npl.977 Nepal News Stream

PalikaNews logo

PalikaNews

स्वास्थ्य सेवाको पहुँच बढाउँदै धनगढी उपमहानगर

पालिका ब्यूरो | 16 hours ago
धनगढी — कैलालीको धनगढी उपमहानगरपालिकाले पछिल्लो समय नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्दै उल्लेख्य सुधार गरेको छ । उपमहानगरले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकलगायत कार्यक्रम सञ्चालन गरी नागरिकका घरदैलोमै निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न थालेको हो ।

नेपालगञ्ज उपमहानगरमा सार्वजनिक नीति साझेदारी ऐन पारित

पालिका ब्यूरो | 19 hours ago
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी ऐन नगरसभाबाट पारित गरेको छ । नगरसभाले बजेट र योजनाको पुनरावलोकन गर्दै वडा कार्यालयलाई प्रदान गरिएको बजेटको सिलिङ पाँच प्रतिशत घटाउने निर्णय गरेको उपमहानगरपालिकाका प्रवक्ता तथा नेपालगञ्ज–१ का वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिनुभयो।

गाउँगाउँमा सुन्तला पहेँलिँदा पनि किसानलाई मूल्यको पीडा

पालिका ब्यूरो | 23 hours ago
बागलुङ — बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । उत्पादन राम्रो भए पनि किसानले भने उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारीहरू बगानमै पुगेर सुन्तला खरिद गर्ने र न्यून मूल्य तोक्ने भएकाले हरेक वर्ष घाटामा बिक्री गर्नुपरेको किसानको भनाइ छ ।

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ् च्याम्पियनसिप आगमी जेठ २९ र ३० गते हुने

पालिका ब्यूरो | 23 hours ago
काठमाडौँ — आउँदो वर्ष २०८३ जेठ २९ र ३० गते दोस्रो महानगरस्तरीय बडीबिल्डिङ् च्याम्पियनसिप आयोजना हुने भएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर २२ को आयोजनामा हुने प्रतियोगिता ‘व्यायाम गरौँ, स्वस्थ रहौँ’ र ‘स्वास्थ्यका लागि व्यायाम’ भन्ने नारासहित सञ्चालन गरिनेछ ।

कालीगण्डकी करिडोरको तातोपानी–घाँसा खण्ड स्तरोन्नतिको काम सकियो

पालिका ब्यूरो | 23 hours ago
म्याग्दी — चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सडक स्तरोन्नति सम्पन्न भएको छ ।

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर : ३८४ जनाको परीक्षण गर्दा ७५ मा मोतियाबिन्दुको समस्या

पालिका ब्यूरो | 23 hours ago
कैलाली — घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च देखिएको छ । जिल्लाको घोडाघोडी नगरपालिकामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ३८४ जनाको परीक्षण गर्दा ७५ जनामा मोतियाबिन्दु भएको पाइएको हो । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित गेटा आँखा अस्पतालको आयोजनामा घोडाघोडी नगरपालिका–१ सुख्खडमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो ।

वडा–वडामा अस्पतालसरह स्वास्थ्य सेवा विस्तार गर्दै काठमाडौँ महानगर

पालिका ब्यूरो | 1 day ago
काठमाडौँ — काठमाडौँ महानगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न पूर्वाधार र मानव पुँजी विकासको कामलाई तीव्रता दिएको छ । महानगरले ३२ वटै वडामा अस्पतालसरहको स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित काम अघि बढाएको जनाएको छ ।

रत्नेचौर–भकुण्डे सडक निर्माण नटुंगिँदै कालोपत्रमा खाल्डा, स्थानीयको गुणस्तरमाथि प्रश्न

पालिका ब्यूरो | 1 day ago
बेनी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पूरा नहुँदै कालोपत्र गरिएको सडकमा खाल्डा पर्न थालेपछि स्थानीयले निर्माणको गुणस्तरमाथि गम्भीर प्रश्न उठाएका छन् । सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजना अन्तर्गत सञ्चालित बेनी नगरपालिका–१ रत्नेचौरदेखि वडा नम्बर २ भकुण्डे जोड्ने सडकअन्तर्गत उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डमा हालै डिबिएसडी प्रविधिबाट कालोपत्र गरिएको थियो ।

चार लेन पुल निरीक्षणमा पुगेका मन्त्री घिसिङको चेतावनी : समयमै काम नगर्ने ठेकेदारलाई कारबाही हुन्छ

पालिका ब्यूरो | 1 week ago
दमौली – भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत व्यास नगरपालिका–४ र ५ स्थित मादी नदीमा निर्माणाधीन चार लेनको पुलको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री घिसिङले निर्माणाधीन पुल पर्यटकीय हिसाबले पनि आकर्षक हुने उल्लेख गर्दै यसले पर्यटकलाई आकर्षित गर्ने बताए ।

२३५ परम्परागत बाजा गुरुलाई काठमाडौँ महानगरले गर्‍यो सम्मानित

पालिका ब्यूरो | 1 week ago
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले २३५ जना परम्परागत बाजा गुरुहरुलाई जनही ३० हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ । ३१ औँ महानगर दिवस २०८२ का अवसरमा आज राष्ट्रिय सभा गृहमा आयोजित समारोहमा उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, समितिका सदस्य तथा कार्यपालिकाअन्तर्गतका विभिन्न समितिका संयोजकहरुले बाजा गुरुहरुलाई सम्मान गरेकी थिईन् ।

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

पालिका ब्यूरो | 1 week ago
बागलुङ – खेतीयोग्य बारी बाँझिँदै जान थालेपछि बागलुङ जिल्लामा हरेक वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती छोड्दै नगदे बालीतर्फ आकर्षित हुनु र कतिपय जमिन बाँझै रहनु उत्पादन घट्नुको मुख्य कारण बनेको छ ।

घरबासले फेरिँदै कोरिखाका महिलाको दैनिकी

पालिका ब्यूरो | 1 week ago
तनहुँ – हिलाको रिखा गाउँका अधिकांश महिला पहिले घरधन्दा र खेतीपातीमै सीमित थिए। तर पछिल्लो समय होमस्टे (घरबास) सञ्चालनमा आएपछि गाउँमा आयआर्जनको नयाँ माध्यम खुलेको छ र यहाँका महिला क्रमशः आत्मनिर्भर बन्दै गएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–५ मा रहेको कोरिखा सामुदायिक घरबास विसं २०७५ देखि सञ्चालनमा आएको हो ।

वीरगञ्ज महानगरले हटायो बिपी उद्यान अतिक्रमण गरेरका पसल

पालिका ब्यूरो | 1 week ago
पर्सा – वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बीपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहर क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यसहित फलफूल, तरकारी तथा अन्य अस्थायी पसल हटाइएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’

पालिका ब्यूरो | 1 week ago
धनगढी – सुदूरपश्चिममा उत्सवकै रूपमा स्थापित हुँदै आएको ‘सुदूरपश्चिम महोत्सव’को १९औँ संस्करण धनगढीमा जारी छ । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापार विकास तथा विस्तारसँगै संस्कृति र कलाको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको हो ।

बेमौसमी वर्षाले धान उत्पादन घट्यो

पालिका ब्यूरो | 1 week ago
मोरङ – बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनको हिसाबले देशकै अग्रणी जिल्लामध्ये मानिने मोरङमा गत वर्षको तुलनामा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान कम उत्पादन भएको हो ।

दरबारको सौन्दर्यीकरणपछि आन्तरिक पर्यटकको आकर्षण बढ्दै

पालिका ब्यूरो | 1 week ago
बागलुङ – एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार हेर्न आउने आन्तरिक पर्यटकको संख्या एक वर्षमै २० हजार पुगेको छ । पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारस्थित दरबार संरक्षण र सौन्दर्यीकरणपछि यहाँको आकर्षण उल्लेख्य रूपमा बढेको दरबार संरक्षण अभियन्ता मन्जेस बम मल्लले जानकारी दिएका छन् ।

काठमाडौं महानगर वडा २३ मा भौतिक सम्पदा संरक्षणका त्रुटि सच्याउन सर्वेक्षण सुरू

पालिका ब्यूरो | 1 week ago
काठमाडौं – काठमाडौँ महानगरपालिका वडा नम्बर २३ ले भौतिक सम्पदा स्थलहरूको संरक्षण तथा मर्मत–सम्भारका क्रममा विगतमा भएका त्रुटिहरू सच्याउन सर्वेक्षण कार्य सुरू गरेको छ । प्राचीन सम्पदाका भागहरू टुटफुट हुँदा आधुनिक सामग्री—विशेषगरी सिमेन्ट—प्रयोग गरी मर्मत गर्दै आएको पाइएकाले ती त्रुटि हटाई मूल स्वरूपमा पुनःस्थापना गर्न वडाले पहल थालेको हो ।

कञ्चनपुरको मोहना नदी-दैजी सडक निर्माणको ठेक्का तोडिया

पालिका ब्यूरो | 1 week ago
काठमाडौं, – हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी —डोकेबजार—बेलौरी—बेलडाँगी—दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार सडक निर्माणका लागि बाबा हन्स—सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौंसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७३/७४मा ठेक्का सम्झौता भएको थियो ।

Explore news by Category