौंनेपाल इटाली उद्योग वाणिज्य संघ (एनआईसीसीआई) ले नवनिर्वाचित सांसद बसु माया तामाङलाई सम्मान तथा अभिनन्दन गरेको छ । अध्यक्ष संजय अग्रवालको नेतृत्व तथा बोर्ड सदस्यको उपस्थितिमा आयोजित कार्यक्रम सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा सम्पन्न भएको हो । संघकी सम्मानित सदस्यसमेत रहेकी तामाङलाई व्यवसायिक समुदाय र सामाजिक विकासमा दिएको योगदान, नेतृत्व तथा सक्रियताका लागि चिनिन्छ ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले भ्रष्टाचार नियन्त्रणका लागि अनुसन्धानको दायरा निजी क्षेत्रमा समेत विस्तार गर्ने योजना अघि सारेपछि व्यवसायीहरू असन्तुष्ट बनेका छन्। आयोगले सार्वजनिक गरेको भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजनामा सहकारी, पब्लिक तथा प्राइभेट कम्पनीसहित निजी संघ–संस्थामा हुने भ्रष्टाचारजन्य गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्य उल्लेख गरिएको छ।