npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

राहदानीमा ‘रोजगारी निषेध’ को छाप लगाएको प्रकरणः दुई अध्यागमन अधिकृत हटाइए

इन्द्र कमल रोक्का 2 hours ago

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्न लागेका नेपाली नागरिकको राहदानीमा ‘रोजगारी निषेध’ उल्लेख भएको छाप लगाएको घटनामा संलग्न दुई जना अध्यागमन अधिकृतलाई कारबाही गरिएको छ।

अध्यागमन विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत ती कर्मचारीहरूलाई जिम्मेवारीबाट हटाएको जानकारी दिएको हो।

विभागका अनुसार, प्रस्थान गर्न लागेका नागरिकको राहदानीमा प्रस्थान छापसँगै “रोजगारी निषेध” लेखिएको छाप लगाइएको विषयमा अनुसन्धान भइरहेको छ। यस सम्बन्धमा विभागले मिति २०८२।१।३ को निर्णयअनुसार छानबिन समिति गठन गरिसकेको छ।

नेपाली नागरिकलाई यसरी सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नरहेको विभागले स्पष्ट पारेको छ । प्रचलित कानुन र विभागीय निर्णय विपरीत गैरकानूनी अभ्यास गरेको पाइएकाले ती दुई अधिकृतलाई विमानस्थलको जिम्मेवारीबाट हटाई थप आवश्यक छानबिन प्रक्रिया अगाडि बढाइएको विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले जानकारी दिएका छन् ।

विज्ञप्तिमा उल्लेख भएअनुसार यो कारबाही मिति २०८३।०१।०७ मा गरिएको हो। बिना कुनै आधिकारिक निर्देशन नागरिकको राहदानीमा सर्तहरू लेख्नुलाई विभागले गम्भीर उल्लंघनका रूपमा लिएको छ।

Read more news from Kendrabindu

Explore by Source or Category