खुशी फेस अफ कर्पोरेट टि टेन
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.ले आयोजना गर्ने कर्पोरेट टि लिगका लागि महिला राष्ट्रिय क्रिकेट खेलाडी खुशी डंगोललाई ‘फेस अफ कर्पोरेट टि टेन ’ घोषणा गरिएको छ।
सन् २०१७ देखि क्रिकेट खेल्न सुरु गरेकी खुशीले २०२३ अगष्टमा नेपाली राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय डेब्यु गरेकी थिइन्।
कुवेतविरुद्धको पहिलो खेलमै उनले पहिलो बलमा विकेट लिँदै विश्व क्रिकेटमा यस्तो उपलब्धि हासिल गर्ने चौथो तथा पहिलो नेपाली महिला खेलाडी बनेकी थिइन्।
उनले नेपालबाट १० अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छन्।
खुशीले ‘फेस अफ कर्पोरेट टि टेन ’ बन्न पाउँदा आफू उत्साहित र गौरवान्वित भएको बताइन्। यस्ता प्रतियोगिताले महिला खेलाडीलाई थप अवसर प्रदान गर्ने र क्रिकेटमा महिलाको सहभागिता अझ सशक्त बनाउन मद्दत पुग्नेछ विश्वास व्यक्त गरिन्।
काठमाडौं स्पोर्ट्स एन्ड इभेन्ट्सका निर्देशक ज्योति भण्डारीले खुशीलाई ‘फेस अफ कर्पोरेट टि टेनका रूपमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए।
कर्पोरेट टि टेन लिग वैशाख १० देखि १७ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
The post खुशी फेस अफ कर्पोरेट टि टेन first appeared on हाम्रो खेलकुद.