npl.977 Nepal News Stream

#lifeinsurancecompany

Contents
Insurance Khabar logo Insurance Khabar

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

जयराम गौतम 12 hours ago

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने हो। जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँको कुल १२ प्रतिशतले हुन आउने ६२ करोड ३५ लाख ३९ हजार ३८५.६० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

 

Insurance Khabar logo Insurance Khabar

सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

जयराम गौतम 12 hours ago

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने हो। जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७.४६ रुपैयाँको कुल १३ प्रतिशतले हुन आउने ६५ करोड १५ लाख ५३ हजार २१३.६७ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

 

Insurance Khabar logo Insurance Khabar

एलआईसी नेपालको नयाँ बोनसदर घोषणा, बीमितलाई कुन योजनामा कति ?

जयराम गौतम 13 hours ago

काठमाडौं । एलआईसी नेपालले आर्थिक वर्ष २०८१।८२ को नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीको आर्थिक वर्ष २०८१।८२ को आर्थिक स्थितिको लेखाजोखा तथा दायित्व मूल्यांकनसम्बन्धी बीमांकीबाट तयार गरिएको बीमांकीय प्रतिवेदन बीमा प्राधिकरणको मंसिर २८ गतेको पत्रमार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सारिक हुने गरी जारी गरिएका बीमालेखहरुमा नयाँ बोनसदर घोषणा गरेको छ।

कम्पनीले जीवन आस्था (३४८) बीमालेखमा प्रतिहजार ८५ रुपैयाँ र जीवन आस्था (३४७) रुपैयाँमा ८० रुपैयाँमा बोनसदर निर्धारण गरेको छ। बाल उन्नति (३६३) बीमालेखमा कम्पनीले प्रतिहजार ८ देखि १४ वर्षसम्मको अवधिका लागि ५५ रुपैयाँ र १५ देखि २५ वर्षसम्मको अवधिका लागि ६० हजार रुपैयाँ बोनसदर कायम गरेको छ।

जीवन विद्या ३५२, जीवन साथी ३५७, जीवन श्री ३५३ योजना

यस योजनामा कम्पनीले प्रतिहजार न्यूनतम ५० रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनस दिने भएको छ। यस बीमा योजनामा प्रतिहजार ५ देखि ९ वर्ष अवधिका लागि ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ५१ रुपैयाँ र १५ वर्ष वा सोभन्दा माथि अवधिका लागि ५२ रुपैयाँ बोनस दिने घोषणा गरेको छ।

सावधिक (३३३)

यस योजनामा कम्पनीले प्रतिहजार न्यूनतम ४९ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनस दिने भएको छ। कम्पनीले यस बीमा योजनामा प्रतिहजार ५ देखि ९ वर्ष अवधिका लागि ४९ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ५० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ५१ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५५ रुपैयाँ, २५ देखि ३४ वर्षका लागि ६० रुपैयाँ र ४५ वा सोभन्दा माथि अवधिका लागि ६५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ।

जीवन आनन्द (३४२)

यस जीवन बीमा (३४२) योजनामा कम्पनीले प्रतिहजार ५० रुपैयाँदेखि ५५ रुपैयाँसम्म बोनस दिने भएको छ। यस बीमा योजनमा प्रतिहजार ५ देखि ९ वर्ष अवधिका लागि ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ५१ रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि ३ रुपैयाँ र २१ देखि २५ वर्ष अवधिका लागि ५५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ।

बाल सावाधिक (३४९) बीमा योजना

बाल सावाधिक (३४९) बीमा योजनामा कम्पनीले प्रतिहजार ५० रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनस दिने भएको छ। यस बीमा योजनमा प्रतिहजार १५ देखि १९ वर्ष अवधिका लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५३ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि प्रतिहजार ६३ रुपैयाँ र ३० देखि माथि अवधिका लागि प्रतिहजार ६४ रुपैयाँ बोनस दिने घोषणा गरेको छ।

धन वृष्टि (३५८)

यस योजनामा कम्पनीले प्रतिहजार १० वर्षे अवधिका लागि ५३ रुपैयाँ र १५ वर्षे अवधिका लागि ५६ रुपैयाँ बोनस दिने भएको छ।

धन फिर्ता (३३४, ३३५, ३३६, ३३७, ३३९, ३४३)

यस बीमा योजनामा कम्पनीले प्रतिहजार १५ वर्ष अवधिका लागि ५५ रुपैयाँ, २० वर्ष अवधिका लागि ५७ रुपैयाँ र २५ वर्ष अवधिका लागि ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ।

बाल ममता (३४०) र बाल स्नेह (३४१)

यस योजनामा कम्पनीले प्रतिहजार १५ वर्ष अवधिसम्मका लागि ५५ रुपैयाँ र १६ देखि २० वर्ष अवधिका लागि ५७ रुपैयाँ बोनसदर घोषणा गरेको छ।

जीवन तरंग (३४५)

यस योजनामा कम्पनीले प्रतिहजार १० वर्ष अवधिका लागि ५० रुपैयाँ, १५ वर्ष अवधिका लागि ५१ रुपैयाँ र २० वर्ष अवधिका लागि ५३ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ।

नयाँ जीवन तरंग (३६०)

यस योजनामा कम्पनीले प्रतिहजार १० वर्ष अवधिका लागि ५० रुपैयाँ, १५ वर्ष अवधिका लागि ५१ रुपैयाँ र २० वर्ष अवधिका लागि ५५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ।

जीवन बचत (३५९)

यस योजनामा कम्पनीले प्रतिहजार ५ देखि ९ वर्ष अवधिका लागि ४१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४७ रुपैयाँ र १५ देखि १९ वर्ष अवधिका लागि ५२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५५ रुपैयाँ र २५ देखि माथि अवधिका लागि ६० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ।

जीवन लाभ (३६१)

यस योजनामा कम्पनीले प्रतिहजार १० वर्ष अवधिका लागि ५१ रुपैयाँ, १५ वर्ष अवधिका लागि ५३ रुपैयाँ, २० वर्ष अवधिका लागि ५५ रुपैयाँ र २५ वर्ष अवधिका लागि प्रतिहजार ५७ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ।

लघु सावाधिक (३५४)

यस योजनामा कम्पनीले सबै अवधिका लागि ४१ रुपैयाँ बोनस दिने घोषणा गरेको छ।

बाल समृद्धि (३६२)

यस योजनामा कम्पनीले प्रतिहजार १५ वर्षसम्म अवधिका लागि ५५ रुपैयाँ र १६ देखि २० वर्ष अवधिका ५६ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ।

जीवन उत्साह (३६२)

यस योजनामा कम्पनीले प्रतिहजार १० देखि १५ वर्ष अवधिका लागि ५० रुपैयाँ, १६ देखि २४ वर्ष अवधिका ५२ रुपैयाँ र २५ देखि ३५ वर्ष अवधिका लागि ५३ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ।

थप लोयल्टीः जीवन सरल (३५०)

यस योजनामा कम्पनीले बीमाशुल्कअनुसार प्रतिहजार न्यूनतम २४५ रुपैयाँदेखि अधिकतममा ४०० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ।

Explore by Source or Category