npl.977 Nepal News Stream

#प्रदेश-१

Contents
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

दूध उत्पादन गर्ने कृषकलाई सहकारीको सम्मान

ईश्वर थापा 6 hours ago

धनकुटा । धनकुटाको चञ्चला देवी बहुउद्देश्यीय दुग्ध उत्पादन सहकारीले कृषकलाई सम्मान तथा पुरस्कृत गरेको छ। धनकुटा नगरपालिका वडा नं. १ हिलेमा रहेको सहकारीको ३१ औ वार्षिक साधारण सभाको अवसर पारेर एक वर्षमा संस्थाका सदस्य मध्येबाट सबै भन्दा बढी दूध उत्पादन गर्ने, राम्रो दूध उत्पादन गर्ने तथा ज्येष्ठ शेयर सदस्यलाई सम्मान गरिएको हो।

वर्षभरिमा सबैभन्दा बढी दूध उत्पादन गर्ने इन्द्र बुढाथोकी, चन्द्र बहादुर कार्की र प्रदीप तामाङलाई सम्मान तथा पुरस्कृत गरिएको हो । आर्थिक वर्ष २०८१–८२ मा बुढाथोकीले ९ हजार ९ सय २६, कार्कीले ९ हजार ६० र तामाङले ८ हजार ८ सय ३१ लिटर दूध उत्पादन गरेका थिए ।

त्यस्तै कर्णकुमारी पौडेल, खड्ग दर्लामी र सानु घिसिङलाई गुणस्तरीय दूध उत्पादन गरेबापत सम्मान र पुरीकृत गरीएकोे संस्थाका व्यवस्थापक भीम मल्लले जानकारी दिए। नरमाया थापालाई ज्येष्ठ शेयर सदस्यको रूपमा सम्मान गरिएको छ।

कृषकमा उत्साह ल्याउन सम्मान तथा पुरस्कृत गरिएको संस्थाका अध्यक्ष नगेन्द्र पाण्डेले जानकारी दिए। आर्थिक वर्ष २०८१–८२ मा संस्थाले कुल ३ करोड ३६ लाख ३३ हजार ७० रुपैयाँ बरावरको दूध बिक्री गरेको जनाएको छ।

The post दूध उत्पादन गर्ने कृषकलाई सहकारीको सम्मान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

दोहोरो कर प्रक्रियाले भोजपुरका कृषि फर्म खारेजीको क्रम बढ्दो

युवराज विष्ट 14 hours ago

भोजपुर । फर्म दर्ता गरी व्यावसायिक रूपमा कृषि व्यवसायमा संलग्न भोजपुरका कृषक दोहोरो तथा बहु–कर प्रक्रियाका कारण समस्यामा परेका छन् । एउटै प्रकृतिको कृषि फर्म सञ्चालनका लागि राज्यका विभिन्न निकायमा छुट्टाछुट्टै शुल्क तथा कर तिर्नु पर्दा आर्थिक भार बढेको उनीहरूको गुनासो छ ।

गाउँघरमै कृषि उद्यममा जोडिएका कृषकका अनुसार फर्म दर्ता तथा नवीकरणका लागि वडा कार्यालय, गाउँपालिका वा नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय तथा करदाता सेवा कार्यालयमा अलग–अलग शुल्क बुझाउनुपर्ने अवस्था छ । एउटै फर्मका लागि पटक–पटक कर तिर्नुपर्ने बाध्यताले कृषकहरू हतोत्साहित हुँदै व्यवसाय नै खारेज गर्ने अवस्थामा पुगेका छन् ।

स्थानीय तहहरूले व्यवसायको प्रकृतिका आधारमा आफ्नो कार्यपालिकाको निर्णय अनुसार उद्योग तथा फर्म सञ्चालनबापत कर लिँदै आएका छन् । त्यस्तै, घरेलु तथा साना उद्योग कार्यालयले लगानी पुँजीका आधारमा न्यूनतम दुई हजार १०० रुपैयाँदेखि माथि कर असुल्ने गरेको छ । करदाता सेवा कार्यालयमा पनि गाउँपालिकामा दर्ता भएका फर्मले वार्षिक दुई हजार पाँच सय र नगरपालिकामा दर्ता भएका फर्मले चार हजार रुपैयाँ कर तिर्नुपर्ने बाध्यात्मक व्यवस्था रहेको भोजपुर नगरपालिका–७ का दुग्ध व्यवसायी रमेश कार्कीले बताए ।

‘एउटै प्रकृतिको कृषि फर्म तथा उद्योगमा राज्यका विभिन्न निकायमा छुट्टाछुट्टै शुल्क तिर्नु पर्दा किसान मारमा परेका छन्,’ उनले भने ‘एउटै निकायबाट शुल्क लिएपछि अन्य निकायले कर नलिने व्यवस्था गरिनुपर्छ ।’

किसानलाई करको दायरामा ल्याउने नाममा अपनाइएको झन्झटिलो प्रक्रिया दुरदराजका नागरिकका लागि थप समस्या बनेको उनको भनाइ छ । स्थानीय तहमै एकद्वार प्रणालीबाट कर बुझाउने व्यवस्था भए धेरै कृषक तथा व्यवसायीलाई राहत पुग्ने उनले बताए ।

दोहोरो कर प्रणालीका कारण स्थानीय कृषक तथा उद्यमी मारमा परेको भोजपुर नगरपालिका–५ बोखिमका वडाध्यक्ष फविन्द्र प्रधानले बताए । ‘एउटै प्रकृतिको फर्म सञ्चालनबापत जनताले धेरै ठाउँमा कर बुझाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘पालिकाहरूले आ–आफ्नो निर्णय अनुसार कर लिँदै आएका छन् । त्यसबाहेक कर कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा पनि बुझाउनु पर्ने भएकाले किसान दोहोरो मारमा परेका छन् ।’

दोहोरो कर प्रक्रिया तथा राज्यका विभिन्न तहबाट उपलब्ध हुने अनुदान कार्यक्रम बर्षेनी कटौती हुँदै जाँदा पछिल्लो समय दर्ता गरिएका फर्म तथा उद्योग खारेजी गर्नेको सङ्ख्या बढ्दै गएको घरेलु तथा साना उद्योग कार्यालय भोजपुरले जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख रमेश ढकालका अनुसार गत आर्थिक वर्षमा मात्रै ८९ वटा उद्योग र २३ वटा वाणिज्य फर्म गरी कुल ११२ वटा खारेज भएका छन् ।

कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७–७८ मा ५९१ वटा उद्योग दर्ता भएकामा पछिल्ला वर्षहरूमा दर्ता हुने उद्योगको सङ्ख्या निरन्तर घट्दो क्रममा देखिएको छ । आर्थिक वर्ष २०७८–७९ मा ४०४, २०७९–८० मा २६४, २०८०–८१ मा १३३ र २०८१–८२ को असार मसान्तसम्म ११० वटा मात्र उद्योग दर्ता भएका छन् ।

उद्योग दर्ता घट्दै जानु र खारेजीको सङ्ख्या बढ्दै जानुले दोहोरो कर तथा जटिल प्रशासनिक प्रक्रिया कृषक तथा उद्यमीका लागि प्रमुख समस्या बनेको देखिन्छ । कृषक तथा व्यवसायीहरूले कृषि उद्यम प्रवद्र्धनका लागि कर प्रणाली सरल, पारदर्शी र एकद्वार बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

The post दोहोरो कर प्रक्रियाले भोजपुरका कृषि फर्म खारेजीको क्रम बढ्दो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Explore by Source or Category