npl.977 Nepal News Stream

Saral patrika logo

Saral patrika

बयान दिन्नँ, बरु गोली खान तयार छु : ओली

Saral Patrika | 9 hours ago
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलन जाँचबुझ आयोगलाई कुनै पनि हालतमा बयान नदिने अडान लिएका छन्। आयोगले तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीसँग बयान लिने तयारी गरिरहेको चर्चाका बीच उनले आफू त्यसका लागि तयार नरहेको स्पष्ट पारेका हुन्।

अब देशको बागडोर युवाले सम्हाल्नुपर्छ: प्रधानमन्त्री कार्की

Saral Patrika | 11 hours ago
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छिन्। इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भएको भेटमा उनले चुनावको तयारीमा लाग्न आग्रह गरेकी हुन्। प्रधानमन्त्री कार्कीले यो सरकारको मुख्य लक्ष्य नै चुनाव गराउनु रहेको स्पष्ट पारिन्।

कृषि उपज र बीउबिजनको नयाँ मूल्य निर्धारण, कुनको मूल्य कति?

Saral Patrika | 11 hours ago
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न कृषि उपज, बीउबिजन तथा बाली वस्तुहरूको नयाँ बिक्री मूल्य स्वीकृत गरेको छ। मन्त्रालयले मंसिर २८ गते मन्त्रिस्तरीय निर्णय गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको हो। नयाँ दररेट अनुसार बीउबिजनतर्फ धान, मकै, गहुँ र दलहनको छुट्टाछुट्टै मूल्य निर्धारण गरिएको छ।

संसद् पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर

Saral Patrika | 11 hours ago
काठमाडौँ। विघटित प्रतिनिधिसभाका ६५ जना नेपाली कांग्रेसका सांसदले संसद् पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। पार्टीका शीर्ष नेताहरूले भने यसमा हस्ताक्षर गरेका छैनन्। प्रतिनिधिसभाकी निवर्तमान सचेतक सुशीला थिङका अनुसार शीर्ष तहबाहेकका ६५ सांसदले हस्ताक्षर गरेका हुन्। उनले आफूहरू ६५ जनाले हस्ताक्षर गरे पनि शीर्ष नेताहरूलाई हस्ताक्षर गर्न नभनिएको जानकारी दिइन्।

‘विद्यालय सुधारका लागि अभिभावक नै जाग्नुपर्छ’

Saral Patrika | 16 hours ago
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विद्यालय शिक्षामा व्याप्त बेथिति र राजनीति अन्त्यका लागि अभिभावकहरूलाई नै आन्दोलनमा उत्रिन आह्वान गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पुनले नेपालका धेरै विद्यालयहरूमा हुने राजनीतीकरण हटाउन अभिभावकको सक्रियता अनिवार्य रहेको बताएका हुन्।

‘विश्व ध्यान दिवस’ मनाइँदै

Saral Patrika | 20 hours ago
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ ‘विश्व ध्यान दिवस’ मनाइँदै छ। राष्ट्रसङ्घको महासभाले गत वर्ष डिसेम्बर २१ लाई आधिकारिक रूपमा यो दिवसको मान्यता दिएसँगै नेपालमा सरकारकै आयोजनामा दोस्रो पटक यो दिवस मनाउन लागिएको हो।

नोबेल मेडिकल कलेजको भवनबाट खसेर डाक्टरको मृत्यु

Saral Patrika | 20 hours ago
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना इन्टर्न डाक्टरको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका-९ घर भएका ३४ वर्षीय अमित यादव छन्। आइतबार बिहान करिब ६:३० बजे कलेजको मुख्य गेटतर्फको भवनको पाँचौ तलाबाट यादव भुइँमा खसेका थिए।

बिर्तामोडमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

Saral Patrika | 20 hours ago
विराटनगर। झापाको बिर्तामोड नगरपालिका-६ स्थित गिरीबन्धु टि स्टेट नजिक पूर्वपश्चिम राजमार्गमा आइतबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी दुई जना युवाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा भद्रपुर नगरपालिका वडा नं. ९ का २५ वर्षीय भुपाल अधिकारी र भद्रपुर नगरपालिका वडा नं. ७ का २५ वर्षीय शीर्षक सुवेदी छन्।

‘हिजो तिम्रो आज तिम्रो’ मा मुकेशको सशक्त अभिनय

Saral Patrika | 1 day ago
इलाम । नेपाली म्युजिक भिडियो क्षेत्रमा इलामे ठिटो मुकेश गुरुङको सक्रियता लोभलाग्दो देखिएको छ। पछिल्लो समय एकपछि अर्को गर्दै ‘ब्याक टु ब्याक’ म्युजिक भिडियोमार्फत दर्शकमाझ छाएका मुकेशको नयाँ प्रस्तुति “हिजो तिम्रो आज तिम्रो” सार्वजनिक भएको छ। प्रेम, समर्पण र समयको गतिसँगै बदलिने मानवीय सम्बन्धको कथा बुनिएको यस गीतले सार्वजनिक भएसँगै दर्शक-श्रोताको मन जित्न थालेको छ।

समय, संस्कार र सदाचारको द्वन्द्व

Saral Patrika | 1 day ago
हामी सानो छँदा आफ्ना अभिभावकप्रति मान-सम्मान राख्ने इच्छा गर्थ्यौं। उहाँहरूले अराए-खटाएका काम र सेवामा तल्लीन हुन्थ्यौं। तर, के गर्दा सम्मान हुन्छ र के गर्दा अपमान हुन्छ भन्ने पर्याप्त ज्ञान नभएकाले हामीलाई उचित विधि र प्रक्रियाको बोध थिएन। त्यस कालमा नजानेका कतिपय कुराहरू अहिले समयक्रमसँगै थाहा भइरहेका छन्।

बुद्धिको अभिमान कि आत्म-परिष्कार?

Saral Patrika | 1 day ago
ज्ञानले मानिसलाई सामर्थ्य त दिन्छ, तर यदि त्यसमा विनम्रता मिसिएन भने त्यो आत्म-विनाशको कारण बन्छ। आजको युगमा हामी सूचनाले भरिएका त छौँ, तर के हामीमा आत्म-परिष्कारको भोक बाँकी छ? आधुनिक युगमा सफलता सामान्यतया धन, पद, ख्याति र बाह्य उपलब्धिसँग जोडिन्छ। मानिसले आफ्नो जीवनलाई यश र कीर्तिमा मात्र नाप्न थालेको छ।

देवी बस्तीको त्यो घर

Saral Patrika | 1 day ago
भारत निर्वासनबाट फर्किएपछि बुवा नेपाल आउनुभयो। त्यसबेला देवी बस्तीमा दाइ खनुपुरुदे राम बाबुले दिनुभएको जग्गामा भाइ भरत बाबु (सी.के. प्रसाईं) ले यो घर बनाएर बस्नुभयो। देवी बस्तीको त्यो घर केवल एउटा आवास मात्र थिएन, त्यो समयको एउटा जीवित दस्तावेज थियो- जहाँ अभावले मानिसलाई कमजोर होइन, अझ दृढ बनाएको थियो।

रिहा भए रवि लामिछाने

Saral Patrika | 2 days ago
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नख्खु कारागारबाट रिहा भएका छन् । उच्च अदालत बुटवलको बिहीबारको आदेशपछि कागजी प्रक्रिया पूरा गरेर उनी शुक्रबार रिहा भएका हुन् ।

विश्व कप आयोजक तीन देशले वार्षिक क्यालेण्डरबाट हटाए सबै खेल प्रतियोगिता

Saral Patrika | 2 days ago
बर्लिन । आगामी वर्ष आयोजना हुन गैरहेको विश्व कप फुटबलका आयोजक राष्ट्रहरुले वर्षका अरु खेलकूद प्रतियोगिताहरु स्थगित गरेका छन् । वर्ष २०२६ मा हुने विश्व कप फुटबल प्रतियोगितालाई ऐतिहासिक बनाउन जुटेका मेक्सिको, क्यानडा र संयुक्त राज्य अमेरिकाले आफ्ना राष्ट्रिय खेलकुदहरु वार्षिक क्यालेन्डरबाट हटाएका हुन् ।

‘साहित्य भूषण’ ढुङ्गेलको स्मृतिमा प्रतिष्ठान, कृतिहरू पुन: प्रकाशन गरिने

Saral Patrika | 2 days ago
विराटनगर। विशिष्ट साहित्यकार, समाजसेवी तथा राजनीतिज्ञ स्व. मित्र देव ढुङ्गेल (साहित्य भूषण) को योगदानलाई चिरस्थायी बनाउन उनको नाममा ‘स्मृति प्रतिष्ठान’ गठन भएको छ। पारिवारिक भेलाले ढुङ्गेलकी पत्नी श्रीमती रेनु ढुङ्गेलको संरक्षकत्वमा ‘साहित्यकार, समाजसेवी तथा राजनीतिज्ञ मित्र देव ढुङ्गेल (साहित्य भूषण) स्मृति प्रतिष्ठान’ स्थापना गर्ने निर्णय गरेको हो।

अंशु गौतमको परिवारलाई पूर्वसचिव उपाध्यायद्वारा आर्थिक सहयोग

Saral Patrika | 2 days ago
विराटनगर। मोरङको लेटाङ नगरपालिका–२, फडानीकी १२ वर्षीया बालिका अंशु गौतमको बलात्कारपछि हत्या भएको घटनाले स्थानीय स्तब्ध छन्। अकल्पनीय घटनाले आहत बनेको पीडित परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर छ। यस्तो अवस्थामा मनकारी दाताहरूबाट सहयोग जुट्न थालेको छ।

संसद् पुनर्स्थापनामा कांग्रेस-एमाले : सांसदको हस्ताक्षरसहित अदालत जाने

Saral Patrika | 2 days ago
काठमाडौँ । संसद् विघटनको कदमविरुद्ध प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले अदालतमा ‘शक्ति प्रदर्शन’ गर्ने तयारी गरेका छन्। यसअघि छुट्टाछुट्टै रिट दायर गरेका दुवै दलले अब बहुमत सांसदको भौतिक हस्ताक्षरसहित सर्वोच्च अदालतमा ‘पूरक निवेदन’ दिने गृहकार्य सुरु गरेका हुन्।

समानुपातिकमा नयाँ नियम : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व

Saral Patrika | 2 days ago
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले अध्यादेश पारित गरी जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा भएको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न अध्यादेशमार्फत कानुनी प्रबन्ध गरिन लागेको हो ।

Explore news by Category