Saral Patrika
|
1 hour ago
ढोका बन्द गरिएको ताला लगाइएको हाम्रो समाज अबोला अशिक्षित अव्यवस्थित समाज कसरी भो यो दुर्दशा…? काँटा कोदाली लमतन्न परेर एउटै विचारमा ढुंगासितै चोट खाँदै पिरहरू सहँदै अझैं पनि चुपचाप, अचल ती, फरुवा बेल्चा हम्बर, मार्तोल शब्दहरू छैन अदृश्य, संकीर्ण बाँच्ने आधारहरुमा यसरी अघि बढ्दै बाँचिरहेछ हाम्रो समाज । किन छैन प्रतिवादहरू…? किन छैन आवाजहरू…?
Saral Patrika
|
20 hours ago
काठमाडौं । अष्ट्रेलिया, न्यूजिल्याण्ड लगायत प्यासिफिक क्षेत्रमा रहेका नेपालीहरूलाई अनौपचारिक माध्यम (हुण्डी) बाट रकम ओसारपसार नगर्न नेपाली राजदूतावास क्यानबेराले आग्रह गरेको छ । दूतावासले सोमबार सूचना जारी गर्दै हुण्डी कारोबार असुरक्षित, गैरकानूनी र राष्ट्रहित विपरीत हुने स्पष्ट पारेको हो । सूचनामा हुण्डी कारोबारमा संलग्न व्यक्तिहरूको विवरण संकलन गर्ने कार्य भइरहेको उल्लेख छ ।
Saral Patrika
|
1 day ago
Saral Patrika
|
1 day ago
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलन जाँचबुझ आयोगलाई कुनै पनि हालतमा बयान नदिने अडान लिएका छन्। आयोगले तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीसँग बयान लिने तयारी गरिरहेको चर्चाका बीच उनले आफू त्यसका लागि तयार नरहेको स्पष्ट पारेका हुन्।
Saral Patrika
|
1 day ago
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छिन्। इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भएको भेटमा उनले चुनावको तयारीमा लाग्न आग्रह गरेकी हुन्। प्रधानमन्त्री कार्कीले यो सरकारको मुख्य लक्ष्य नै चुनाव गराउनु रहेको स्पष्ट पारिन्।
Saral Patrika
|
1 day ago
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न कृषि उपज, बीउबिजन तथा बाली वस्तुहरूको नयाँ बिक्री मूल्य स्वीकृत गरेको छ। मन्त्रालयले मंसिर २८ गते मन्त्रिस्तरीय निर्णय गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको हो। नयाँ दररेट अनुसार बीउबिजनतर्फ धान, मकै, गहुँ र दलहनको छुट्टाछुट्टै मूल्य निर्धारण गरिएको छ।
Saral Patrika
|
1 day ago
काठमाडौँ। विघटित प्रतिनिधिसभाका ६५ जना नेपाली कांग्रेसका सांसदले संसद् पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। पार्टीका शीर्ष नेताहरूले भने यसमा हस्ताक्षर गरेका छैनन्। प्रतिनिधिसभाकी निवर्तमान सचेतक सुशीला थिङका अनुसार शीर्ष तहबाहेकका ६५ सांसदले हस्ताक्षर गरेका हुन्। उनले आफूहरू ६५ जनाले हस्ताक्षर गरे पनि शीर्ष नेताहरूलाई हस्ताक्षर गर्न नभनिएको जानकारी दिइन्।
Saral Patrika
|
1 day ago
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विद्यालय शिक्षामा व्याप्त बेथिति र राजनीति अन्त्यका लागि अभिभावकहरूलाई नै आन्दोलनमा उत्रिन आह्वान गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पुनले नेपालका धेरै विद्यालयहरूमा हुने राजनीतीकरण हटाउन अभिभावकको सक्रियता अनिवार्य रहेको बताएका हुन्।
Saral Patrika
|
1 day ago
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ ‘विश्व ध्यान दिवस’ मनाइँदै छ। राष्ट्रसङ्घको महासभाले गत वर्ष डिसेम्बर २१ लाई आधिकारिक रूपमा यो दिवसको मान्यता दिएसँगै नेपालमा सरकारकै आयोजनामा दोस्रो पटक यो दिवस मनाउन लागिएको हो।
Saral Patrika
|
1 day ago
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना इन्टर्न डाक्टरको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका-९ घर भएका ३४ वर्षीय अमित यादव छन्। आइतबार बिहान करिब ६:३० बजे कलेजको मुख्य गेटतर्फको भवनको पाँचौ तलाबाट यादव भुइँमा खसेका थिए।
Saral Patrika
|
1 day ago
विराटनगर। झापाको बिर्तामोड नगरपालिका-६ स्थित गिरीबन्धु टि स्टेट नजिक पूर्वपश्चिम राजमार्गमा आइतबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी दुई जना युवाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा भद्रपुर नगरपालिका वडा नं. ९ का २५ वर्षीय भुपाल अधिकारी र भद्रपुर नगरपालिका वडा नं. ७ का २५ वर्षीय शीर्षक सुवेदी छन्।
Saral Patrika
|
2 days ago
इलाम । नेपाली म्युजिक भिडियो क्षेत्रमा इलामे ठिटो मुकेश गुरुङको सक्रियता लोभलाग्दो देखिएको छ। पछिल्लो समय एकपछि अर्को गर्दै ‘ब्याक टु ब्याक’ म्युजिक भिडियोमार्फत दर्शकमाझ छाएका मुकेशको नयाँ प्रस्तुति “हिजो तिम्रो आज तिम्रो” सार्वजनिक भएको छ। प्रेम, समर्पण र समयको गतिसँगै बदलिने मानवीय सम्बन्धको कथा बुनिएको यस गीतले सार्वजनिक भएसँगै दर्शक-श्रोताको मन जित्न थालेको छ।
Saral Patrika
|
2 days ago
हामी सानो छँदा आफ्ना अभिभावकप्रति मान-सम्मान राख्ने इच्छा गर्थ्यौं। उहाँहरूले अराए-खटाएका काम र सेवामा तल्लीन हुन्थ्यौं। तर, के गर्दा सम्मान हुन्छ र के गर्दा अपमान हुन्छ भन्ने पर्याप्त ज्ञान नभएकाले हामीलाई उचित विधि र प्रक्रियाको बोध थिएन। त्यस कालमा नजानेका कतिपय कुराहरू अहिले समयक्रमसँगै थाहा भइरहेका छन्।
Saral Patrika
|
2 days ago
ज्ञानले मानिसलाई सामर्थ्य त दिन्छ, तर यदि त्यसमा विनम्रता मिसिएन भने त्यो आत्म-विनाशको कारण बन्छ। आजको युगमा हामी सूचनाले भरिएका त छौँ, तर के हामीमा आत्म-परिष्कारको भोक बाँकी छ? आधुनिक युगमा सफलता सामान्यतया धन, पद, ख्याति र बाह्य उपलब्धिसँग जोडिन्छ। मानिसले आफ्नो जीवनलाई यश र कीर्तिमा मात्र नाप्न थालेको छ।
Saral Patrika
|
3 days ago
भारत निर्वासनबाट फर्किएपछि बुवा नेपाल आउनुभयो। त्यसबेला देवी बस्तीमा दाइ खनुपुरुदे राम बाबुले दिनुभएको जग्गामा भाइ भरत बाबु (सी.के. प्रसाईं) ले यो घर बनाएर बस्नुभयो। देवी बस्तीको त्यो घर केवल एउटा आवास मात्र थिएन, त्यो समयको एउटा जीवित दस्तावेज थियो- जहाँ अभावले मानिसलाई कमजोर होइन, अझ दृढ बनाएको थियो।
Saral Patrika
|
3 days ago
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नख्खु कारागारबाट रिहा भएका छन् । उच्च अदालत बुटवलको बिहीबारको आदेशपछि कागजी प्रक्रिया पूरा गरेर उनी शुक्रबार रिहा भएका हुन् ।
Saral Patrika
|
3 days ago
बर्लिन । आगामी वर्ष आयोजना हुन गैरहेको विश्व कप फुटबलका आयोजक राष्ट्रहरुले वर्षका अरु खेलकूद प्रतियोगिताहरु स्थगित गरेका छन् । वर्ष २०२६ मा हुने विश्व कप फुटबल प्रतियोगितालाई ऐतिहासिक बनाउन जुटेका मेक्सिको, क्यानडा र संयुक्त राज्य अमेरिकाले आफ्ना राष्ट्रिय खेलकुदहरु वार्षिक क्यालेन्डरबाट हटाएका हुन् ।
Saral Patrika
|
3 days ago
विराटनगर। विशिष्ट साहित्यकार, समाजसेवी तथा राजनीतिज्ञ स्व. मित्र देव ढुङ्गेल (साहित्य भूषण) को योगदानलाई चिरस्थायी बनाउन उनको नाममा ‘स्मृति प्रतिष्ठान’ गठन भएको छ। पारिवारिक भेलाले ढुङ्गेलकी पत्नी श्रीमती रेनु ढुङ्गेलको संरक्षकत्वमा ‘साहित्यकार, समाजसेवी तथा राजनीतिज्ञ मित्र देव ढुङ्गेल (साहित्य भूषण) स्मृति प्रतिष्ठान’ स्थापना गर्ने निर्णय गरेको हो।
Saral Patrika
|
3 days ago
Saral Patrika
|
4 days ago
विराटनगर। मोरङको लेटाङ नगरपालिका–२, फडानीकी १२ वर्षीया बालिका अंशु गौतमको बलात्कारपछि हत्या भएको घटनाले स्थानीय स्तब्ध छन्। अकल्पनीय घटनाले आहत बनेको पीडित परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर छ। यस्तो अवस्थामा मनकारी दाताहरूबाट सहयोग जुट्न थालेको छ।