npl.977 Nepal News Stream

#बैकिङ्ग

RONB post logo RONB post

एनआईसी एशिया बैंकका अध्यक्ष अग्रवालले दिए राजीनामा

RONB Post 14 hours ago

काठमाडौं । एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले राजीनामा दिएका छन् । अग्रवालले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन् । अग्रवाल २०७८ चैतमा २४औँ साधारणसभाबाट अध्यक्षमा नियुक्त भएका थिए।

आइतबार बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत समेत गरिसकेको छ । मारवाडी समुदायका उद्योगी- व्यवसायीहरुले नेतृत्व गर्दै आएको एनआईसी एशिया बैंकमा पछिल्लो समय समस्या देखिँदै आएको छ ।

प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले आफ्नो दोस्रो कार्यकाल पूरा नगर्दै गत असोजमा राजीनामा दिएका थिए ।

The post एनआईसी एशिया बैंकका अध्यक्ष अग्रवालले दिए राजीनामा appeared first on RONB post.

Explore by Source or Category