npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

गृहमन्त्री गुरुङ गरे नारायणगढ–बुटवल सडक खण्डको अनुगमन, समयमै काम सक्न निर्देशन

पालिका ब्यूरो 2 days ago

चितवन — गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा उहाँले निर्माण कार्यमा संलग्न निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्न कडा निर्देशन दिएका हुन् ।

उनले काममा ढिलासुस्ती कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्दै निर्माण कार्यलाई तीव्रता दिन आग्रह गरे । अनुगमनका क्रममा गृहमन्त्री गुरुङले ढिलाइका कारण यात्रुहरूले दैनिक सास्ती भोग्नुपरेको, आवागमन प्रभावित भएको तथा दुर्घटनाको जोखिम बढेको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न निर्देशन दिए ।

नारायणगढ–बुटवल सडक खण्ड को प्रगतिबारे जानकारी लिँदै उहाँले सम्बन्धित पक्षलाई उत्तरदायी भएर काम गर्न चेतावनीसमेत दिएका छन् ।

यसैबीच निर्माण कम्पनीका प्रतिनिधिहरूले अबको १५ दिनभित्र सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले निर्माण कार्यलाई थप तीव्रता दिई निर्धारित समयमै आयोजना पूरा गर्ने बताएका छन्।

उक्त सडक खण्डमा लामो समयदेखि ढिलाइ हुँदा यात्रु तथा सवारी चालकहरूले निरन्तर समस्या भोग्दै आएका छन्। अनुगमनपछि काममा सुधार आउने अपेक्षा गरिएको छ।

Read more news from PalikaNews

Explore by Source or Category