npl.977 Nepal News Stream

#प्रदेश-६

Contents
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

सामुदायिक बिद्यालयलाई पहुँचयुक्त शौचालय हस्तान्तरण

बिश्वनाथ सिम्खाडा 2 hours ago

कालिकोट । कालीकोटको रास्कोट नगरपालिकाका दुई वटा सामुदायिक विद्यालयलाई पहुँचयुक्त शौचालय हस्तान्तरण गरिएको छ ।

रास्कोटको वडा नं १ को सुन्दर आधारभूत विद्यालय र ३ को मालिका आधारभूत विद्यालयलाई सुविधासम्पन्न तिन कोठे पहुँचयुक्त,लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय हस्तान्तरण गरिएको हो ।

विद्यालयमा शौचालयको अभाव देखेपछि अध्ययनरत छात्र र छात्रालाई मध्यनजरगरी लागि प्लान इन्टरनेशनल नेपाल र मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालीकोटको साझेदारी तथा ओमनेष्ट फाउण्डेसनको सहयोग एवम् रास्कोट नगपालिकाको समन्वयमा बिद्यालयलाई शौचालय हस्तान्तरण गरिएको हो ।

विद्यालयमा पहुँचयुक्त लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय,हातधुने धारासहितको बिद्याय, साझेदार संस्था र नगरपालिकाको सहभागितामा एक कार्यक्रमको आयोजना गरी शौचालय बिद्यालयलाई हस्तान्तरण गरिएको हो । खानेपानी र महिनावारी आराम कक्ष समेत विद्यालयलाई हस्तान्तरण गरिएको हुरेन्डेक नेपाल कालीकोटका उपाध्यक्ष खडानन्द अधिकारीले जानकारी दिए ।

रास्कोट नगरपालिका नगरप्रमुख धर्मराज शाही (पोषण) तथा जिल्ला समन्वय समिति उपप्रमुख मिना रावत, प्रमुख जिल्ला अधिकारी पलान नेपालका प्रतिनिधि सुविधासम्पन्न पहुँचयुक्त लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय उद्घाटन गरी विधालयलाई हस्तान्तरण गरेका हुन् ।

विद्यालयमा बनेका सुविधासम्पन्न पक्की शौचालय,खानेपानी धारा लगायतका संरचनालाई संरक्षण गर्न सकियो भने मात्र विकास निर्माणमा थप फड्को मार्न सकिने रास्कोट नगरपालिकाका नगरप्रमुख धर्मराज शाहीले बताए ।

शिक्षा संगै स्वास्थ्य पनि उतिकै महत्त्वपूर्ण रहेको हुदा यस्ता सुविधासम्पन्न शौचालयलाई संरक्षण गरि प्रयोग गर्न उनले आग्रह गरे । सहयोगी संस्थालाई धन्यवाद दिदै आगामी दिनमा पनि विभिन्न क्रियाकलापमा स्थानीय सरकार साझेदारी गर्न तयार रहेको उनको भनाई छ ।

प्लान इन्टरनेशनल नेपालले विगत ६ वर्षदेखि विद्यालय स्तरमा यौन तथा प्रजनन स्वास्थ्यलाई मध्यनजर गरि हरेक वर्ष शौचालय निर्माण गर्ने गरेको र आगामी दिनमा पनि शौचालय निर्माणलाई निरन्तरता दिने गरि काम गरिरहेको प्लान इन्टरनेशनल नेपालका कार्यक्रम विशिषज्ञ विनय ज्ञावाली बताए । उनले विद्यालयमा शौचालय निर्माणले विद्यार्थीहरुलाई विद्यालय आउन धेरै राहत हुने विश्वास व्यक्त गरे।

मालिका आधारभूत विद्यालयमा बाल,लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय र महिनमवारी आराम कक्ष स्थापनाको लागत २१ लाख ६ सय ९२.८३ रुपैया लागेको थियो । यस्तै सुन्दर आधारभूत विद्यालयको पहुँचयुक्त लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय,खानेपानी तथा हात धुने धार निर्माणमा २० लाख १६ हजार ५ सय ६१.७६ रुपैयामा लागत लागेको रास्कोट महिनावारी स्वास्थ्य स्वच्छता र खानेपानी, सरसफाई तथा स्वच्छत परियोजनाले जनाएको छ ।

विद्यालयमा अतिआबश्यक सुविधासम्पन्न पहुँचयुक्त लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय निर्माण,बालमैत्री खानेपानी तथा हातधुने धारा जडान र किशोरीहरुको लागि महिनावारी आरम कक्ष स्थापनाले विद्यालयमा विद्यार्थीलाई समेत नियमितता गरेको सुन्दर आधारभूत विद्यालयका प्रध्यानाध्यापक बलप्रसाद न्यौपानेले बताए ।

उनले नवनिर्मित शौचालयले विद्यार्थी,विशेषगरी किशोरी र अपाङ्गता भएका बालबालिकामा ठूलो राहत पुगेको बताए । स्थानीय अभिभावकले पनि विद्यालयको वातावरण सुरक्षित र स्वास्थ्यकर बनेको प्रतिक्रिया दिएको उनको भनाई छ ।

शिक्षालाई गुणस्तरिय बनाउने पूर्वाधार निर्माणको पनि महत्वपूर्ण भुमिका हुने मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) कालीकोटका उपाध्यक्ष खडानन्द अधिकारीले बताए । उनले किशोरीहरु महिनावारी भएको बेला विद्यालयमा उचित व्यवस्थापन हुन नसक्दा कक्षा छोड्ने अवस्थाको सृर्जना भएको देखिएकाले शौचालय निर्माणले यसलाई न्युनिकरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । बाल बालिकाहरुलाई नियमित कक्षामा सहभागी गराउन सकेमात्र बाल विवाहका घटनाहरु न्युनिकरण हुन सक्ने उनको तर्क थियो ।

जिल्ला समन्वय समिति उपप्रमुख मिना रावत विश्वकर्माले रास्कोट नगरपालिका भित्रका सामुदायिक विद्यालयमा नवनिर्मित शौचालयले विद्यालयका विद्यार्थीहरुमा सहज भएको बताइन् । रास्कोट नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेका बताउर्दै आगामिदिनमा समेत सहयोगी दाताहरु मार्फत शिक्षा र स्वास्थ्यका क्षेत्रमा सुधार ल्याउन सकिने उनको भनाई छ ।

रास्कोट नगरपालिकामा रहेका विभिन्न संरचनाहरुको समेत अनुगमन गरिएको छ । पलान नेपालको सहयोगमा गरिएका रास्कोटका विभिन्न गतिबिधिहरुको अनुगमन गरिएको थियो । साझेदार संस्था हुरेन्डेक नेपाल, किर्डाक नेपाल र सादा नेपालले रास्कोट, शान्नित्रिवेणी र नरहरीनाथमा फरक फरक कामहरु गरिरहेका छन ।

बिद्यालयमा भौतिक संरचना निर्माणदेखी, किशोर किशोरी मैत्री, बाल मैत्री कार्यक्रम संचालनले सामुदायिक बिद्यालयमा बिद्यार्थीको संख्यामा पनि वृद्धी आएको पाइएको छ ।

The post सामुदायिक बिद्यालयलाई पहुँचयुक्त शौचालय हस्तान्तरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

कालीकोटबाट कांग्रेसका ३ जनाको नाम सिफारिस

राजधानी समाचारदाता 17 hours ago

कालीकोट । नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि तीन जनाको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिले भूपेन्द्रजङ्ग शाही, अम्बबहादुर शाही र सीता रावलको नाम सिफारिस गरी प्रदेश कार्यसमितिलाई पठाइएको हो ।

प्रदेश कार्यसमितिले पनि जिल्लाबाट प्राप्त नामलाई केन्द्रमा पठाएको जिल्ला कार्यसमितिका सभापति अम्बबहादुर शाहीले बताए । उनका अनुसार समानुपातिकतर्फ कालीबहादुर सहकारी, सुशीला शाही बम, मनबहादुर नेपालीको नाम सिफारिस गरिएको छ । साथै राष्ट्रियसभातर्फ टेकराज शाही र यशोधा शाहीलाई सिफारिस गरिएको छ ।

The post कालीकोटबाट कांग्रेसका ३ जनाको नाम सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Explore by Source or Category