पालिका ब्यूरो
|
4 hours ago
काठमाडौं — सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण र राजस्व चुहावट सम्बन्धी अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्कालाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले खड्काको पक्राउ र म्याद थप गर्दा आवश्यक कानुनी प्रक्रिया पालना नभएको ठहर गर्दै बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।
पालिका ब्यूरो
|
4 hours ago
काठमाडौँ — काठमाडौँ महानगरपालिकाले सहरी सुरक्षा, सडक व्यवस्थापन र सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्रभावकारी बनाउन नेपाल प्रहरीसँग सहकार्य सुदृढ गर्ने भएको छ । यसै सन्दर्भमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्की बीच आज भएको भेटवार्तामा काठमाडौँका सडक, सहरी सुरक्षा तथा व्यवस्थापनका विषयमा विस्तृत छलफल भएको हो।
पालिका ब्यूरो
|
5 hours ago
दाङ — सरकारी छाप दुरुपयोग तथा कीर्ते हस्ताक्षरमार्फत चोरीका मोटरसाइकल बिक्री वितरण गर्दै आएको आरोपमा प्रहरीले तुलसीपुरबाट तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सल्यानको बागचौर नगरपालिका–२ का २० वर्षीय दीपक भण्डारी, १९ वर्षीय सरोज घर्ती मगर र १९ वर्षीय राजन बिष्ट रहेका छन्।
पालिका ब्यूरो
|
5 hours ago
काठमाडौँ — सङ्घीयता कार्यान्वयनका क्रममा देखिएका जटिलता सुल्झाउने उद्देश्यले प्रधानमन्त्री वालेन्द्र शाह ले प्रदेशका मुख्यमन्त्रीहरूसँग करिब तीन घण्टा लामो छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त छलफलमा सङ्घ–प्रदेश समन्वय, नीतिगत अस्पष्टता र कार्यान्वयनका चुनौतीहरूबारे गहन अन्तरक्रिया भएको हो । छलफलका क्रममा मुख्यमन्त्रीहरूले आ–आफ्ना प्रदेशका समस्या र चुनौतीहरू प्रस्तुत गरेका थिए ।
पालिका ब्यूरो
|
15 hours ago
कैलाली — कैलालीको टीकापुर नगरपालिकामा गठन भएका टोल विकास संस्थाले स्थानीय पूर्वाधार विकासमा सक्रिय भूमिका निर्वाह गर्न थालेका छन् । टोलस्तरमै नागरिकको सहभागिता बढाउँदै विकास निर्माणका काममा उनीहरूलाई जिम्मेवार बनाउने उद्देश्यले नगरपालिकाले यस्तो अभ्यास अघि बढाएको हो । चालु आर्थिक वर्षमा मात्रै १९ टोल विकास संस्थाले निर्माण उपभोक्ता समितिको रूपमा काम गरिरहेका छन् ।
पालिका ब्यूरो
|
16 hours ago
जुम्ला — जुम्लामा उच्च घनत्व भएको फुजी जातको स्याउ खेती विस्तार हुँदै गएको छ । हाल जिल्लाका आठवटै स्थानीय तहमा ५२ हेक्टर क्षेत्रफलमा यस्तो स्याउ खेती गरिएको छ, जसमा ४० हेक्टरमा उत्पादन भइरहेको छ ।
पालिका ब्यूरो
|
16 hours ago
म्याग्दी — म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धौलागिरि गाउँपालिका–७ ताकममा पहिलोपटक कालोपत्र सुरु गरिएको छ । धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्ड स्तरोन्नतिका लागि सञ्चालित योजनामार्फत ‘प्रिमिक्स’ प्रविधिबाट कालोपत्र थालिएको हो। महेन्द्र बानियाँ, पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इञ्जिनियरका अनुसार बुधबारदेखि एक लेनमा ‘प्राइमकोट’ (बिटुमिन) बिछ्याउने काम सुरु गरिएको छ ।
पालिका ब्यूरो
|
1 day ago
काठमाडौँ – राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रक्रिया थालिएको सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिए ।
पालिका ब्यूरो
|
1 day ago
कास्की, – पोखरा महानगरपालिकाले विपद् तथा जोखिम न्यूनीकरण केन्द्र (डिआरआरसी) सञ्चालनमा ल्याएको छ । पोखरा–९ शान्तिवनस्थित दमकल कार्यालयमा परिसरमा केन्द्र रहेको छ । महानगरले रु पाँच करोड २१ लाख लागतमा महानगर प्रहरी कार्यालय र केन्द्रको भवन निर्माण गरेको हो । केन्द्र नयाँ वर्षको दिन मङ्गलबारदेखि सञ्चालनमा ल्याइएको हो ।
पालिका ब्यूरो
|
1 day ago
काठमाडौं, — नयाँ वर्षसँगै काठमाडौँ उपत्यकामा वाइफाइ सुविधासहितको रात्रिकालीन बस सेवा सञ्चालनमा आएको छ । सेवा नयाँ वर्षको सुरुवाती अर्थात बैशाख १ गते मैगलबार हिजो रातिदेखि सुरु गरिएको हो । काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिका बीच समन्वय र सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि पुल्चोकबाट सेवा सुरु गरिएको हो ।
पालिका ब्यूरो
|
1 day ago
काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आज संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका समानुपातिक सांसदहरूसँग अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल कार्यक्रम आज बुधबार मध्याह्न १२ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने छ ।
पालिका ब्यूरो
|
1 day ago
काठमाडौं — सरकारले आगामी पाँच वर्षभित्र स्वास्थ्य क्षेत्रको बजेट हिस्सा ८ प्रतिशत पुर्याउने प्रतिबद्धता जनाएको छ । विसं २०८८ सम्म यस्तो लक्ष्य हासिल गर्ने गरी सरकारले आज सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा उल्लेख गरिएको हो ।
पालिका ब्यूरो
|
1 day ago
काठमाडौं — आज पहिलो पटक अन्तरराष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ विश्वभर मनाइँदैछ । समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो दिवस यसै वर्षदेखि मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्घ को महासभाले अप्रिल १५ लाई अन्तरराष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो ।
पालिका ब्यूरो
|
2 days ago
चितवन — गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा उहाँले निर्माण कार्यमा संलग्न निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्न कडा निर्देशन दिएका हुन् । उनले काममा ढिलासुस्ती कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्दै निर्माण कार्यलाई तीव्रता दिन आग्रह गरे ।
पालिका ब्यूरो
|
2 days ago
धनगढी — पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आपूर्तिमा देखिएको समस्याले सुदूरपश्चिमका ठूला विकास आयोजना गम्भीर रूपमा प्रभावित बनेका छन् । निर्माण व्यवसायीहरूले मौज्दात इन्धनबाट काम चलाइरहे पनि अभाव र महँगीका कारण आयोजना अघि बढाउन कठिन भएको बताएका छन् ।
पालिका ब्यूरो
|
2 days ago
काठमाडौँ, — भक्तपुरमा प्रसिद्ध बिस्केट जात्राको अवसरमा आज हजारौँ श्रद्धालु तथा आन्तरिक एवं बाह्य पर्यटकको भीड लागेको छ । नयाँ वर्षको पहिलो दिन परम्परागत रूपमा मनाइने यो जात्रा बिहानैदेखि सुरु भई दिनभर उत्सवमय वातावरणमा सञ्चालन भएको हो ।
पालिका ब्यूरो
|
2 days ago
भक्तपुर — नयाँ वर्ष २०८३ को आगमनसँगै पहिलो सूर्योदय अवलोकन गर्न भक्तपुरका प्रमुख पर्यटकीय गन्तव्य नगरकोट र रानीकोट क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको ठूलो भीड लागेको छ । नयाँ वर्षको स्वागतसँगै यहाँका होटलहरू भरिभराउ हुँदा पर्यटन व्यवसायीहरू उत्साहित बनेका छन् ।
पालिका ब्यूरो
|
3 days ago
काठमाडौं – देशका प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को सार्वजनिक सम्पत्ति विवरणलाई पारदर्शिताको अभ्यासको रूपमा प्रस्तुत गरिए पनि यसले अपेक्षित विश्वासभन्दा बढी प्रश्नहरू जन्माएको देखिन्छ । कागजी रूपमा विवरणहरू कानुनी ढाँचाभित्र रहे पनि तिनले उठाएका सामाजिक र नैतिक प्रश्नहरू भने झन् गहिरिँदै गएका छन् ।
पालिका ब्यूरो
|
3 days ago
चितवन – बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आर्थिक समस्या परेको छ । धेरैजसो सेवा निःशुल्कसँगै सेवा विस्तार गरेको सरकारी अस्पतालमा आर्थिक समस्या परेको हो । आर्थिक अभावका कारण निवृत्त भएका कर्मचारीले उपदान पाउन सकेका छैनन् । अस्पतालले निःशुल्क शय्या, बिरामीलाई निःशुल्क खानाको व्यवस्था गरेको छ भने शय्या अभाव हुँदै गएपछि विस्तार गरेको छ ।
पालिका ब्यूरो
|
3 days ago
काठमाडौं – पछिल्लो समय शिथिल बनेको नेपालको घरजग्गा बजारमा पुनः उत्साहजनक सुधार देखिन थालेको छ। नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको ‘नेपालको घरजग्गा बजारको अवस्था’ सम्बन्धी प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म आइपुग्दा कारोबार संख्या र लगानी दुवैमा उल्लेख्य वृद्धि भएको छ ।