npl.977 Nepal News Stream

Saral patrika logo Saral patrika

फिक्कल खानेपानी: राजन प्रधानको नेतृत्वमा नयाँ टिम

Saral Patrika 5 days ago

इलाम । सूर्योदय नगरपालिकास्थित फिक्कल खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा नयाँ नेतृत्वको टिम निर्वाचित भएको छ। कार्यसमिति चयनका लागि भएको निर्वाचनबाट संस्थाको अध्यक्ष पदमा राजन प्रधान २८० मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार उपाध्यक्ष पदमा अभिषेक पौडेल २३७ मतका साथ विजयी भएका छन् । त्यसैगरी सचिव पदमा प्रकाश घिमिरेले १८० मत प्राप्त गरी जित हासिल गरेका छन् भने कोषाध्यक्ष पदमा साधना फागो निर्विरोध निर्वाचित भएकी छन् ।

कार्यसमितिको महिला सदस्य पदमा देउ कुमारी कट्टेल २८४ मत र शारदा मुखिया १६५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

यस्तै, खुल्ला सदस्यतर्फ पाँच जना निर्वाचित भएका छन् । जसमा अर्जुन कुमार सुवेदीले २२६ मत, डम्बर बहादुर प्रधानले १८७ मत, महेश प्रधानले १४३ मत, भोगिन्द्र बहादुर कार्कीले १४० मत र सुवास भट्टराईले १३९ मत प्राप्त गरेर विजय हासिल गरेका छन् ।

नयाँ नेतृत्व चयनसँगै फिक्कल क्षेत्रको खानेपानी व्यवस्थापन र सरसफाइका क्षेत्रमा थप सुधार हुने उपभोक्ताहरूले अपेक्षा गरेका छन् ।

Read more news from Saral patrika

Explore by Source or Category