Sutra News
यात्रुवाहक जिप अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खस्यो
सुत्र न्युज
|
22 hours ago
जुम्ला । जुम्लामा यात्रुवाहक जिप दुर्घटना भएको छ । बिहीबार जुम्लाबाट नाग्मातर्फ जाँदै गरेको जिप तातोपानी गाउँपालिका–६ धौलापानीमा दुर्घटनामा हुँदा ७ जना घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको उद्धार कार्यमा खटिएको सशस्त्र प्रहरीले जनाएको छ ।
अनियन्त्रित जिप सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।