npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

अक्षय तृतीयामा डोलेश्वरमा भीड, चारै ढोका खुला गर्दै भक्तलाई सीधा पूजा अनुमति

केन्द्रबिन्दु 3 hours ago

भक्तपुर । अक्षय तृतीयाको अवसरमा सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। केदारनाथको शिर मानिने यस मन्दिरमा विशेष दिन पारेर चारवटै ढोका खुला गरिएको छ, जसले भक्तहरूलाई प्रत्यक्ष रूपमा मन्दिरभित्र प्रवेश गरी पूजा गर्ने अवसर दिएको छ।

सामान्य दिनमा बाहिरबाटै दर्शन गर्नुपर्ने व्यवस्था भए पनि आज बिहान ४ बजेदेखि नै भक्तजनलाई स्वतन्त्र रूपमा पूजा–अर्चना गर्न दिइएको मन्दिर व्यवस्थापनले जनाएको छ। वर्षमा केवल तीन दिन-अक्षय तृतीया, भदौ ६ र महाशिवरात्रिमा मात्रै यस्तो व्यवस्था गरिन्छ।

भीड व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गरिएको छ भने दर्शनलाई सहज बनाउन करिब आधा घण्टाभित्रै पूजा सक्ने व्यवस्था मिलाइएको छ। धार्मिक आस्थाका कारण हरेक वर्ष झन् बढ्दो भीडले डोलेश्वर क्षेत्र आज उत्सवमय बनेको छ।

Read more news from Kendrabindu

Explore by Source or Category