Sutra News
भक्तपुर–२ बाट राजीव कार्कीको उम्मेदवारी फिर्ता (पत्रसहित)
काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका आनन्द कार्की (राजीव)ले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आएको पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिपछि उनले उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वाचन आयोग तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र लेखेर उनले उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन् ।
उनको पत्र
मितिः २०८२/११/०६
निर्वाचन आयोग नेपाल तथा
मुख्य निर्वाचन अधिकृत ज्यू
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ भक्तपुर
विषयः उम्मेदवारी फिर्ता तथा निर्वाचन बहिष्कार सम्वन्धमा।
म श्री आनन्द कार्की (राजीव), प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २, भक्तपुरबाट स्वतन्त्र (निर्दलीय) उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गराएको व्यक्ति हूँ।
मेरो राजनीतिक एजेन्डा तथा आस्था राजा तथा राजसंस्था पुनःस्थापना रहेको सर्वविदित नै छ। विगत एक दशकभन्दा बढी समयदेखि म राजा तथा राजसंस्था पुनःस्थापनाको अभियानमा सक्रिय रूपमा संलग्न रहदै आएको छु।
हालै सार्बजनिक भएको राजाको सम्बोधनमा सहमतिय प्रक्रियाबाट अगाडि बसेर मात्र निर्वाचन गर्नुपर्ने मनसाय व्यक्त गरिएको हुँदा उक्त सम्बोधन्प्रति सम्मान जनाउँदै मैले आफ्नो उम्मेदवारी फिर्ता गर्ने तथा यस निर्वाचरलाई बहिष्कार गर्ने निर्णय गरेको व्यहोरा सम्बन्धित निकायलाई जानकारी गराउन यो निवेदन पेश गरेको छु।
अतः मेरो उम्मेदवारी फिर्ता सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बधाई दिनुहुन अनुरोध गर्दछु।
धन्यवाद !
आनन्द कार्की (राजीव)
स्वतन्त्र उम्मेदबार
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २, भक्तपुर
