मेटलाइफ बन्यो विश्वको सबैभन्दा विश्वासिलो र ग्राहकले रुचाएको बीमा कम्पनी
काठमाडौं । मेटलाइफ लगातार सातौँ वर्ष फर्च्युन पत्रिकाको विश्वको सबैभन्दा विश्वासिलो र ग्राहकले रुचाएको बीमा कम्पनीहरुमध्ये एक घोषित भएको छ।
कम्पनीले सन् २०२६ को जीवन र स्वास्थ्य बीमा श्रेणीको सूचीमा शीर्ष स्थानमा हासिल गरेको छ। यो मान्यताले मेटलाइफको लामो समयदेखिको प्रतिष्ठा, निरन्तर प्रदर्शन र वित्तीय सेवा क्षेत्रमा नेतृत्वदायी स्थितिलाई प्रतिविम्बित गर्दछ।
‘लगभग १६० वर्षदेखि मेटलाइफले मानिसहरुलाई आत्मविश्वासका साथ अगाडि बढ्न मद्दत गर्दै आएको छ’, यस उपलब्धिका बारेमा मेटलाइफका अध्यक्ष तथा सीईओ मिसेल खलाफले भने, ‘यो मान्यताले मेटलाइफको व्यावसायिक क्षमता, यसका कर्मचारीको योगदान र विश्वभरका ग्राहक, सहकर्मी र समाजप्रतिको जिम्मेवारीहरुप्रतिको दृढ प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ।’
२५ वर्षभन्दा बढी समयदेखि फर्च्युन पत्रिकाले प्रसिद्ध अमेरिकी व्यवस्थापन परामर्शदाता कोर्न फेरीसँगको सहकार्यमा विभिन्न उद्योगमा सबैभन्दा प्रशंसित र विश्वासिला कम्पनीहरुको सूची संकलन गर्दै आएको छ। वित्तीय क्षेत्रका शीर्ष कार्यकारी, निर्देशक र सदस्यहरुले ९ सूचकका आधारमा कम्पनीहरुको मूल्यांकन गर्छन्। जसमा नवीन क्षमता, दीर्घकालीन लगानी मूल्य, वित्तीय शक्ति र दक्ष कार्यबललाई आकर्षित गर्ने र कायम राख्ने क्षमतालगायतका सूचक छन्। –एजेन्सी