Saral Patrika
|
3 days ago
समय कहिल्यै रोकिँदैन। यसले हरेक क्षणलाई बगाउँदै लैजान्छ र हामीलाई नयाँ मोडहरूमा पुर्याउँछ। आज फेरि हामी त्यस्तै एक मोडमा उभिएका छौँ जहाँ एकातिर बितिसकेको वर्षलाई बिदाइ दिनुपर्छ भने अर्कोतिर नयाँ वर्षलाई हर्षका साथ स्वागत गर्नुपर्छ। पुरानो वर्ष केवल दिन र महिनाको समाप्ति मात्र होइन, यो हाम्रो जीवनका अनुभवहरूको संग्रह हो।
Saral Patrika
|
4 days ago
Saral Patrika
|
4 days ago
तस्करश्चपलो धृष्टः परद्रब्यरतः सदा । निन्द्यानि सर्वकर्माणि कुरुते रुद्रसंवत्सरः ।। वि.सं. २०८३ मा ‘रौद्र’ नामको संवत्सर रहनेछ। यसको फल यसप्रकार रहनेछ : दुराचारीहरूको जमघट हुने, निर्दयीहरूले सज्जनहरूका बारेमा नकारात्मक सोच राख्ने अनि सद्भाव र सहकार्यमा अग्रसर हुनेहरूलाई निस्तेज गराउने काम गर्नेछन्।
Saral Patrika
|
4 days ago
चुनाव लोकतन्त्रको सुन्दर पक्ष हो। चुनावमा जनताद्वारा अनुमोदित व्यक्ति तथा राजनीतिक दलले नेतृत्वदायी भूमिका निर्वाह गर्छन्। अनुमोदन कहिले सामान्य बहुमत, कहिले अल्पमत त कहिले स्पष्ट बहुमतको हुन्छ। विशेष परिस्थितिका कारण तीन वर्षमै आमनिर्वाचन हुनुपर्ने अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुईतिहाइ मत प्राप्त गर्यो।
Saral Patrika
|
4 days ago
काठमाडौँ। सर्वोच्च अदालतले मुलुकको सहकारी क्षेत्रमा देखिएको वर्तमान समस्यालाई ‘प्रणालीगत विफलता’ ठहर गर्दै पीडितको बचत फिर्ताका लागि सरकारका नाममा ८ बुँदे विशेष निर्देशनात्मक आदेश जारी गरेको छ ।
Saral Patrika
|
4 days ago
काठमाडौँ। भारतीय संगीत जगतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ । मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा दिउँसो उनको मृत्यु भएको हो । मुटु र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई शनिबार अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखिएको थियो ।
Saral Patrika
|
4 days ago
काठमाडौँ । सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेपछि शैक्षिक सत्रभित्र कोर्स पूरा गर्न कठिन हुने भन्दै बहस सुरु भएको छ । पेट्रोलियम इन्धनको संकट देखाउँदै चैत २२ को मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय र शिक्षण संस्थामा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको थियो ।
Saral Patrika
|
4 days ago
अमेरिका र इरानबीचको शान्ति वार्ता कुनै निष्कर्षमा नपुगी टुङ्गिएपछि क्षेत्रीय तनाव बढ्ने खतरा देखिएको छ । यसै सन्दर्भमा पाकिस्तानले दुवै राष्ट्रलाई युद्धविराम कायम राख्दै संवादको बाटो नछोड्न अपिल गरेको छ । पाकिस्तानका विदेशमन्त्री इशाक दारले आइतबार विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण समाधानका ढोकाहरू अझै बन्द नभएको उल्लेख गरे ।
Saral Patrika
|
5 days ago
विराटनगर । विराटनगरमा शनिबारदेखि सुरु भएको ३८ औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापा-११ विजयी भएको छ । विराटनगरस्थित शहीद रङ्गशालामा भएको रात्रिकालीन प्रतिस्पर्धामा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै झापा सेमिफाइनलमा प्रवेश गरेको हो । झापाको जितमा स्ट्राइकर फागुराम थारूले निर्णायक भूमिका निर्वाह गरे ।
Saral Patrika
|
5 days ago
काठमाडौँ । थुप्रै नेपाली गीतमा समेत स्वर दिएकी हिन्दी सिनेमाकी दिग्गज गायिका आशा भोसले बिरामी परेपछि अस्पताल भर्ना भएकी छिन्। शनिबार उनलाई हृदयघात भएको र मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको हल्ला चले पनि उनकी नातिनी जनाई भोसलेले ती खबरहरू गलत भएको स्पष्ट पारेकी छिन्।
Saral Patrika
|
5 days ago
आँखा कमजोर भयो चश्माको पावर बढ्यो तर पनि सन्तानको भविष्य सधैँ उज्यालो देखिरहेँ। बुबाको हातमा भएको छडी सजिलै देखिन्थ्यो – त्यहाँ ठेला पनि हुँदो रहेछ पछि थाहा भयो। मैले साइकल चाहियो भन्दाभन्दै नकिन्दिँदा मलाई हामी गरिब हौँ जस्तो लाग्थ्यो तर पछि थाहा भयो बुबा हुनु भनेकै संसारको ठूलो दौलत आफूसँग हुनु रहेछ।
Saral Patrika
|
5 days ago
Saral Patrika
|
5 days ago
काठमाडौँ। बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गरेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ भाडादर सार्वजनिक गरेको हो। नयाँ भाडादर अनुसार काठमाडौँ उपत्यकाभित्र र बाहिरका रुटहरूमा छुट्टाछुट्टै दर कायम गरिएको छ। काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक सवारीमा दूरीका आधारमा भाडा समायोजन गरिएको छ।
Saral Patrika
|
6 days ago
काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको बैठकले संसदीय समितिहरू गठन गरेसँगै कानुन निर्माणको प्रक्रियाले गति लिने अपेक्षा गरिएको छ। नयाँ जनादेशपछि बनेको संसद्ले आफ्नो कार्यभार सम्हालेलगत्तै विषयगत समितिहरू टुङ्गो लगाएको हो। समितिहरूले पूर्णता पाए पनि सभापति चयन हुन भने बाँकी छ, जसका लागि आगामी वैशाख ४ गते निर्वाचन हुने सभामुख डीपी अर्यालले जानकारी दिएका छन्।
Saral Patrika
|
6 days ago
सुनसरी । सुनसरीको कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार ७१० रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा सप्तरी तिलाठी कोइलारी-५ का ५८ वर्षीय रामलखन यादव र भारत सुपौलका ६५ वर्षीय प्रभु मुखिया रहेका छन्।
Saral Patrika
|
6 days ago
विराटनगर। विराटनगरको सहिद रंगशालामा आज शनिबारदेखि विराट गोल्डकप फुटबल प्रतियोगिताको ३८औँ संस्करण सुरु हुँदैछ। उद्घाटन खेलमा झापा-११ र विभागीय टोली त्रिभुवन आर्मी क्लब आमनेसामने हुनेछन्। फ्लडलाइट मुनि साँझ ६ बजेदेखि सुरु हुने यो खेलले ११ वर्षअघिको फाइनल भिडन्तको सम्झना ताजा गराउनेछ। २०७१ को फाइनलमा झापा-११ ले आर्मीलाई हराउँदै उपाधि जितेको थियो।
Saral Patrika
|
6 days ago
समालोचक प्रमोद प्रधानद्वारा लिखित ‘नेपाली हास्यव्यङ्ग्यमा रामकुमार पाँडे र पाँडे पुराण’ कृतिका बारेमा केही लेख्ने जमर्को गर्दैछु। यो टिप्पणी प्रस्तुत कृतिको समग्र समीक्षा नभएर एकसरो पढाइको संक्षिप्त पाठकीय दृष्टिकोण मात्र हो। पाँडेका कृतिका समग्र पक्षलाई समालोचकले निकै गम्भीर ढङ्गले विश्लेषण गरेका छन्।
Saral Patrika
|
6 days ago
मध्यरातमा मेरी आमाले मलाई झक्झकाएर उठाउनुभयो। “उठ अपु, छिटो उठ। तिम्रा बुबा आउनुभयो।” म जुरुक्क उठेँ, मेरो मुटु धड्किरहेको थियो। मैले उहाँलाई धेरै समयदेखि देखेको थिइनँ। “बुबा आउनुभयो? खै त उहाँ कहाँ हुनुहुन्छ?” मैले आँखा मिच्दै सोधेँ। बत्ती अझै बालिएको थिएन। बुबा भर्खरै ढाकाबाट आउनुभएको थियो र बाहिरबाट बोलाइरहनुभएको थियो। “अपु, तिमी कहाँ छौ?
Saral Patrika
|
6 days ago
काठमाडौं। औषधिको मूल्य निर्धारणमा सेटिङ र अनियमितता भएको उजुरी परेपछि सरकारले औषधि व्यवस्था विभागका महानिर्देशकमाथि छानबिन थालेको छ। बजारमा औषधिको मूल्य अस्वाभाविक रूपमा बढेर नागरिक मारमा परेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो। समितिमा कानुन शाखा प्रमुख गोपीकृष्ण रेग्मी र विज्ञ कविन मलेकु सदस्य छन्।
Saral Patrika
|
6 days ago
काठमाडौँ । प्रतिनिधिसभाको आज शुक्रबारको बैठकले विभिन्न संसदीय समितिहरू गठन गरेको छ। नयाँ जनादेशसँगै बनेको संसद्ले आफ्नो कार्यभार सम्हालेपछि कानुन निर्माणको प्रक्रियालाई गति दिन समितिहरू बनाएको हो । समिति संयोजक चयन गर्न भने बाँकी छ। विशेषगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले अबको केही समयभित्रै महत्त्वपूर्ण संघीय ऐनहरू निर्माणको नेतृत्व गर्नुपर्ने देखिएको छ ।