npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

बालबालिकालाई ‘सत्ता चलाउने’ तालिम, वडादेखि संसद्सम्मको अभ्यास सुरु

केन्द्रबिन्दु 3 hours ago

भक्तपुर । कागजमा मात्र सीमित लोकतन्त्र होइन, व्यवहारमै बुझाउने उद्देश्यले सूर्यविनायक नगरपालिकाले बालबालिकालाई सिधै ‘राज्य सञ्चालन’को अभ्यास गराउन थालेको छ। आजदेखि सुरु भएको चारदिने ‘बाल संसद्’ कार्यक्रममा ७८ जना बालबालिका सहभागी छन्, जहाँ उनीहरूले वडादेखि केन्द्रसम्म शासन कसरी चल्छ भन्ने प्रत्यक्ष सिक्दैछन्।

बालक्लबका प्रतिनिधिहरू सहभागी रहेको यो अभ्यासमा नीति बनाउने, चुनाव गर्ने, नेतृत्व चयन गर्ने र जनताको समस्या पहिचान गर्ने प्रक्रिया नै प्रयोगात्मक रूपमा गराइँदैछ। आयोजकहरूका अनुसार यसले बालबालिकालाई किताबभन्दा बाहिरको वास्तविक राजनीतिक र प्रशासनिक ज्ञान दिनेछ।

कार्यक्रम उद्घाटन गर्दै उपप्रमुख सरिता भट्टराईले बालबालिकाको आवाज नीतिमा जोडिनु आवश्यक रहेको बताइन्। आयोजक संस्था कन्र्सोटियम नेपालकी उपाध्यक्ष अनिता पाण्डेका अनुसार ‘बाल सहभागिता संविधानदेखि व्यवहारसम्म’ भन्ने उद्देश्यसहित सुरु गरिएको यो अभ्यासले भविष्यका नेतृत्व तयार गर्न सहयोग गर्नेछ।

स्थानीय तहदेखि संसद्सम्मको संरचना बुझाउँदै बालबालिकालाई निर्णय प्रक्रियामा सहभागी गराउने यो पहललाई ‘बालमैत्री शासन’तर्फको व्यावहारिक कदमका रूपमा हेरिएको छ। अब प्रश्न भनेको—यस्ता अभ्यासले बालबालिकाको आवाज साँच्चिकै नीतिमा कति पुग्छ भन्ने हो।

Read more news from Kendrabindu

Explore by Source or Category