npl.977 Nepal News Stream

#प्रदेश-२

Contents
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

शिव शक्ति ग्रुपद्वारा जिप्रकामा स्तनपान कक्ष निर्माण

अजय साह 9 hours ago

बारा । जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष निर्माण गरिएको छ । शिव शक्ति घ्यू उधोग प्रा लि द्वारा जिल्ला प्रशासन कार्यालय बारामा स्तनपान कक्ष निर्माण गरिएको हो ।

समाजिक उतरदायित्व अन्तर्गत शिव शक्ति ग्रुपका अध्यक्ष तथा संविधान सभा सदस्य राजकुमार अग्रवालको सहयोगमा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा स्तनपान कक्ष पहिलो चोटि स्थापना गरिएको हो । विधीवत रुपमा स्तनपान कक्ष निर्माण सम्पन्न भए पछि जिप्रका प्रमुख जिल्ला अधिकारी धर्मेन्द मिश्रलाई हस्तान्तर गरिएको अग्रवालले बताए ।

समाजिक उतरदायित्व अन्तर्गत समाजको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको उनले बताए । सोही अन्तर्गत जिप्रकामा दुधे बालबालिका लिएर आउने सेवाग्राहीको सहजताको लागि स्तनपान कक्ष निर्माण गरिएको अग्रवालले जानकारी गराएका छन ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द मिश्र, शिव शक्ति ग्रुपका अध्यक्ष तथा संविधान सभा सदस्य राजकुमार अग्रवालक, प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, राष्ट्रिय अनुसन्धानका उप-निर्देशक सरोज निरौला लगायतले संयुक्त रुपमा स्तनपान कक्ष उदघाटन गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयमा जिल्ला भरीका सेवाग्राही नागरिता, प्रतिलिपि, राष्ट्रिय परिचयपत्र लगायतको काम लिएर दुधे बालबालिकाको आमालाई पर्दामा दुध ख्वाउने परम्परालाई स्थापित गर्न स्तनपान कक्ष आवश्यकता देखेर सहयोगी शिव शक्ति ग्रुपले निर्माण गरेकोमा धन्यवाद समेत दिएका थिए ।

सेवा भनेकै जनतामुखी हुने भएकोले सो कार्यको विधीवत रुपमा संचालनमा ल्याइएको हो । काम नहुन्जेल सम्म दुधे बालबालिका लिएर आएकी महिलाहरू त्यस कक्षको सदुपयोग गर्न अनुरोध गरेका थिए ।

दुधे बालबालिका लिएर सेवा लिन आएकी महिलालाई प्रमुख जिल्ला अधिकारीले फुलको गुच्छा सहित स्वागत गरेका थिए । सरुवा आउने, जाने नियमित प्रक्रिया रहेको जाहा भए पनि जनताको हकहितको लागि सदैव तयार रहने प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।

प्रमुख जिल्ला अधिकारी मिश्र कै पालामा टाढा टाढाबाट आएका सेवाग्राहीहरु आफ्नो सवारीसाधन सिधै कार्यालयको प्राङ्गणमा लगाउने व्यवस्थापन गराएका थिए । जसले गर्दा सेवाग्राहीको सवारीसाधन सुरक्षित भएको थियो । सडक फराकिलो हुदा भिडभाड कम, दुर्घटना मुक्त क्षेत्र बनाएका छन ।

The post शिव शक्ति ग्रुपद्वारा जिप्रकामा स्तनपान कक्ष निर्माण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

सरकारको नेतृत्व लुते भएकाले केपी ओलीले खुलेआम धम्काउन थाले : प्रभु साह

राजधानी समाचारदाता 20 hours ago

सिराहा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकारको नेतृत्व नै लुते भएको कारण नै चौतर्फी आक्रमणको शिकार भएको टिप्पणी गरेका छन् । जेन–जी जनविद्रोहको जगमा बनेको सरकारले आफ्नो मूल दायित्व नै बिर्सिएको कारण अहिले परिवर्तन नचाहने तत्वहरुको प्रहार सहनुपरेको साहको दाबी छ । सरकार बनेको एक सय दिन बित्न नपाउँदै विकल्प खोज्ने कुरा उठ्नु वर्तमान सरकारको असफलतासँग जोडिएको साहको भनाई छ ।

उनले भने,‘यो सरकार ठीक दिशामा हिँडेको भए र आफ्नो मूल दायित्व पूरा गर्नतर्फ गम्भीर बनेको भए आज एक सय दिन नपुग्दै विकल्प खोज्ने कुरा उठ्थ्यो त ? यो गम्भीर प्रश्नको विषय हो ।’

आज (आइतबार) सिराहको धनगढिमाई बजारमा आयोजित सिराहा क्षेत्र नं. २ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकारमा बसेकाहरुले तोकिएको मितिमा चुनाव गराउने दायित्व भुल्न थालेको र रंगबिरंगी खेलोफड्कोमा अल्झिएको आरोप लगाए । उनले निर्दलीय सरकारमा बसेर कुलमान घिसिङ्ले आफ्नो स्वार्थको रोटी सेकिरहेको र सत्ताको दुरूपयोग गरेर आफ्नो पार्टीको प्रचारमात्रै गरेको भन्दै मन्त्रीको जिम्मेवारीबाट घिसिङ्लाई तत्काल बर्खास्त गर्नपनि प्रधानमन्त्रीसमक्ष माग गरे ।

उनले भने,‘कुलमानकै महत्वकांक्षाको कारण यो सरकारलाई जेनजी आन्दोलनमा दमन गरेका हत्याहरुले पनि हेप्न थाले, अहिले त खुलेआम चुनाव हुन दिन्नौं भनेर धम्की दिन थालेका छन्, यो अवस्था कसरी सिर्जना भयो ? प्रधानमन्त्रीले गम्भीर कदम चाल्नुपर्छ । निर्दलीय सरकारमा बसेर दल खोल्ने र रातारात हिरो हुन्छु भनेर लोभ पालेर बसेका कुलमानहरुको कारण सरकार बदनाम भइरहेको छ, यसतर्फ प्रधानमन्त्रीले कदम चाल्नुपर्छ । दल खोल्ने र राजनीतिको रोटी सेक्ने ईच्छा देखाएका कुलमानलाई बिदा गर्नुपर्छ । देशको विकास निर्माणसँग प्रत्यक्ष जोडिएका तीन तीन वटा महत्वपूर्ण मन्त्रालयको चाबी कसको दबावमा सुम्पिनुभयो ? उहाँ जेनजीको भावनाअनुसार चल्नुभएको छ त ? कि कसैको इशारामा नाच्दै हुनुहुन्छ ?’ मन्त्री घिसिङले कतिपय आयोजनाको निरीक्षण गर्ने क्रममा धम्कीको भाषा बोल्ने गरेको र समयमा आयोजना नसके यो धर्तीमा नै रहन नदिने भनेर बोलेकोमा पनि साहले आपत्ति जनाए ।

उनले वर्तमान सरकारले एक सय दिन पुगेको अवसरमा कामको फेहरिस्त सुनाउन थालेकोमा पनि आपत्ति जनाए । उनले सय दिनमा सयथरि कुरा गरेर समय व्यतित नगर्न पनि प्रधानमन्त्री कार्कीलाई चेतावनी दिए । साहले चुनाव गराउने दायित्व पूरा नगर्ने हो भने बेलैमा मार्गप्रशस्त गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरे ।

उनले भने,‘तपाई दिन बिताउने मेसोमा मात्रै लागेको हो भने यो हामीलाई मान्य छैन, न त अहिलेसम्म जेनजी आन्दोलनका शहादत दिएकाहरुलाई न्याय दिन सक्नुभयो, उनीहरुको हत्याहरु अहिलेपनि देश र दुनियाँ अनि जनता धम्क्याउँदै हिँडेका छन्, तर तपाईंहरु कानमा तेल हालेर र हात बाँधेर बस्नुभएको छ, यसरी जेनजी आन्दोलनका शहिदहरुलाई न्याय हुन्छ ? अर्को, चुनाव गराउने दायित्वपनि पूरा गरेको देखिँदैन, अहिलेसम्म लुटिएका हतियार फिर्ता ल्याउन सक्नुभएको छैन, गम्भीर अपराधका कैदीबन्दीहरु फरारकै अवस्थामा छन्, फिर्ता ल्याउन सक्नुभएको छैन, नसक्ने हो भने देशको समय बर्वाद नगर्नुहोस र संकटको घडीमा सक्षम व्यक्ति ल्याएर भएपनि चुनाव गराउँछौं ।’ उनले सुशीला कार्कीहरुले जेनजी आन्दोलनको मर्म र भावनामाथि बारम्बार प्रहार गरेको भन्दै आलोचना गरे । जेनजीहरुले ओली–आरजुलाई सरकारबाट हटाएर सुशीला–कुलमानलाई विराजमान गर्नको लागि मात्रै आन्दोलन नगरेको साहको भनाई छ ।

भदौ २३ गते जेन–जी युवाहरुको टाउको र छातीमा ताकि ताकि गोली हानेर हत्या गरेकाहरुले आज उल्टै सरकारलाई धम्काउने काम गरेको भन्दै साहले सरकारमा भएकाहरुको कार्यक्षमतामाथि प्रश्न उठाए । गृहमन्त्री ओमप्रकाश अर्यालले सुरुदेखि नै आफ्नो जिम्मेवारी सही तवरले बहन गर्न नसकेको उनको आरोप छ । त्यही भएर अहिले गृहमन्त्री ‘दुलोभित्र लुकेर बसेको मुसा’ को हालतमा रहेको उनको टिप्पणी छ । उनले भने,‘दिनदाहाडै युवाहरुको हत्या गरिएको छ, तर यो सरकारले अहिलेसम्म दोषीहरुलाई कारबाही गर्न सकेको छैन, हत्याहरुलाई बयान लिन सकेको छैन । ती हत्याहरुको धम्कीसँग डराएर बसेको छ, अनि कसरी ती जेनजी शहिदहरुको सम्मान हुन्छ ? उनीहरुको परिवारको लागि न्याय दिलाउनुहुन्छ ?’

तत्कालिन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई बयान लिए देश ठप्प पार्ने भने दिएको चेतावनीप्रति पनि साहले गम्भीर असन्तोष व्यक्त गरे । उनले भने,‘यो देश एमालेको निजी हो र ? लोकतान्त्रिक भन्ने दलको नेताले यसरी दिनदाहाडै राज्य–संयन्त्र र जनतालाई धम्की दिने ? उहाँहरुले यो देशलाई कता लैजान खोज्दै हुनुहुन्छ ? खबरदार, नेपाली जनतालाई धम्की दिने कोशिस नगर, अब जनता जागेको अवस्था छ । तिमीहरुको धाक, धम्कीसँग जनता डराउनेवाला छैनन् ।’ जाँचबुझ आयोगका पदाधिकारीले तीन महिनाको समय त्यत्तिकै व्यतित गरेको र फेरि एक महिनाको समय थपिएकोमा पनि साहले असन्तुष्टि पोखे । शक्तिशाली आयोगले आन्दोलनमा दमन गर्नेहरुलाई अहिलेसम्म बयानमा बोलाएर कारबाहीको लागि सिफारिश गर्नुपर्नेमा डराएर बसेको र म्याद गुजारेको साहको आक्रोश छ ।

The post सरकारको नेतृत्व लुते भएकाले केपी ओलीले खुलेआम धम्काउन थाले : प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Explore by Source or Category