npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

जितगढी विजय दिवस: अङ्ग्रेजलाई हराएको गौरव, इतिहासबाट राष्ट्रिय स्वाभिमानको स्मरण

केन्द्रबिन्दु 3 hours ago

लुम्बिनी । वैशाख ७-नेपालले शक्तिशाली अङ्ग्रेज सेनालाई पराजित गरेको ऐतिहासिक दिन-आज बुटवलस्थित जितगढी किल्लामा विशेष उत्साहका साथ मनाइँदैछ। विसं १८७१ मा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले अत्याधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई परास्त गरेको यो दिनलाई अहिले ‘विजयोत्सव दिवस’का रूपमा स्थापित गरिएको छ।

बुटवल उपमहानगरपालिकाले २०७४ सालदेखि औपचारिक रूपमा मनाउन थालेको यो दिवस अहिले राष्ट्रिय स्वाभिमानको प्रतीक बन्दै गएको छ। यस वर्ष पनि गढी परिसरमा विशेष कार्यक्रम, नेपाली सेनाको पदयात्रा, सांस्कृतिक प्रस्तुति र वीरहरूको सम्झनासहित उत्सवमय वातावरण बनेको छ।

इतिहासको यो स्थल लामो समय ओझेलमा परे पनि पछिल्ला वर्षहरूमा संरक्षण र प्रवर्द्धनका कामले गति लिएको छ। किल्लामा शहीद वीरहरूको सालिक, हरियाली उद्यान, राष्ट्रिय झण्डा र अन्य संरचना निर्माण भएसँगै यसको महत्व झन् बढेको छ।

जितगढी अब केवल युद्धको स्मृति होइन, सम्भावनायुक्त पर्यटन गन्तव्यका रूपमा पनि विकास हुँदैछ। इतिहास, संस्कृति र प्राकृतिक सौन्दर्यको संयोजनले यसलाई लुम्बिनी क्षेत्रकै प्रमुख आकर्षण बनाउने लक्ष्य अघि सारिएको छ।

Read more news from Kendrabindu

Explore by Source or Category