मधेस प्रदेशको सभामुखमा यादव विजयी
इन्द्र कमल रोक्का
|
4 hours ago
काठमाडौं । मधेस प्रदेशसभाको सभामुखमा रामआशिष यादव विजयी भएका छन् । आज भएको निर्वाचनमा सत्तारुढ दलबाट उठेका जसपा नेपालका सांसद यादव विजयी भएका हुन् ।
नेकपा एमालेबाट त्रिलोकी प्रसाद चौधरी उठेका थिए । मधेश प्रदेशको बदलिँदो राजनीतिमा यसअघि एमालेका तर्फबाट सभामुख बनेका रामचन्द्र मण्डल पदमुक्त भएपछि नयाँ सभामुख चयनकाे प्रक्रिया अगाडि बढेको थियो ।