सुत्र न्युज
|
1 hour ago
सुत्र न्युज
|
2 hours ago
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । केही दिनयता घटबढ भइरहेको सुनको मूल्य शुक्रबार स्थिर रहेको हो । अघिल्लो दिन बिहीबारकै मूल्यमा शुक्रबार सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य ३ लाख ४ हजार ७०० रुपैयाँमै कारोबार भइरहेको हो । बिहीबार ४ हजार ३०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ पुगेको थियो । सोही मूल्यमा शुक्रबार पनि कारोबार भएको हो ।
सुत्र न्युज
|
2 hours ago
सुत्र न्युज
|
2 hours ago
रामेछाप । सिन्धुलीको कमलामाई नगरपालिका–५ की ६० वर्षीया सिता कार्कीको धार्मिक आस्थासँग जोडिएको एक यात्रा दुःखद अन्त्यमा टुंगिएको छ। कार्की सप्ताह पुराण सुन्न घरबाट निस्किए पनि घर फर्किनन् । उनी बिहीबार ठूली भीरको जङ्गल क्षेत्रमा मृत अवस्थामा फेला परिन् । कार्की कमलामाई–६ रातामाटेस्थित रामेश्वर धाममा सञ्चालन भइरहेको सप्ताह पुराणमा सहभागी हुन घरबाट बिहान निस्किएकी थिइन्। साँझसम्म घर नफर्किएपछि परिवार र आफन्त चिन्तित बनेका थिए । त्यसपछि स्थानीयको सहयोगमा खोजतलास सुरु गरिएको थियो। खोजीका क्रममा उनलाई घरदेखि केही दूरीमा रहेको जङ्गलमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सुत्र न्युज
|
3 hours ago
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइने भएको छ । निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न सीमा नाका ७२ घण्टाका लागि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको हो । नेपालतर्फका कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका सुरक्षा प्रमुख तथा भारततर्फका किशनगञ्ज जिल्ला, अररिया जिल्ला र सुपौल जिल्लाका सुरक्षा अधिकारीबीच भएको संयुक्त बैठकले यस्तो सहमति गरेको हो । सहमति अनुसार फागुन १८ गते रातिदेखि फागुन २१ गते रातिसम्म सीमा नाका बन्द रहनेछ ।
सुत्र न्युज
|
3 hours ago
काठमाडाैं । इरानले रुससँग संयुक्त सैन्य अभ्यास सुरू गरेको छ। यो अभ्यास यस्तो समयमा गरिएको छ, जब अमेरिकी विमानवाहक पोत पश्चिम एसियातर्फ अघि बढिरहेको छ। इरानको आणविक कार्यक्रमबारे वार्ता असफल भए युद्ध हुन सक्ने संकेत दुवै पक्ष– अमेरिका र इरानले दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौताको आशा व्यक्त गरे पनि आणविक वार्ता वर्षौंदेखि ठप्प छ। इरानले भने अमेरिका र इजरायलका मागबारे छलफल गर्न अस्वीकार गरेको छ। अमेरिका र इजरायलको मागअनुसार इरानले आफ्नो क्षेप्यास्त्र कार्यक्रम घटाउनुपर्छ र सशस्त्र समूहहरूसँगको सम्बन्ध तोड्नुपर्छ। हालै भएका अप्रत्यक्ष वार्तामा खास प्रगति भएको छैन।
सुत्र न्युज
|
3 hours ago
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५७ पैसा र बिक्रीदर १७१ रुपैयाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।
सुत्र न्युज
|
19 hours ago
रौतहट । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले अब आफू सक्रिय चुनावी राजनीतिबाट बाहिरिने उद्घोष गरेका छन् । बिहीबार आफ्नो गृहजिल्ला रौतहटको गौरमा पत्रकारहरूसँग कुरा गर्दै उनले आगामी दिनमा कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने आफ्नो दृढ मनस्थिति रहेको बताएका हुन् । नेता नेपालले यो पटकको निर्वाचन नै आफ्नो लागि अन्तिम चुनावी मैदान भएको स्पष्ट पारेका छन् । उनले आफ्नो अन्तरात्माको आवाज सुन्दै अब चुनावी राजनीतिबाट विश्राम लिने निर्णयमा पुगेको बताए । चुनाव नलड्ने घोषणासँगै उनले आफ्नो भविष्यका रुचिका बारेमा पनि जानकारी दिएका छन् ।
सुत्र न्युज
|
19 hours ago
काठमाडौं । नेकपा (एमाले)का नेता रामवीर मानन्धर कांग्रेस प्रवेश गरेका छन्। बुधबार राष्ट्रियसभा गृहमा कांग्रेसको प्रतिज्ञापत्रबारे प्रश्नोत्तर कार्यक्रम भइरहँदा उनी कांग्रेस प्रवेश गरेका हुन्। उनलाई कांग्रेस सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गरेका थिए । एमालेबाट काठमाडौं–७ मा सांसद निर्वाचित भएर उनी राज्यमन्त्रीसमेत भएका थिए ।
सुत्र न्युज
|
20 hours ago
काठमाडौं । भारतमा क्रिकेट म्याच भइरहेका बेला मौरी टोक्दा अम्पायरको मृत्यु भएको छ भने खेलाडीहरू घाइते भएका छन् । बुधवार साँझ उत्तर प्रदेशस्थित उन्नाव जिल्लास्थित शुक्लागञ्ज क्षेत्रको सप्री मैदानमा क्रिकेट खेल चलिरहेका बेला मौरीले टोक्दा कानपुर क्रिकेट एसोसिएसनसँग आबद्ध ६३ वर्षीय अम्पायर माणिक गुप्ताको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मौरीको टोकाइबाट गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको र उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ । दोस्रो इनिङ्सअन्तर्गत ‘ड्रिंक्स ब्रेक’का क्रममा अम्पायरसहित खेलाडीमाथि मैदानमा प्रवेश गरेको मौरीको ठूलो झुन्डले आक्रमण गरेको थियो ।
सुत्र न्युज
|
20 hours ago
सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा बिहीबार (फागुन ७) गोली लागेर एक बालक घाइते भएका छन् । मलङ्गवा नगरपालिका–४ निवासी रामविश्वास रामका १५ वर्षीय छोरा आकाश राम गोली लागेर घाइते भएका हुन् । मलङ्गवा–४ स्थित ‘ढाकाबोर्डर’ भन्ने स्थानमा फेला परेको बेवारिसे पेस्तोल खेलाउने क्रममा बालकलाई गोली लागेको हो । उक्त घटनामा बालकको दाहिने हातको पञ्जामा गोली लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
सुत्र न्युज
|
20 hours ago
जुम्ला । जुम्लामा यात्रुवाहक जिप दुर्घटना भएको छ । बिहीबार जुम्लाबाट नाग्मातर्फ जाँदै गरेको जिप तातोपानी गाउँपालिका–६ धौलापानीमा दुर्घटनामा हुँदा ७ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको उद्धार कार्यमा खटिएको सशस्त्र प्रहरीले जनाएको छ । अनियन्त्रित जिप सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।
सुत्र न्युज
|
21 hours ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सबै दलहरु एक भएर रास्वपासँग भिड्न चुनौती दिएका छन् । बिहीबार सुर्खेतमा आयोजित ‘हामी आयौं’परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले कसको कति मान्छे आए भनेर रास्वासँग फोटो भिडाउने काम भएको भन्दै चुनावमा भिड नभई मतपत्र भिडाउने बताए । उनले भने, ‘यहाँ कसको कति मान्छे आए भनेर फोटो भिडाउँदै छन् । आएनन् हाम्रो मान्छे भयो तपाईकै मान्छे आए । चुनावमा मतपत्र भिडाउने हो । भिड भिडाउन हामीलाई जरुरी छैन । हामी निर्वाचनबाट भाग्य बदल्ने काममा लागेको छौं । त्यो विश्वास पनि जनताको हो ।
सुत्र न्युज
|
21 hours ago
काठमाडौं । रास्वपाले आसन्न निर्वाचनका लागि वाचापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । बुधबार सुर्खेतमा आयोजित कार्यक्रममार्फत रास्वपाले वाचापत्र सार्वजनिक गरेको हो । सार्वजनिक वाचापत्रमा सहकारीपीडितको रकम १०० दिनमै फिर्ता गर्ने उल्लेख छ । ‘आम नागरिकको पसिनाको कमाइ सुरक्षित गर्न सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताहरूको बचत खातामा फिर्ता गर्नेछौँ,’ वाचापत्रमा उल्लेख छ, ‘जसले सङ्कटग्रस्त संस्थाहरूका बचतकर्तालाई प्राथमिकताका आधारमा साना बचतकर्तादेखि सुरु गरी भुक्तानीको दिने व्यवस्था गर्नेछौँ।
सुत्र न्युज
|
21 hours ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले कर्णालीको समग्र विकास र सभ्यता संरक्षणका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । ‘हामी आयौं परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गर्दै उनले कर्णालीको विशेषता उल्लेख गर्दै देशको सबैभन्दा लामो नदी रहेको ठाउँ, सबैभन्दा ठूलो जिल्ला रहेको ठाउँ, सबैभन्दा ठूलो गाउँपालिका रहेको ठाउँ र सबैभन्दा गहिरो ताल रहेको क्षेत्र कर्णाली भएको बताए । उनले उक्त गहिराइलाई अहिलेसम्म कुनै पनि सरकार वा राजनीतिक दलले सही रूपमा बुझ्न नसकेको दाबी गर्दै त्यसलाई बुझ्ने पार्टी रास्वपा नै भएको उल्लेख गरे ।
सुत्र न्युज
|
22 hours ago
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल बनाउन चाहेको बताएका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ नामक कांग्रेसको प्रतिज्ञापत्र विस्तृत सार्वजनिक एवं सवाल जवाफ कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् । उनले भने, ‘कांग्रेसले यी कुरा गर्दै गर्दा भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन । जोसुकै जोस्, सभापति होस् कि कुनै पदमा भएका व्यक्तिले भ्रष्टाचार गरेको रहेछ भने उसलाई सार्वजनकि पदमा बस्ने अधिकार छैन ।’ उनले २०४७ साल यताका जुनसुकै पार्टीका नेताहरूमाथि भ्रष्टाचार छानबिन गर्ने बताए।
सुत्र न्युज
|
23 hours ago
सुत्र न्युज
|
23 hours ago
मोरङ । नेपाली कांग्रेसका नेता तथा मोरङ–६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शेखर कोइरालाले महेन्द्र मोरङ क्याम्पसको विज्ञान भवन आफ्नै पहलमा निर्माण भएको बताएका छन् । विराटनगर–१२ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले ५ करोड रुपैयाँ बजेट आफूले नै पहल गरेर ल्याएको र सोही बजेटबाट विज्ञान भवन निर्माण सम्पन्न भएको बताए। कार्यक्रममा बोल्दै कोइरालाले भने, ‘मोरङ कलेजभित्र छुट्टै विज्ञान क्याम्पस देख्नुभएको छ, त्यो कसले बनायो ? मैले पहल गरेर ५ करोड रुपैयाँको योजना ल्याएर बनाएको हुँ ।
सुत्र न्युज
|
23 hours ago
काठमाडौं । नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार आयोजित समारोहमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली– राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’ भन्ने मूल नारा समेटेर घोषणापत्र बनाएको छ ।
सुत्र न्युज
|
23 hours ago
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले फेब्रुअरी महिनालाई लक्षित गर्दै टाटा पन्च.इभीमा निकै आकर्षक योजना सार्वजनिक गरेको छ। कम्पनीले यस अवधिमा पन्च.इभी खरिद गर्ने ग्राहकहरूका लागि ७० प्रतिशत रिसेल ग्यारेन्टेडको विशेष सुविधा ल्याएको हो। यो योजना फेब्रुअरी महिनाभर टाटाको लोकप्रिय पन्च.इभी खरिदमा मात्र लागू हुनेछ। कम्पनीका अनुसार पन्च.इभी खरिद गरेपछि भविष्यमा त्यसको उचित मूल्य प्राप्त होस् भन्ने उद्देश्यले कम्पनीले यो उच्च रिसेल भ्यालुको सुनिश्चितता प्रदान गरेको हो। यो फेब्रुअरी महिनाभरि पन्च.