npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ :सांसद शाही

केन्द्रबिन्दु 1 hour ago

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले पार्टीभित्र पनि फरक विचार राख्नेलाई सम्मानकासाथ अगाडि बढाउन सक्नुपर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित राप्रपाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरुको सम्मान कार्यक्रममा बोल्दै उनले पार्टीभित्र फरक विचार राख्नेलाई सम्मानकासाथ अगाडि बढाउन नसके तानाशाही प्रवृत्ति आउने सक्ने भएकाले फरक विचार भएकोलाई पनि सम्मान गर्नुपर्ने बताए ।
उनले भने,‘पार्टीभित्र पनि फरक विचार राख्नेलाई सम्मानकासाथ अगाडि बढाउन सक्नुपर्छ । यदी त्यो सकेनौं भने भोली ममा पनि तानाशाही प्रवृत्ति आउन सक्छ । यो एउटा सिकाइ हुँदै जान्छ । त्यो सिकाईले भोली अप्ठ्यारो अवस्था ल्याउन । त्यसैले अहिले राप्रपाले फरक विचार भएकोलाई पनि सम्मान गर्नुपर्छ ।’

त्यस्तै उनले अहिले भ्रष्टाचारको फाइलहरु धेरै आउँदै गर्दा राप्रपाको नेतृत्वकर्ताहरुमाथि भने प्रश्न पनि नउठेको दाबी गरे । ‘अहिले भ्रष्टाचारका काण्डका फाइलका फाइल आएका छन् । तर राप्रपाको नेतृत्वको माथि अहिलेसम्म एउटा प्रश्न उठेको छैन् । किनभने हामी इमान्दारिताकासाथ अगाडि बढ्छौं । त्यसमा कोही कसैले पनि आपत्ति नमाने हुन्छ,’उनले भने ।
त्यस्तै उनले जनताको विमति पार्टीसँग भन्दापनि उम्मेदवारसँग भएको भन्दै एमालेका युवाहरुले निर्वाचन जितेर आएको उदाहरण दिए । सांसद शाहीले अहिले सबैभन्दा बढि राजनीतिक एजेण्डा राप्रपासँग मात्र भएको दाबी गरे ।

उनले भने,‘यहाँ पार्टीसँग विमति होइन् उम्मेदवारसँग विमति छ । पार्टी नै खत्तम भएको भए एमालेका युवाहरुले कसरी जितेर आउँथे ?खै त जितेर आएको छन् । हामीले कहिँ कतै कम्जोरी गरेको छौै भने आत्मासमिक्षा गरौं र यतिबेला सबैभन्दा बढि कसैसँग राजनीतिक एजेण्डा छ भने त्यो राप्रपासँग मात्रै छ ।’ त्यस्तै,पार्टीले सरकारले चालेको सकारात्मक कदममाथि साथ दिने र जनताकोहित विपरित काम भए खबरदारी गर्ने बताए ।

Read more news from Kendrabindu

Explore by Source or Category