npl.977 Nepal News Stream

देशसञ्चार logo देशसञ्चार

एन आई सी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक

देश सञ्चार 9 hours ago

काठमाडौँ- एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेका विभिन्न सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी प्रदान गर्ने उद्देश्यले एक अत्याधुनिक अनलाईन पोर्टल सार्वजनिक गरेको छ

बैंकको २८ औं वर्षको अवसरमा ग्राहकहरूलाई सहजता प्रदान गर्न यो डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याइएको हो यस पोर्टलमा बैंकको नाममा रहेका बैंकिङ्ग सम्पत्ति, गैर-बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी सम्पूर्ण विवरणहरू उपलब्ध गराइएको छ

ग्राहकले लिलाम बिक्री सम्बन्धी सूचनामा रहेको क्युआर कोड (QR Code) स्क्यान गरी वा सिधै https://auctionassistance.nicasiabank.com लिंक मार्फत पोर्टलमा प्रवेश गर्न सक्नेछन्

पोर्टल भित्र लिलाममा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, र नक्सा जस्ता महत्वपूर्ण जानकारीहरू राखिएका छन् साथै, सम्पत्तिको वास्तविक अवस्थितिको पहिचान गर्न गुगल म्याप (Google Map) समेत समावेश गरिएको छ, जसले गर्दा खरिदकर्तालाई सम्पत्ति निरीक्षण गर्न थप सहज हुने बैंकको विश्वास छ

कुनै पनि सम्पत्ति खरिद गर्न इच्छुक ग्राहकले थप जानकारी आवश्यक परेमा पोर्टलमा उपलब्ध म्यासेज बक्स मार्फत आफ्नो विवरण राखी जिज्ञासा पठाउन सक्ने व्यवस्था समेत गरिएको छ

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलका अनुसार, यो पोर्टलमा नियमित रूपमा लिलाम बिक्री हुने सम्पत्तिहरूको सूचना अपडेट गरिनेछ यस डिजिटल पहलले लिलाम प्रक्रियालाई थप पारदर्शी र सर्वसुलभ बनाउने लक्ष्य लिएको छ

 

Read more news from देशसञ्चार

Explore by Source or Category