Sutra News
सहकारीपीडितलाई १०० दिनमा बचत फिर्ता गर्ने रास्वपाको घोषणा, यस्तो छ वाचापत्र (पूर्णपाठ)
काठमाडौं । रास्वपाले आसन्न निर्वाचनका लागि वाचापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । बुधबार सुर्खेतमा आयोजित कार्यक्रममार्फत रास्वपाले वाचापत्र सार्वजनिक गरेको हो ।
सार्वजनिक वाचापत्रमा सहकारीपीडितको रकम १०० दिनमै फिर्ता गर्ने उल्लेख छ । ‘आम नागरिकको पसिनाको कमाइ सुरक्षित गर्न सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताहरूको बचत खातामा फिर्ता गर्नेछौँ,’ वाचापत्रमा उल्लेख छ, ‘जसले सङ्कटग्रस्त संस्थाहरूका बचतकर्तालाई प्राथमिकताका आधारमा साना बचतकर्तादेखि सुरु गरी भुक्तानीको दिने व्यवस्था गर्नेछौँ।’
सहकारी सञ्चालकलाई जेल हाल्ने पनि वाचा गरेको रास्वपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ, ‘हाम्रो उद्देश्य सञ्चालकहरूलाई जेल हाल्नु मात्र होइन, बरु बचतकर्ताको पैसा फिर्ता गराउनु हो। त्यसैले थुनेर होइन, सुनेर समाधान गर्ने नीति अनुरूप यदि कुनै सहकारी वित्तीय संस्थाका सञ्चालक वा व्यवस्थापन पक्ष बचतकर्ताको रकम फिर्ता गर्न तयार छन् र उनीहरूसँग भरपर्दो स्रोत एवं योजना छ भने, मिलापत्रका लागि कानुनी बाटो प्रशस्त गरिदिनेछौँ।’
साथै, रास्वपाले १० वर्षमा देशलाई मध्यम आएको भएको मुलुक बनाउने दाबी गरेको छ ।
यस्तो छ वाचापत्र