बन्यो संसदीय शिक्षा समिति, के होला विद्यालय शिक्षा विधेयक ?
काठमाडौँ । प्रतिनिधिसभाको आज शुक्रबारको बैठकले विभिन्न संसदीय समितिहरू गठन गरेको छ। नयाँ जनादेशसँगै बनेको संसद्ले आफ्नो कार्यभार सम्हालेपछि कानुन निर्माणको प्रक्रियालाई गति दिन समितिहरू बनाएको हो । समिति संयोजक चयन गर्न भने बाँकी छ। विशेषगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले अबको केही समयभित्रै महत्त्वपूर्ण संघीय ऐनहरू निर्माणको नेतृत्व गर्नुपर्ने देखिएको छ ।
संविधान जारी भएको एक दशक बितिसक्दा पनि शिक्षा, प्रशासन र सुरक्षा जस्ता संवेदनशील क्षेत्रमा संघीय ऐन बन्न नसक्दा मुलुकको संघीय संरचना नै अन्योलमा परेको छ । यस्तो अवस्थामा नवनिर्मित संसद् र यस मातहतको शिक्षा समिति सामु विद्यालय शिक्षा विधेयकलाई निष्कर्षमा पुर्याउने पहल गर्नुपर्ने जिम्मेवारी पनि छ ।
विघटित प्रतिनिधिसभामा २०८० भदौ २७ गते दर्ता भएको ‘विद्यालय शिक्षा विधेयक’ संसदीय समितिमा व्यापक छलफल भएर २०८२ भदौ ६ गते प्रतिनिधिसभामा पेस भएको थियो । तर, सदन विघटनका कारण सो प्रक्रिया निष्कर्षमा पुग्न सकेको थिएन । अब यो महत्त्वकाङ्क्षी विधेयक साबिक अवस्थामै पारितको प्रक्रियामा जान्छ कि परिमार्जन हुन्छ भन्ने चासो पनि बढेको छ ।
अघिल्लो पटक समितिमा भएको बहसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शिक्षा विधेयकमा केही फरक मत राखेको थियो । जसमा बाल विकास केन्द्रमा कार्यरतलाई औपचारिक रूपमा ‘शिक्षक-शिक्षिका’ मान्नुपर्ने, निजी विद्यालयले लिने अतिरिक्त शुल्क नियन्त्रण गर्न छात्रवृत्तिको स्पष्ट परिभाषा हुनुपर्ने र महिला शिक्षकको प्रजनन स्वास्थ्य तथा अन्य समस्याका लागि बिदा र सरुवामा विशेष प्राथमिकता दिनुपर्ने मागहरू थिए ।
संविधानको धारा ३१ ले ग्यारेन्टी गरेको निःशुल्क र अनिवार्य शिक्षाको हकलाई व्यवहारमा उतार्न ऐन र नियमावली निर्णायक हुने देखिन्छ । कानुन मन्त्री सोबिता गौतमले कानुन निर्माणलाई द्रुत गतिमा अगाडि बढाउन निर्देशन दिइसकेकी छन् भने संसद् अब बिचौलियाको दबाबमा नपर्ने प्रतिबद्धता राजनीतिक नेतृत्वबाट आएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरू
अचुत्तम लामिछाने, ओजश्वी शेरचन, कामिनी कुमारी, कुशुम महर्जन, खुसबु सरकार श्रेष्ठ, गणेश पौडेल, गुरु प्रसाद बराल, चन्द्रमोहन यादव, जगत प्रसाद जोशी, जगदिश खरेल–ललितपुर, झवि लाल डुम्रे, तोसीमा कार्की, पुकार बम, प्रभा ढकाल, प्रमिला कुमारी गच्छदार, भीम कुमारी बुढा मगर, महावीर पुन, रबिन महतो, रमेश कुमार मल्ल, रहवर अंसारी, राजन गौतम, राधिका रम्तेल, रिगला यादव, डा. लेखजंग थापा, विष्णु बहादुर खड्का, शम्भु कुमार यादव र सीता थपलिया ।
अर्थ समिति
कृष्ण कुमार कार्की, कृष्ण हरी बुढाथोकी, खडक वहादुर वुढा, खङ्ग शाही, जगदीश खरेल–दोलखा, तारा प्रसाद जोशी, देवराज पाठक, ध्रुवराज राई, नरेन्द्र कुमार केरुङ, नितिमा भण्डारी (कार्की), परशुराम तामाङ्ग, पारश मणि गेलाल, पुष्पराज कडेल, पुष्पा कुमारी चौधरी, बिधुषी राणा, भरत गिरी, भरत प्रसाद पराजुली, राजेश कुमार चौधरी, रामबहादुर थापा मगर, लिमा अधिकारी (आचार्य), विक्रम खनाल, सरिता महतो, सागर भुसाल, सुशान्त वैदिक, सुशील खड्का र सुशीला ढकाल आचार्य ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति
अनुष्का श्रेष्ठ, अभिषेक प्रताप शाह, अम्बिका देवी संग्रौला, अर्जुन कुमार कार्की, उज्ज्वल कुमार झा, अंकिता ठाकुर, गणेश बहादुर विश्वकर्मा, गंगा छन्त्याल, तौफिक अहमद खान, दिपक राज बोहरा, धनन्जय रेग्मी, प्रमेश कुमार हमाल, प्रशान्त उप्रेती, बब्लु गुप्ता, बिना गुरुङ्ग, भुमिका लिम्बु सुब्बा, मिङमा ग्याबु शेर्पा, रेनुका काउचा, रुक्मिणी देवी कोइराला, शिव शंकर यादव, श्रीधर पोखेल, सन्तोष राजवंशी, सन्दीप राना, सुम्निमा उदास, सुरेन्द्र चौधरी र हरी प्रसाद भुसाल ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
अमर कान्त चौधरी, अरबिन्द साह, आनन्द बहादुर चन्द, एलिजा गुरुङ, कालि बहादुर सहकारी, कृपाराम राना, गंगादेवी श्रेष्ठ, चन्दन कुमार सिंह, टेक बहादुर गुरुङ, टेक बहादुर शाक्य, निराशा चौधरी डगौरा, प्रकाश पाठक, प्रकाश सिंह कार्की, प्रभा कार्की, बदन कुमार भण्डारी, बुद्धि प्रसाद पन्त, मनिष झा, मातृका प्रसाद यादव, रन्जु न्यौपाने, लाल बिक्रम थापा, सिर्जना श्रेष्ठ, सूर्य बहादुर तामाङ्ग, सोम शर्मा, हरिना देवी कामी, हरि मोहन भण्डारी र क्षितिज थेबे ।
कानून, न्याय तथा मानवअधिकार समिति
कन्हैया बनिया, खिमा बि.क., गीता गुरुङ, नरेन्द्र साह कलवार, नीनु कुमारी कर्ण, प्रकाश चन्द्र परियार, बलावती शर्मा, भुमिका श्रेष्ठ, मदन कृष्ण श्रेष्ठ, मधु कुमार चौलागाई, मनमाया बि.क., मनिष खनाल, मोहन लाल आचार्य, यज्ञमणि न्यौपाने, रचना खतिवडा खत्री, राम विनोद यादव, समिक्षा बास्कोटा, सरस्वती लामा, साजिदा खातुन सिद्धिकी, सुलभ खरेल, सुशील कुमार कानु, सुष्मा स्वर्णकार, सुहाङ नेम्बाङ र स्मृति सेन्चुरी ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति
अशोक कुमार चौधरी, आसिका तामाङ, उत्तम प्रसाद पौडेल, के पी खनाल, कोमल ज्ञवाली, खगेन्द्र कर्ण, गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, चन्देश्वर मण्डल, जनक सिंह धामी, जोग कुमार बरबरिया यादव, ताहिर अली भाट, पूनम कुमारी अग्रवाल, प्रमोद कुमार महतो, प्रेम बहादुर बयक, बसुमाया तामाङ, माधव बहादुर थापा, राजीव खत्री, लक्ष्मी प्रसाद पोखरेल, शम्भु प्रसाद ढकाल, सन्तोष सुब्वा, समिना मिया, सागर ढकाल, सुजाता तामाङ, सुरेश कुमार चौधरी र ज्ञानेन्द्र सिंह महता ।
पूर्वाधार विकास समिति
आशा झा, आशिष गजुरेल, गोपाल शर्मा, जय पती रोकाया, तपेश्वर यादव, दीपक कुमार साह-सुनसरी, धनेन्द्र कार्की, धन बहादुर बुढा, धर्म राज के।सी, निशा डाँगी, नीता घतानी, पूर्ण प्रसाद लिम्बु, प्रकाश गौतम, प्रदिप विष्ट, बासना थापा, भरत कुमार स्वार, मञ्जु भुषाल, मो. फिरदोश आलम, यशोधा कुमारी, राज किशोर महतो, राजु नाथ पाण्डे, राजेन्द्र कुमार राई, रामाकान्त प्रसाद चौरसीया, वोध नारायण श्रेष्ठ, श्रीराम न्यौपाने, सुनिल केसी र सृष्टी भट्टराई ।
महिला तथा सामाजिक मामिला समिति
आकृति अवस्थी, एशुदा कुमारी बराल, कुल भक्त शाक्य, खेम राज कोइराला, टीका संग्रौला, टुकाभद्रा हमाल, ठाकुर सिंह थारु, तारा विश्वकर्मा, दिपक कुमार साह–महोत्तरी, नरेन्द्र कुमार गुप्ता, पबित्रा बि. क., पार्वती विक, प्रमिला कुलूजु, रजनी श्रेष्ठ, रत्ना कुमारी थापा, रीना उप्रेती, रीमा बिश्वकर्मा, ललिता कुमारी, शाहजान खातुन, शोभा खनाल, सुनिता कुमारी चौधरी र ज्ञानु पौड्याल ।
राज्यव्यवस्था तथा सुशासन समिति
अफ्साना बानु, अमरेश कुमार सिह, अर्जुननरसिंह के.सी., कमल सुबेदी, करिस्मा कठरिया, कविन्द्र बुर्लाकोटी, गजाला शमीम मिकरानी, गणेश कार्की, निश्कल राई, पदमा कुमारी अर्याल, पुरुषोत्तम शुप्रभात यादव, पुष्प कमल दाहाल प्रचण्ड, विश्व राज पोखरेल, भीष्मराज आङ्देम्बे, मोहम्मद इश्तियाक राई, युवराज दुलाल, रमेश प्रसाई, रवि लामिछाने, रविन्द्र पटेल, राम लामा, रुबिना आचार्य, रेखा कुमारी यादव, विष्णुमाया बि. क., श्रद्धा कुवर क्षेत्री, हरि ढकाल, हर्क राज राई र ज्ञान बहादुर शाही ।
सार्वजनिक लेखा समिति
अमृता बि.क., आरेन राई, इन्दिरा राना मगर, ऐन बहादुर महर, कृपा महर्जन, क्रान्तिशिखा धिताल, खगेन्द्र सुनार, खुश्बु ओली, गणेश धिमाल, गणेश पराजुली, गणेश सिंह ठगुन्ना, गोविन्द पन्थी, जनक राज गिरी, प्रेम लाल चौधरी, बर्षमान पुन, बुद्ध रत्न महर्जन, भरत बहादुर खड्का, महेन्द्र बहादुर शाही, मोहन आचार्य, यज्ञ बहादुर बोगटी, योगेश गौचन थकाली, रमेश कुमार सापकोटा, रुकेश रन्जित, विक्रम थापा, विपिन कुमार आचार्य र सिताराम साह ।