Sutra News
घटबढ भइरहेको सुनको मूल्य आज कति पुग्यो ?
सुत्र न्युज
|
4 hours ago
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । केही दिनयता घटबढ भइरहेको सुनको मूल्य शुक्रबार स्थिर रहेको हो ।
अघिल्लो दिन बिहीबारकै मूल्यमा शुक्रबार सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य ३ लाख ४ हजार ७०० रुपैयाँमै कारोबार भइरहेको हो ।
बिहीबार ४ हजार ३०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ पुगेको थियो । सोही मूल्यमा शुक्रबार पनि कारोबार भएको हो ।
यसैगरी, शुक्रबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ५ हजार ५० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य ५ हजार ६० रुपैयाँ थियो ।