npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

राप्ती नदीमा १७ घडियालका गुँड भेटिए, अण्डा सङ्कलन १० वैशाखदेखि सुरु हुने

केन्द्रबिन्दु 2 hours ago

चितवन । चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदीमा घडियाल गोहीका १७ वटा गुँड फेला पारेको छ। चैत १ गतेदेखि सुरु गरिएको खोजी अभियानका क्रममा ती गुँड पहिचान गरिएको निकुञ्जले जनाएको छ।

सूचना अधिकारी अविनाश थापा मगरका अनुसार स्थानीय बोटे समुदायको सहयोगमा गुँड खोज्ने काम गरिएको हो। अब ती गुँडमध्ये कुन–कुनबाट अण्डा सङ्कलन गर्ने भन्नेबारे छलफलपछि प्रक्रिया अघि बढाइनेछ। अण्डा सङ्कलन १० वैशाखदेखि सुरु गर्ने तयारी छ।

निकुञ्जले संकलित अण्डालाई प्रजनन केन्द्रमा राखी कृत्रिम रूपमा बच्चा कोरल्ने र हुर्काएपछि पुनः नदीमै छोड्ने अभ्यास गर्दै आएको छ। यस वर्ष भने गुँड खोजी कार्य केवल राप्ती नदीमै सीमित गरिएको हो।

घडियाल संरक्षणका दृष्टिले यो खोजलाई महत्वपूर्ण मानिएको छ। तर प्राकृतिक बासस्थानमा यसको अस्तित्व जोगाउन अझ कडा संरक्षण आवश्यक रहेको विज्ञहरूको भनाइ छ।

Read more news from Kendrabindu

Explore by Source or Category