इनड्राइभको नयाँ वर्ष २०८३ विशेष ‘राइड मोर, विन मोर’ क्याम्पेन सार्वजनिक
काठमाडौँ- विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली नयाँ वर्ष २०८३ को सुखद अवसरमा आफ्ना प्रयोगकर्ताहरूका लागि ‘राइड मोर, विन मोर!’ नामक आकर्षक क्याम्पेन ल्याएको छ ।
यो क्याम्पेन २०२६ अप्रिल १४ देखि सुरु भई मे ४ सम्म सञ्चालन हुनेछ । नयाँ वर्षको उत्सवमा परिवार र साथीभाइसँग भेटघाट गर्न यात्रा गर्ने ग्राहकहरूको अनुभवलाई अझ रमाइलो र लाभदायक बनाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।
यस क्याम्पेन अन्तर्गत प्रयोगकर्ताले इनड्राइभ एपमार्फत बुक गरेको प्रत्येक १ राइड बराबर १ लक्की ड्र टिकट प्राप्त गर्नेछन् । जति धेरै राइड बुक गर्यो, पुरस्कार जित्ने सम्भावना उति नै बढी हुनेछ ।
मेगा गिभअवेमा सहभागी हुनका लागि प्रयोगकर्ताले राइड सकिएपछि आफ्नो खल्ती एपबाट ड्राइभरको खल्ती खातामा कम्तीमा २ वटा कारोबार गर्नुपर्ने प्रावधान राखिएको छ ।
यस क्याम्पेनका मुख्य पुरस्कारहरू निम्नुपम रहेका छन्:
- मेगा गिभअवे अन्तर्गत १० जना भाग्यशाली विजेताले ‘अनर एक्स ७ डि’ (Honor X7d) स्मार्टफोन जित्न सक्नेछन् ।
- १,००० जना प्रयोगकर्तालाई १५% क्यासब्याक (अधिकतम ५० रुपैयाँसम्म) को व्यवस्था गरिएको छ ।
- थप १,००० जनालाई २०० रुपैयाँ क्यासब्याकसहित एयरलाइन प्रोमो कोड प्रदान गरिनेछ ।
- १०० जना प्रयोगकर्तालाई ‘खल्ती प्रो’ मा निःशुल्क अपग्रेड गरिनेछ ।
इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटिभ रीता पोखरेलले आफ्ना प्रयोगकर्ताहरूलाई धन्यवाद व्यक्त गर्दै सेवाको अनुभव लिन आग्रह गर्नुभएको छ ।
त्यस्तै, खल्तीका चिफ ग्रोथ अफिसर सञ्जीव चन्द्र न्यौपानेले डिजिटल भुक्तानीलाई यात्रासँग जोडेर सुरक्षित र सहज सेवा दिन पाउँदा खुसी व्यक्त गर्नुभएको छ ।
यो क्याम्पेन नेपालभरका सबै प्रयोगकर्ताका लागि खुला रहनेछ र विजेताहरूको घोषणा हरेक हप्ता इनड्राइभको आधिकारिक सामाजिक सञ्जालहरू मार्फत गरिनेछ ।