राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
शहीद परिवारलाई सिंहदरबारको सन्देश: मन्त्री ‘हुन्छ’ भन्छन्, कर्मचारी भन्छन्– भएन
काठमाडौं । गत २३ भदौको बिहान सौरनको मुहारमा उत्साह देखेका परिवारका सदस्यले जेनजी आन्दोलनमा नजान सम्झाइरहेका थिए । अमेरिका बस्दै आएकी बहिनी र बुबा वसन्त किशोरले भिडियो कलबाटै चिन्ता व्यक्त गरिरहे । जवाफमा सौरनले भनेका थिए, ‘बहिनी यहाँ भएको भए तँ पनि जान्थिस्, चिन्ता लिनुपर्दैन केही हुँदैन ।’ त्यो बिहान आन्दोलनमा जाने सौरनको हठले जित्यो ।
अघिल्लो रात बचेको खाना तताएर खाए । दारी काटे र नुहाए । घरबाट निस्किँदै गर्दा साथमा चाउचाउ, चिप्स, पानी र रुमाल राखेकोे झोला भिरे । ‘मुलुकमा देखिएको भ्रष्टाचार र राजनीतिक विसंगतिविरुद्ध आह्वान हो, हामी बोल्नुपर्छ बुबा,’ घरबाट निस्कनसअघि सौरनले बुबालाई सम्झाउँदै भनेका थिए । अन्तरमुखी स्वभावका सौरन पहिलो पटक आन्दोलनमा सहभागी हुँदै थिए । यता, परिवारको चिन्ता चुलिँदै थियो ।
सामाजिक सञ्जालमा जेनजीले उठाएको मुद्दाले उनलाई छोएको थियो । राजनीतिप्रति कम चासो लिने उनले त्यो आन्दोलनलाई भने चासोका साथ लिएका थिए । उनले यसपटक दबाबमूलक प्रदर्शनमा सहभागी हुने अठोट गरेका थिए । काठमाडौं नगरपालिका–१६ वनस्थलीमा बस्ने सौरन किशोर श्रेष्ठ माइतीघरस्थित जेनजी प्रदर्शनमा सहभागी भएको केही समयसम्म पनि श्रीमती रोजिता श्रेष्ठसँग फोन सम्पर्कमा थिए ।
केही समयलगत्तै सम्पर्क टुट्यो । यता प्रदर्शनकारीमाथि सरकारको दमन र मृत्युको समाचारमा मृतकको संख्या बढ्न थाल्यो । तत्कालीन समयमा अमेरिकामा रहेका बुबा किशोरले समाचारबाट थाहा पाए, छोराले शहादत प्राप्त गरेछ । ‘सरकारको दमनबाट प्रदर्शनकारीको मृत्यु भएको समाचारबाटै थाहा पाएँ, त्यो घटनामा हाम्रो छोरा परेछ । तर श्रीमतीलाई भनिनँ, कसरी भन्न सकूँ,’ सौरनको ५ वर्षे छोरा श्रेयनलाई काखमा च्याप्दै उनले भने, ‘संसद् भवन अगाडिको एक नम्बरको गेटमै हुनुपर्छ । सुरुआत दमनमै छोरोमाथि गोली प्रहार भएको रहेछ । छातीको दायाँपट्टी दुई वटा गोली, हात र घाँटीमा छर्रा लागेको रहेछ ।’
नेपालमै रहेकी सौरनकी श्रीमती रोजिताले त्यसअघि नै खबर पाइसकेकी थिइन् । घाइते सौरनलाई उपचारका लागि निजामती कर्मचारी अस्पताल (सिभिल) हु ँदै केएमसी अस्पताल लगिएको थियो । सौरनले अचेत हुनुअघि श्रीमतीको नम्बरसम्म भन्न भ्याए । श्रीमानको खबरले विक्षिप्त उनी छोरो च्यापेर अस्पताल पुगेको केही समयमै अस्पतालले मृत घोषणा ग¥यो । वृद्ध आमाबुबाले छोरो गुमाए, ५ वर्ष े नाबालकले बुबा र रोजिताले जीवनसाथी । ३८ वर्षीय सौरन श्रेष्ठ पाँच वर्षको कोरिया बसाइपछि स्वदेशमा केही गर्न सकिन्छ भन्ने अपेक्षाले देश फिर्ता आएका थिए । तर केही समयसम्मको नेपाल बसाइँपछि उनले पुनः विदेशिने निर्णय गरेका थिए ।
यसपटक उनको रोजाइ क्यानडा थियो । ‘हामीलाई नै कुरेर बसिरहेको थियो । दसँैपछि हामी नेपाल फर्किन्छौँ भन्ने तयारीमा थियौँ । तर ऊ आफँैले दसैँ पनि मनाउन पाएन । हामीलाई धेरै पीडा भइरहेको छ,’ आमा, निरु श्रष्ठ भन्छिन् । सौरन बीबीएस पढ्दापढ्दै कोरिया गएका थिए । क्रिकेटमा रुचि राख्ने उनी अधिकांश समय परिवारसँग बिताउन मन पराउँथे । उनी घरको जेठो छोरा हुन । श्रेष्ठ दम्पतीको पहिलो सन्तान उनको बहिनी अमेरिकामा बस्दै आएकी छिन् । बागलुङ स्थायी ठेगाना भएका उनी र सपरिवार बनस्थली बस्दै आएका थिए ।
शहीद परिवार सिंहदरबार धाएको धाएकै
सौरनका बुबा किशोर अहिले हरेक दिनजसो सिंहदरबार धाउँछन् । सौरन र ऊ जस्तैले दिएको बलिदान खेर नजाओस् भन्नेमा उनी दृढ छन् । यस्तै विषयमा सरकारका मन्त्री प्रधानमन्त्रीलाई बेलाबेलामा झक्झकाइरहन्छन् । व्यवसाय गर्दै आएका उनी आफूसँगै अन्य शहीद परिवारको आवाज बोकेर सिंहदरबारभित्र मन्त्री र सचिवको कार्यकक्ष धाइरहेको बताउँछन् ।
शहीद परिवार र सरकारबीच भएको सम्झौता कार्यान्वयन नै उनीहरूको मुख्य माग हो । ‘मेरो घरमा प्रधानमन्त्री, सञ्चारमन्त्रीलगायत तत्कालीन मन्त्रीहरू आउनुभयो । तीन चार समूहका जेनजी नानीबाबु पनि आउनुभयो । सरकारले गर्छ ु भनेको छ । प्रधानमन्त्री सुशीला कार्कीले रुँदै छोराको शवमा फूल चढाउनुभयो,’ श्रेष्ठ भन्छन्, ‘तर सरकारको आश्वासनको बाबजुत कर्मचारीतन्त्र अझै अलमलमा देखिन्छन् । मन्त्रीहरू हुन्छ, हुन्छ भन्नुहुन्छ, कर्मचारीहरू भएन, भएन भन्छन् ।’
जेनजी प्रदर्शनमा शहीद भएका परिवारहरूले विभिन्न मागसहित कार्यान्वयनका लागि पहल गरिरहेका छन् । सरकारसँगको विश्वास र अपेक्षामा सिंहदरबार धाइरहेका उनी कर्मचारीतन्त्रबाट हतोत्साहित हुने गरेको गुनासो गर्छन् । ‘शहीदको बालबच्चालाई कक्षा १२ सम्म अध्ययनको व्यवस्था, परिवारलाई योग्यताअनुसारको रोजगारी, बुबा आमालाई जीवननिर्वाह भत्ता, स्वास्थ्य बिमा र यातायात, बै ंकलगायतमा सुविधा पाउनुपर्छ भन्ने माग राखेका छौँ,’ उनी भन्छन्, ‘संसद् भवन अगाडि शहीदहरूको शालिक बनाउनुपर्छ ।’
गृह मन्त्रालयअन्तर्गत सहसचिवको नेतृत्वमा बनेको संयन्त्रबाट पास भएर गएका विषय मन्त्रिपरिषद् मा जाने र सचिवले गर्ने प्रायः धेरै काम रोकिएको उनको अनुभव छ । ‘मन्त्रीहरूले हुन्छ भनेको काम सचिवबाट रोकिएको छ । कहिले के भएन भन्ने कहिले के, टिप्पणी उठदैन । संयन्त्रमा सहमति भयो तर कार्यान्वयन भएको छैन । पास गर्न सकिएको छैन । त्यही कारण हामी सिंहदरबार धाएको धाए छौँ, कहिले मन्त्री स्वयंले समय दिनुहुन्छ, कहिले के हुन्छ यसैगरी चलिरहेको छ ।’
The post शहीद परिवारलाई सिंहदरबारको सन्देश: मन्त्री ‘हुन्छ’ भन्छन्, कर्मचारी भन्छन्– भएन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....