इन्द्र कमल रोक्का
|
2 minutes ago
सिरहा। लहान नगरपालिकाअन्तर्गत रहेका दलित तथा मुसहर बस्तीमा निःशुल्क ट्युसन कक्षा सञ्चालन गरिने भएको छ । नगरपालिकाको शिक्षा शाखाले दलित बस्तीमा ट्युसन कक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ तयार गरी कार्यक्रम अगाडि बढाएको हो ।
इन्द्र कमल रोक्का
|
5 minutes ago
महोत्तरी। गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु क्रसिङ (उखु पेल्न) थालेको छ । उद्योगले सोमबार यस वर्षको चिनी उत्पादनका लागि क्रसिङ थालेको हो । गत वर्ष उद्योगले मङ्सिर २६ गते नै क्रसिङ थालेको थियो । गत वर्षभन्दा दुई साता ढिलो उद्योग सञ्चालन गरिए पनि उद्योगलाई भने उखु पर्याप्त पुगेको छैन ।
इन्द्र कमल रोक्का
|
14 minutes ago
काठमाडौँ। आज स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा रू पाँच हजार ५०० र चाँदीको मूल्य रू २० ले वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य तोलामा रू २ लाख ६७ हजार २०० कायम भएको छ भने चाँदीको मूल्य तोलामा रू चार हजार २५५ पुगेको छ ।
इन्द्र कमल रोक्का
|
24 minutes ago
काठमाडौं । नेपालका लागि निसान सवारी साधनको एक मात्र आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रा. लि. ले यस चाडपर्वको मौसमलाई अझ उल्लासमय बनाउँदै विशेष “निसान म्याग्नाइट महा धमाका” अभियान सार्वजनिक गरेको छ।
इन्द्र कमल रोक्का
|
31 minutes ago
काठमाडौँ। नेकपा एमालेको ११ औं महाधिवेशनपछि पार्टीको नेतृत्व संरचनामा नयाँ तरङ्ग देखिएको छ। अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बहुमत सुरक्षित भएपछि स्थायी कमिटी र पोलिटब्युरोको निर्वाचनमा पार्टीभित्रै चासो तिव्र छ । स्थायी कमिटीलाई सचिवालयपछि ‘कोर अफ लिडरसिप’ मानिन्छ । ११ औं महाधिवेशनले यसको निरन्तरता सुनिश्चित गरेपछि अब निर्वाचन प्रक्रिया सुरु हुँदैछ ।
इन्द्र कमल रोक्का
|
1 hour ago
काठमाडौँ। नयाँ नेपाली चलचित्र ‘झरी पछिको ईन्द्रेणी’ हलमा रिलिज भएको छ। जसले दर्शकलाई मनोरञ्जनसँगै सामाजिक सन्देश पनि दिएको छ । चलचित्रले भ्रष्टाचार, जिम्मेवार सुरक्षा निकायको रणनीति, मिडिया ट्रायल र सामाजिक सञ्जाल दुरुपयोगजस्ता समसामयिक विषयहरूलाई पर्दामा ल्याएको छ । चलचित्रमा गणेश कार्कीको कथा शक्तिशाली छ भने अर्जुन घिमिरेको निर्देशनले कथा अझ प्रभावकारी बनाएको छ ।
इन्द्र कमल रोक्का
|
1 hour ago
वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु तीन खर्ब ५९ अर्ब २३ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १७ प्रतिशत अर्थात् रु ५३ अर्ब ३२ करोड बढी मूल्यका सामान आयात भएको हो ।
इन्द्र कमल रोक्का
|
1 hour ago
काठमाडौँ, नेपाल। नेपालका लागि अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटो कर्प प्रा.लि. ले क्रिसमस र नयाँ वर्षको अवसरमा “जीकर एक्स नाउ ओर नेभर” अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत, सामान्य मूल्य रु ८४,९९,००० रहेको जीकर अब रु ६४,९९,००० मा खरिद गर्न सकिनेछ। SUV भोल्भो iX30 सँग साझेदारीमा विकसित GMA2 प्लेटफर्ममा निर्माण गरिएको छ।
इन्द्र कमल रोक्का
|
1 hour ago
काठमाडौँ। नेपालका लागि निसान सवारी साधनको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रा. लि. ले नयाँ वर्ष र क्रिसमसको अवसरमा विशेष “निसान म्याग्नाइट महा धमाका” अभियान सार्वजनिक गरेको छ ।
इन्द्र कमल रोक्का
|
2 hours ago
वालिङ। स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको सो स्थानबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, कास्की जिल्लाका केही स्थान देखिन्छ ।
इन्द्र कमल रोक्का
|
2 hours ago
दमौली। जिल्ला प्रशासन कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा रु एक करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सङ्घसंस्था दर्ता र नवीकरण, हातहतियार नवीकरण र नामसारी, राहदानी दस्तुरलगायतबाट रु एक करोड १८ लाख १५ हजार ८८५ राजस्व सङ्कलन भएको जानकारी दिए ।
इन्द्र कमल रोक्का
|
2 hours ago
म्याग्दी। यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्रगति भएको छ । यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकताप्राप्त सडक आयोजना हो । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी– दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा.
इन्द्र कमल रोक्का
|
2 hours ago
काठमाडौँ । संघीय संसद अन्तर्गत दुई संसदीय समितिको बैठक आज बस्दैछ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएका हुन । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे १० बजे बस्नेछ । बैठकमा उत्तरविधायिकी परिक्षण सम्बन्धी छलफल हुनेछ ।
इन्द्र कमल रोक्का
|
3 hours ago
काठमाडौँ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्यकरणका लागि रु एक करोड बजेट उपलब्ध गराएपछि ठेक्का प्रक्रियामार्फत भानुभक्तको सालिक पुनर्निर्माणसँगै बजार क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका काम सुरु गरिएको भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख विनम दाहालले जानकारी दिए ।
इन्द्र कमल रोक्का
|
3 hours ago
कास्की । पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना हटाउने भएको छ । यसका लागि महानगरले सूचना प्रकाशित गरी ३५ दिनको समय दिएको छ । महानगरभित्र पर्ने राजमार्ग क्षेत्र र नगर क्षेत्रका प्रमुख सडकका वर्कसप र कवाडी सङ्कलन केन्द्रहरूलाई हटाउने तयारी सुरु गरिएको हो ।
इन्द्र कमल रोक्का
|
3 hours ago
काठमाडौँ । नेकपा एमालेले ११औँ महाधिवेशनको निर्णय र सन्देश देशभर पु¥याउने लक्ष्यसहित आज सबै प्रदेश र ७७ जिल्ला कमिटीको संयुक्त भर्चुअल बैठक आयोजना गरेको छ । पार्टी महासचिव शङ्कर पोखरेलले दिउँसो २ बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम तय गरिएको एमालेले जनाएको छ । केन्द्रीय कार्यालय सचिव डा.
इन्द्र कमल रोक्का
|
3 hours ago
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
इन्द्र कमल रोक्का
|
3 hours ago
इन्द्र कमल रोक्का
|
4 hours ago
काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले ७ खर्ब ६६ अर्ब रुपैयाँको आयात गर्दा १ खर्ब १६ अर्ब रुपैयाँको मात्रै निर्यात भएको छ । आयात बढेसँगै व्यापार घाटा ६ खर्ब ४९ अर्ब पुगेको भन्सार विभागको तथ्यांक छ । भन्सार विभागका अनुसार आयात १५.८३% र निर्यात ५८.१७% ले बढेको छ।
इन्द्र कमल रोक्का
|
4 hours ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच मध्यरातमा भएको गोप्य भेटले समसामयिक राजनीतिमा तरङ्ग पैदा गरेको छ । कमलपोखरीस्थित असिम साहको कार्यालयमा भएको भेटपछि दुवै नेता एउटै गाडीमा बाहिरिनुले यसको राजनीतिक सन्देश अझै चर्किएको छ ।