Saral Patrika
|
5 hours ago
काठमाडौँ। दाङमा निर्वाचन प्रचार–प्रसारका क्रममा नेकपा (एमाले) को झण्डा जलाइएको घटनालाई लिएर काठमाडौँको प्रदर्शनीमार्गस्थित आर.आर. क्याम्पस अगाडि विरोध प्रदर्शन भएको छ। एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं झापा निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार बालेन शाहको पुत्ला जलाउँदै आक्रोश व्यक्त गरेको हो।
Saral Patrika
|
5 hours ago
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहलाई कारबाही गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ । आफूखुसी थर परिवर्तन गर्ने शाहलाई नागरिकता ऐन बमोजिम आवश्यक कारबाहीका साथै सो नागरिकता रद्द गर्न माग गर्दै शुक्रबार युवराज सफलले मन्त्रालयमा उजुरी दिएका हुन् । उनको उजुरी दर्ता समेत भइसकेको छ ।
Saral Patrika
|
6 hours ago
काठमाडौँ। नेपाल शिक्षक महासङ्घले आगामी निर्वाचनमा खटाइने शिक्षकहरूको जिम्मेवारी र मर्यादाका विषयमा गम्भीर आपत्ति जनाएको छ। फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न मतदान केन्द्रमा खटाइएका शिक्षकहरूलाई कनिष्ठ जिम्मेवारी दिइएको भन्दै महासङ्घले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेको हो।
Saral Patrika
|
7 hours ago
आज महान् प्रजातान्त्रिक समाजवादी चिन्तक सीके प्रसाईँको स्मृति दिवस हो । यस्तो अवसरमा कृष्ण धरावासीले २०४५ साल जेठमा ‘साप्ताहिक विचार’को ‘मुक्तपातो’ स्तम्भमा लेखेको “टुप्पोबाट पिपल पलायो” शीर्षकको लेख केवल एउटा घरको कथा होइन, यो त राष्ट्र, सार्वजनिक सम्पत्ति र हाम्रो सामूहिक चेतनाको ऐना हो ।
Saral Patrika
|
8 hours ago
काठमाडौँ। नेकपा (एमाले) को झण्डा जलाएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक कार्यकर्ता पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले शुक्रबार तुलसीपुर उपमहानगरपालिका–७ कालाखोला बस्ने ५५ वर्षीय बुद्धि बहादुर बस्नेतलाई पक्राउ गरेको हो।
Saral Patrika
|
9 hours ago
रौतहट। रौतहटको गौर नगरपालिका–६ सबगढामा विवाहको जन्ती र स्थानीय मुस्लिम समुदायबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ । फागुन ७ गते राति सुरु भएको विवादले उग्र रूप लिएपछि सुरक्षाकर्मीले १२ राउण्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएका छन् ।
Saral Patrika
|
10 hours ago
पोखरा। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुन नहुने बताएकी छन् । पोखरा विश्वविद्यालयको २१ औँ दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले शिक्षालाई समाजको आवश्यकताअनुसार सीप, उद्यमशीलता र नैतिकतासँग जोड्नुपर्नेमा जोड दिएकी हुन् ।
Saral Patrika
|
10 hours ago
Saral Patrika
|
10 hours ago
काठमाडौँ। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरूमा आगामी फागुन २२ गतेका लागि साधारण तारेख तोकेको छ। यो मिति प्रतिनिधिसभा निर्वाचन (फागुन २१) को भोलिपल्ट पर्दछ। रिट निवेदक मध्येका एक अधिवक्ता कृतिनाथ शर्मा पौडेलले आफूले चुनावको भोलिपल्ट अर्थात् फागुन २२ गतेका लागि साधारण तारेख पाएको जानकारी दिए।
Saral Patrika
|
17 hours ago
काठमाडौं । काठमाडौँमा वायुको गुणस्तरको अवस्था निकै दयनीय रहेको छ। हाल काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष ५ स्थानमा रहेको हो। वायु प्रदूषणको तथ्याङ्क राख्ने आईक्यू एयरका अनुसार शुक्रबार बिहान काठमाडौँको एक्यूआई १८२ रहेको छ। यसको अर्थ काठमाडौँको वायुको गुणस्तर ‘अस्वस्थ’ छ। ० देखि ५० एक्यूआईसम्मको हावाको गुणस्तरलाई राम्रो मानिन्छ।
Saral Patrika
|
1 day ago
काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सङ्कल्पसहितको घोषणापत्र जारी गरेका हुन्।
Saral Patrika
|
1 day ago
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ गते हुने निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बने व्यक्तिगत आयकर प्रणालीमा व्यापक सुधार गर्ने घोषणा गरेका छन्। बिहीबार काठमाडौँमा आयोजित ‘प्रतिज्ञा सभा’ लाई सम्बोधन गर्दै उनले मध्यमवर्गीय नागरिकलाई राहत दिन वार्षिक १० लाख रुपैयाँसम्मको आम्दानीमा कुनै पनि कर नलगाउने प्रतिज्ञा गरे।
Saral Patrika
|
1 day ago
विराटनगर । विराटनगरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि उडान भरेको केही मिनेटमै विराटनगर विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गराइएको छ। जहाजमा सवार ३० यात्रु र चालक दलका ४ सदस्यसहित सबै ३४ जना सकुशल रहेका छन्।
Saral Patrika
|
1 day ago
काठमाडौँ । सर्लाहीको ईश्वरपुर नगरपालिका-१३ मा तीनवटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार बुधबार राति करिब आठ बजेतिर भएको दुर्घटनामा हरिपुर्वा नगरपालिका-९ मिर्चैया बस्ने ३० वर्षीय मुकेश राय र सोही उमेरका रामज्ञान रायको मृत्यु भएको हो।
Saral Patrika
|
1 day ago
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छिन्। प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै २००७ सालको क्रान्तिले रैतीबाट नागरिक बनाए पनि २०१५ सालमा आजकै दिनबाट पहिलो संसदीय निर्वाचनको सुरुआत भएको स्मरण गर्दै आजको दिनलाई निर्वाचन दिवसका रुपमा समेत उल्लेख गरेकी छिन्।
Saral Patrika
|
2 days ago
काठमाडौँ। नेपाली कांग्रेसले मुलुकमा सुशासन र समुन्नति कायम गर्ने उद्देश्यका साथ आफ्नो १० बुँदे विस्तृत भिजन सार्वजनिक गरेको छ। बुधबार जनकपुरमा आयोजित एक विशेष समारोहमार्फत ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने मूल नाराका साथ पार्टीले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेको हो।
Saral Patrika
|
2 days ago
काठमाडौँ। आईसीसी टी-२० विश्वकपमा आज बुधबार सुपर-८ को समीकरण पूरा हुँदै छ। समूह ‘ए’ बाट सुपर–८ मा पुग्ने दोस्रो टिम तय भएसँगै अघिल्लो चरणमा पुग्ने सबै ८ टिमको टुंगो लाग्नेछ। अन्य समूहबाट अघिल्लो चरणमा पुग्ने टिम तय भइसकेकाले पाकिस्तान र नामिबियाबीच दिउँसो हुने खेलले सुपर–८ पुग्ने अन्तिम टिमको टुंगो लगाउनेछ।
Saral Patrika
|
2 days ago
काठमाडौँ। शेर्पा समुदायले आज बुधबार विभिन्न कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात् वर्ष र छार अर्थात् नयाँ भन्ने अर्थ लाग्ने यस पर्वलाई शेर्पा समुदायले नयाँ वर्षका रूपमा उत्साहका साथ मनाउने गर्दछन्।
Saral Patrika
|
2 days ago
Saral Patrika
|
2 days ago
जब आन्तरिक जवाफदेहिताबाट उम्किन रङ्गीचङ्गी उपमाहरू मिसाएर वैश्विक शक्ति खेलको दुहाई दिइन्छ, तब बौद्धिक विमर्श नागरिक स्पष्टीकरणबाट चिप्लिएर “राजनीतिक तन्त्रमन्त्र” तर्फ मोडिन्छ। यो संभ्रान्त वर्गद्वारा सञ्चालित एक सूक्ष्म अभ्यास हो, जुन दलीय कार्यकर्ताहरूले चलाउने प्रत्यक्ष “राजनीतिक प्रतिशोध” भन्दा फरक हुन्छ।