npl.977 Nepal News Stream

Saral patrika logo Saral patrika

सुनसरीमा स्रोत नखुलेको साढे ६ लाखसहित दुई जना पक्राउ

Saral Patrika 6 days ago

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार ७१० रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा सप्तरी तिलाठी कोइलारी-५ का ५८ वर्षीय रामलखन यादव र भारत सुपौलका ६५ वर्षीय प्रभु मुखिया रहेका छन्।

भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई शंका लागेर जाँच गर्दा उक्त परिमाणको रकम फेला परेको हो।

शुक्रबार नियन्त्रणमा लिइएका उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read more news from Saral patrika

Explore by Source or Category