इन्द्र कमल रोक्का
|
19 minutes ago
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दुईवटा बिमा कम्पनीको सेयर खरिद गर्नका लागि लिएको ऋणको तमसुक सार्वजनिक भएको छ। काठमाडौं महानगरपालिका वडा नं. १ को कार्यालयमा प्रमाणित गरिएको कपाली तमसुकअनुसार गृहमन्त्री गुरुङले ३७ लाख ५० हजार रुपैयाँ ऋण लिएर सेयरमा लगानी गरेको खुलासा भएको हो। सार्वजनिक भएको तमसुकको विवरणअनुसार गोरखा जिल्ला, गण्डकी गाउँपालिका वडा नं.
केन्द्रबिन्दु
|
19 minutes ago
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले पार्टीभित्र पनि फरक विचार राख्नेलाई सम्मानकासाथ अगाडि बढाउन सक्नुपर्ने बताएका छन् ।सोमबार काठमाडौंमा आयोजित राप्रपाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरुको सम्मान कार्यक्रममा बोल्दै उनले पार्टीभित्र फरक विचार राख्नेलाई सम्मानकासाथ अगाडि बढाउन नसके तानाशाही प्रवृत्ति आउने सक्ने भएकाले फरक विचार भएकोलाई पनि सम्मान गर्नुपर्ने बताए ।
इन्द्र कमल रोक्का
|
35 minutes ago
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विवादित व्यक्तिहरूसँग साझेदारी गरेको भन्ने आरोपमा एउटै कम्पनीमा सयौँ सेयरहोल्डर हुने र सेयर किन्नुलाई सबैसँगको व्यक्तिगत साझेदारी मान्न नसकिने तर्क गरेका छन् । बिचाैलिया दीपक भट्टसँग जोडिएको विषयमा आइतबार एक स्पष्टीकरण सार्वजनिक गर्दै उनले भनेका छन्- ‘“पार्टीको नारा र व्यवहार फरक भयो” भन्ने टिप्पणी पनि गरिएको छ।
केन्द्रबिन्दु
|
37 minutes ago
काठमाडौं । पुशपति क्षेत्र विकास कोषका कोषाध्यक्ष तथा निमित्त सदस्य सचिव श्रीधर सापकोटाले अब एक वर्षभित्र कोषलाई आइटी वेस संस्था बनाउने घोषणा गरेका छन् ।सोमबार विकास कोषको ४० औं वार्षिकोत्सव समारोहको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कोषको प्रशासन व्यवस्थालाई चुस्त दुरुस्त बनाउनको लागि पनि आइटीमा जानुको अर्को विकल्प नभएको बताए ।
केन्द्रबिन्दु
|
40 minutes ago
काठमाडौं । आईसीटी फाउन्डेसनले ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन, मेन्टरशिपदेखि लगानीसम्मको समग्र सहयोग प्रदान गरेको जनाएको छ । फाउन्डेसनका अनुसार नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएका विभिन्न कार्यक्रममार्फत प्रारम्भिक चरणका स्टार्टअपहरूलाई आवश्यक पूर्वाधार, सीप र वित्तीय पहुँच उपलब्ध गराइएको छ ।
इन्द्र कमल रोक्का
|
43 minutes ago
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पछिल्ला दिनमा आफ्नो नाम जोडेर सेयर लगानी र सम्पत्तिको स्रोतका सम्बन्धमा उठेका प्रश्नहरूको खण्डन गरेका छन् । आइतबार एक स्पष्टीकरण सार्वजनिक गर्दै उनले आफ्नो लगानी पारदर्शी रहेको र सबै विवरण मन्त्रिपरिषद्को वेबसाइटमा उपलब्ध रहेको दाबी गरेका हुन् ।
इन्द्र कमल रोक्का
|
47 minutes ago
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्न लागेका नेपाली नागरिकको राहदानीमा ‘रोजगारी निषेध’ उल्लेख भएको छाप लगाएको घटनामा संलग्न दुई जना अध्यागमन अधिकृतलाई कारबाही गरिएको छ। अध्यागमन विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत ती कर्मचारीहरूलाई जिम्मेवारीबाट हटाएको जानकारी दिएको हो।
केन्द्रबिन्दु
|
1 hour ago
चितवन । चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदीमा घडियाल गोहीका १७ वटा गुँड फेला पारेको छ। चैत १ गतेदेखि सुरु गरिएको खोजी अभियानका क्रममा ती गुँड पहिचान गरिएको निकुञ्जले जनाएको छ। सूचना अधिकारी अविनाश थापा मगरका अनुसार स्थानीय बोटे समुदायको सहयोगमा गुँड खोज्ने काम गरिएको हो।
इन्द्र कमल रोक्का
|
1 hour ago
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग जोडिएको पछिल्लो विवाद र सम्पत्तिको स्रोतका सम्बन्धमा उठेका प्रश्नहरूमाथि ‘स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय’ छानबिनको माग गरेको छ। कांग्रेसले आइतबार एक विज्ञप्ति जारी गरी सरकारको ध्यानाकर्षण गराएको हो।
केन्द्रबिन्दु
|
1 hour ago
धनुषा । मधेस प्रदेशकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले परम्परागत, रटानमुखी शिक्षाले अब काम नगर्ने स्पष्ट संकेत दिँदै शिक्षालाई समयअनुकूल, सीपमूलक र प्रविधिमैत्री बनाउन ढिलाइ गर्न नहुने बताएकी छन्। जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयको ११७औँ वार्षिकोत्सवमा बोल्दै उनले गुणस्तरीय शिक्षा बिना समाज परिवर्तन असम्भव हुने ठोकुवा गरिन्।
केन्द्रबिन्दु
|
1 hour ago
भक्तपुर । कागजमा मात्र सीमित लोकतन्त्र होइन, व्यवहारमै बुझाउने उद्देश्यले सूर्यविनायक नगरपालिकाले बालबालिकालाई सिधै ‘राज्य सञ्चालन’को अभ्यास गराउन थालेको छ। आजदेखि सुरु भएको चारदिने ‘बाल संसद्’ कार्यक्रममा ७८ जना बालबालिका सहभागी छन्, जहाँ उनीहरूले वडादेखि केन्द्रसम्म शासन कसरी चल्छ भन्ने प्रत्यक्ष सिक्दैछन्।
केन्द्रबिन्दु
|
1 hour ago
काठमाडौँ । यौन हिंसाका घटनामा पीडितले न्याय पाउन झन्झट व्यहोर्नुपरेको गुनासो बढिरहेका बेला सरकारले कानुन सुधारलाई तीव्रता दिएको जनाएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले अब बन्ने कानुन ‘पीडितमैत्री’ हुने दाबी गर्दै पुराना कमजोरी हटाउने प्रक्रिया सुरु भइसकेको स्पष्ट पारेका छन्।
केन्द्रबिन्दु
|
1 hour ago
काठमाडौं । सरकारले आज पनि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ ।राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजो आइतबार र आज दुई दिन बालबालिकालाई भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाएको हो। स्वास्थ्य सेवा विभागको अनुसार यो अभियानमा छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ।
केन्द्रबिन्दु
|
1 hour ago
केन्द्रबिन्दु
|
2 hours ago
केन्द्रबिन्दु
|
2 hours ago
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । रास्वपाका प्रवक्ता मनिष झाले आज दिउँसो ३ः०० बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको राससलाई जानकारी दिए। उक्त बैठकमा अनिवार्य उपस्थितिका लागि रास्वपाले पार्टीका पदाधिकारी एवम् सदस्यलाई अनुरोध गरेको छ ।
इन्द्र कमल रोक्का
|
2 hours ago
काठमाडाैं । जर्मन महारथी बायर्न म्युनिखले आइतबार राति भएको खेलमा स्टुटगार्टलाई ४–२ गोल अन्तरले पराजित गर्दै कीर्तिमानी ३५औँ पटक बुन्डेसलिगाको उपाधि चुमेको छ। लिगमा चार खेल खेल्न बाँकी छँदै बायर्नले उपाधि आफ्नो कब्जामा पारेको हो। आफ्नै घरेलु मैदान एलायन्ज एरिनामा भएको खेलमा २१औँ मिनेटमा स्टुटगार्टका क्रिस फुहरिचले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए।
केन्द्रबिन्दु
|
2 hours ago
भक्तपुर । अक्षय तृतीयाको अवसरमा सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। केदारनाथको शिर मानिने यस मन्दिरमा विशेष दिन पारेर चारवटै ढोका खुला गरिएको छ, जसले भक्तहरूलाई प्रत्यक्ष रूपमा मन्दिरभित्र प्रवेश गरी पूजा गर्ने अवसर दिएको छ।
केन्द्रबिन्दु
|
2 hours ago
लुम्बिनी । वैशाख ७-नेपालले शक्तिशाली अङ्ग्रेज सेनालाई पराजित गरेको ऐतिहासिक दिन-आज बुटवलस्थित जितगढी किल्लामा विशेष उत्साहका साथ मनाइँदैछ। विसं १८७१ मा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले अत्याधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई परास्त गरेको यो दिनलाई अहिले ‘विजयोत्सव दिवस’का रूपमा स्थापित गरिएको छ।
केन्द्रबिन्दु
|
2 hours ago
काठमाडौं । काठमाडौँ महानगरपालिकाले हराउँदै गएका ऐतिहासिक सम्पदा पुनःस्थापना अभियानलाई तीव्र बनाउँदै १३औँ शताब्दीको महागौरी/पार्वती मूर्ति पुनः आफ्नै स्थानमा राखेको छ। विश्व सम्पदा दिवसको अवसर पारेर छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयमा राखिएको उक्त मूर्ति मरुस्थित सूर्यमुखी महादेव मन्दिर परिसरमा पुनःस्थापित गरिएको हो। वर्षौँअघि चोरी भई विदेशसम्म पुगेको यो मूर्ति बेलायतबाट फिर्ता आएपछि लामो समय सङ्ग्रहालयमा थन्किएको थियो।