npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo

हाम्रो खेलकुद

HamroKhelkud.com - Complete website for Nepali Sports News | Nepali Cricket, Football and More

चन्द्रगढी महिला गोल्डकपमा रचनाको प्रस्तुति दिने

Prakash Timalsina | 19 minutes ago
हिमाल खरेल,बिर्तामोड ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको उद्घाटन कार्यक्रममा गायिक रचना रिमालले प्रस्तुति दिने भएकी छन् । उनले खेलमैदानमै सांगीतिक प्रस्तुति दिने बताइएको छ । चन्द्रगढी घर भएकी अहिलेकी लोकप्रिय गायिका रिमालले महिला फुटबललाई प्रोत्सहान गर्न प्रस्तुति दिन लागेको गोल्डकप आयोजक चन्द्रगढी युवा क्लबका अध्यक्ष रोहित सुब्बाले बताए ।

निरजद्वारा उपाधि रक्षा

Prakash Timalsina | 24 minutes ago
काठमाडौं (हाम्रो खेलकुद) – निरज तामाङ सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधि रक्षा गरेका‌ छन्। करियरको पाँचौं उपाधि जित्ने क्रममा आज निरजले १० औं वरीयताका टंक बहादुर कार्कीलाई ३/२ ले माथ दिए। यो सिजनको दोस्रो उपाधि जित्ने क्रममा नेपाल नम्बर एक गल्फर निरजले आज टंकलाई कुनैपनि समय मौका नै दिएनन्।

आइपिएलमा गुजरात र  संघर्षरत कोलकाता खेल्दै

Prakash Timalsina | 2 hours ago
एजेन्सी – इन्डियन प्रिमियर लिग (आपिएल) २०२६ मा आज अहमदाबादमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ। तर यस खेलमा श्रीलंकाली तीव्र बलर माथीसा पथिराना भने उपलब्ध हुने छैनन्। उनले श्रीलंका क्रिकेटबाट एनओसी पाए पनि व्यवस्थापकीय कारणले यो खेल खेल्न नसक्ने भएका हुन्।

पोखरा स्पोर्ट्स अवार्डको सह‌ प्रायोजकमा केल्मी नेपाल

Prakash Timalsina | 4 hours ago
पोखरा (हाम्रो खेलकुद)- १०औं पोखरा स्पोर्ट्स अवार्डका लागि स्पेनिस खेलकुद ब्राण्ड केल्मीको नेपालका लागि आधिकारिक विक्रेता केल्मी नेपाल सह‌ प्रायोजकका रूपमा जोडिएको छ। केल्मी ब्राण्डका उत्पादन नेपालमा बिक्री–वितरण गर्दै आएको कामरु ट्रेडिङ प्रा.लि. र अवार्डको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीबीच सहकार्यसम्बन्धी सम्झौता भएको हो।

आर्मी पिएम कप च्याम्पियन

Prakash Timalsina | 4 hours ago
वीरगञ्ज (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप (पिएम कप) एकदिवसीय क्रिकेट प्रतियोगिता २०२६ को च्याम्पियन बनेको छ । सुदूरपश्चिम प्रदेशलाई फाइनलमा आज ५ विकेटले हराउँदै आर्मीले उपाधि जितेको हो । सबै ८ संस्करणको फाइनल खेलेको आर्मीको यो तेस्रो उपाधि हो । वीरगञ्जको नारायणी क्रिकेट मैदानमा १ सय ६२ रनको लक्ष्य पछ्याएको आर्मीले ३३.

‘कोहलपुर माइल’ दौड असारमा हुने

Prakash Timalsina | 9 hours ago
नेपालगन्ज (हाम्रो खेलकुद)- अन्तर्राष्ट्रिय अभियान ‘वन ग्लोबल माइल’ अन्तर्गत नेपालमा असार २७ गते (जुलाई ११) ‘कोहलपुर माइल’ दौड आयोजना हुने भएको छ। विश्वभर प्रत्येक वर्ष जुलाई ११ मा मनाइने यस अभियानले दौड संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

Prakash Timalsina | 21 hours ago
विराटनगर (हाम्रो खेलकुद)- घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरमा जारी ३८ औं नोबेल विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सहिद मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा ‘ए’ डिभिजन टोली चर्च ब्वाइज युनाइटेडलाई ३-० ले पराजित गर्दै सम्राटले उपाधि भिडन्त पक्का गरेको हो । पहिलो सहभागितामा नै सम्राट विराट गोल्डको फाइनल पुगेको हो ।

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा

Prakash Timalsina | 21 hours ago
इटहरी (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेड१६ औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको क्वाटरफाइनलमा युनाइटेड खर्साङ फुटबल क्लब (युकेएफसी) लाई ३-१ ले पराजित गर्दै प्लानिङ ब्वाइज अन्तिम चारमा पुगेको हो। बुढासुब्बा गोल्डकप च्याम्पियनसमेत रहेको प्लानिङ ब्वाइजको जितमा कप्तान फागुराम थारुले २ गोल तथा धिरेन्द्र शाहले १ गोल गरे।

खुशी फेस अफ कर्पोरेट टि टेन

Prakash Timalsina | 1 day ago
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.ले आयोजना गर्ने कर्पोरेट टि‌ लिगका लागि महिला राष्ट्रिय क्रिकेट खेलाडी खुशी डंगोललाई ‘फेस अफ कर्पोरेट टि टेन ’ घोषणा गरिएको छ। सन् २०१७ देखि क्रिकेट खेल्न सुरु गरेकी खुशीले २०२३ अगष्टमा नेपाली राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय डेब्यु गरेकी थिइन्।

आइपिएलमा मुम्बई र पञ्जाब खेल्दै

Prakash Timalsina | 1 day ago
एजेन्सी – मुम्बई इन्डियन्स र पञ्जाब किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज प्रतिस्पर्धा हुँदैछ। मुम्बईको वानखेडे स्टेडियममा खेल नेपाली समयअनुसार साँझ ७:४४ बजे सुरु हुनेछ। जारी आइपिएलको २४औँ खेलमा दुवै टोली फरक फरक लयमा मैदान उत्रिँदै छन्। पञ्जाब अहिले प्रतियोगितामा अपराजित रहँदै अंकतालिकाको दोस्रो स्थानमा छ ।

आर्सनल च्याम्पियन्स लिगको सेमिफाइनलमा

Prakash Timalsina | 1 day ago
एजेन्सी – आर्सनलले बुधबार घरेलु मैदानमा गोलरहित बराबरी खेल्दै स्पोर्टिङ सिपीविरुद्ध समग्रमा १-० को जितसहित च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। पहिलो लेगमा काइ हाभर्ट्जले अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो। यो जितसँगै आर्सनलले अब सेमिफाइनलमा एट्लेटिको म्याड्रिडसँग प्रतिस्पर्धा गर्नेछ। खेलको सुरुवातमै फ्रान्सिस्को त्रिन्काओको प्रहार झिनो अन्तरले बाहिरियो।

Explore news by Category