npl.977 Nepal News Stream

Sutra News logo Sutra News

भारतमा क्रिकेट म्याच भइरहँदा मौरीले टोकेर अम्पायरको ज्यान गयो, खेलाडीहरू घाइते

सुत्र न्युज 16 hours ago

काठमाडौं । भारतमा क्रिकेट म्याच भइरहेका बेला मौरी टोक्दा अम्पायरको मृत्यु भएको छ भने खेलाडीहरू घाइते भएका छन् ।

बुधवार साँझ उत्तर प्रदेशस्थित उन्नाव जिल्लास्थित शुक्लागञ्ज क्षेत्रको सप्री मैदानमा क्रिकेट खेल चलिरहेका बेला मौरीले टोक्दा कानपुर क्रिकेट एसोसिएसनसँग आबद्ध ६३ वर्षीय अम्पायर माणिक गुप्ताको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मौरीको टोकाइबाट गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको र उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ ।

दोस्रो इनिङ्सअन्तर्गत ‘ड्रिंक्स ब्रेक’का क्रममा अम्पायरसहित खेलाडीमाथि मैदानमा प्रवेश गरेको मौरीको ठूलो झुन्डले आक्रमण गरेको थियो । खेलाडीहरू पानी पिइरहेका बेला मौरीले टोक्न थालेको थियो । मौरीको टोकाइबाट १२ जना खेलाडी घाइते भएका छन् ।

Read more news from Sutra News

Explore by Source or Category