npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

आर्मी पिएम कप च्याम्पियन

Prakash Timalsina 5 hours ago

वीरगञ्ज (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप (पिएम कप) एकदिवसीय क्रिकेट प्रतियोगिता २०२६ को च्याम्पियन बनेको छ ।

सुदूरपश्चिम प्रदेशलाई फाइनलमा आज ५ विकेटले हराउँदै आर्मीले उपाधि जितेको हो । सबै ८ संस्करणको फाइनल खेलेको आर्मीको यो तेस्रो उपाधि हो ।

वीरगञ्जको नारायणी क्रिकेट मैदानमा १ सय ६२ रनको लक्ष्य पछ्याएको आर्मीले ३३.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।

इमरान शेख र बसिर अहमदले पाँचौं विकेटका लागि ९६ रनको महत्वपूर्ण साझेदारी गर्दै आर्मीको जितको आधार तयार पारे। दुबै जना अर्धशतक नजिक पुगे।

इमरानले ८२ बलमा समान २ छक्का र चौकासहित नटआउट ४६ रन बनाए। बसिरले ५६ बलमा ४ चौकासहित ४५ रन जोडे।

त्यसबाहेक ओपनर त्रितराज दासले ३१, कुशल मल्ल १७ र अर्जुन साउदले नकआउट ७ रन बनाए। कप्तान विनोद भण्डारी २ र भीम सार्की सार्की ४ रनमा आउट भए। सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३९.४ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ६१ रन बनायो।

सुदूरका खेलाडीको ब्याटिङ निराशाजनक रह्यो। पहिलो देखि पाँचौं क्रमका ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन्।

खड्ग बोहरा र नरेन भट्ट‌ समान १ रनमा, राजु रिजाल र दीपक बोहरा समान ७ रनमा र अभिषेक पाल ९ रनमा आउट भए। ३१ रन जोड्दा ५ विकेट गुमाउँदै सुदूरपश्चिमले संघर्ष गर्यो।

त्यसपछि किरण ठगुन्ना र नारायण जोशीले छैटौं विकेटको लागि ६२ रनको साझेदारी गरे। नारायण २९ रनमा आउट भए। किरण ठगुन्नाले ३५ रन बनाए।

अशोक धामीले सर्वाधिक ४३ रन जोडे। हेमन्त धामीले १६ रन जोडे। टोलीकाका ७ खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन्।

आर्मीका बलिङमा आकाश चन्दले ९ ओभरमा १ मेडन सहित ३१ रन दिएर ३ विकेट लिए। साहबले पनि ३ र बसिदले २ विकेट आफ्नो नाममा लेखाए।

The post आर्मी पिएम कप च्याम्पियन first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category