RONB post
घण्टीघरबाट रविले भने-‘संसद् पुनर्स्थापना भन्दै षड्यन्त्रको दौडधुप बन्द गर्नूस्’
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा स्वागत गरिएको छ । उनलाई बाजागासहित पार्टीका नेता कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।
लामिछाने साढे ८ महिनापछि आज पार्टीको केन्द्रीय कार्यालयमा प्रवेश गरेका हुन् ।
सम्बोधनको क्रममा संसद् पुनर्स्थापनाका लागि दौडधुप भइरहेको भन्ने सूचना आफूले पाएको भन्दै षड्यन्त्रको आँखा बन्द गर्न आग्रह गरे ।
‘म सुनिरहेको छु, संसद् पुनर्स्थापनाका लागि दौडधुप गर्न थाले रे । कुन संसद् पुनर्स्थापनाको कुरा गर्न लाग्नुभएको ? कुन संसद् ब्युँझाउन खोज्नुभएको ? ‘षड्यन्त्रको आँखा बन्द गर्नुहोला । धेरै आँखा नचम्काउनुहोला ।’
लामिछाने शुक्रबार साँझ रिहा भएपछि सोही दिन चितवन पुगेका थिए । शनिबार चितवनमा कार्यकर्तालाई सम्बोधन गरेर काठमाडौं फर्किएर जेन–जी आन्दोलनका घाइतेसँग भेटघाट गरेका थिए ।
The post घण्टीघरबाट रविले भने-‘संसद् पुनर्स्थापना भन्दै षड्यन्त्रको दौडधुप बन्द गर्नूस्’ appeared first on RONB post.