आइपिएलमा गुजरात र संघर्षरत कोलकाता खेल्दै
एजेन्सी – इन्डियन प्रिमियर लिग (आपिएल) २०२६ मा आज अहमदाबादमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ।
तर यस खेलमा श्रीलंकाली तीव्र बलर माथीसा पथिराना भने उपलब्ध हुने छैनन्। उनले श्रीलंका क्रिकेटबाट एनओसी पाए पनि व्यवस्थापकीय कारणले यो खेल खेल्न नसक्ने भएका हुन्।
गर वा मरको अवस्थामा कोलकाताका लागि यो खेल अत्यन्त महत्वपूर्ण बनेको छ। ५ खेलमा मात्र एक अंक जोडेको कोलकाता प्रतियोगिताको मध्य चरणमा पुग्नुअघि नै कठिन अवस्थामा पुगेको छ। जितबाहेक अर्को नतिजाले टोलीलाई कमजोर अवस्थामा स्थितिमा पुर्याउनेछ।
विदेशी खेलाडी फिन एलेन र क्यामरुन ग्रीनबाट अपेक्षित प्रदर्शन आउन सकेको छैन। त्यस्तै भारतका अन्तर्राष्ट्रिय खेलाडी रिंकु सिंह र रामन्दीप सिंह पनि अहिलेसम्म प्रभाव जमाउन सकेका छैनन्।
अघिल्लो खेलमा सुनील नारिनलाई ओपनरका रूपमा पठाइएको निर्णय रणनीतिक भए पनि त्यसले टोलीको ब्याटिङ संयोजन केही अन्योलपूर्ण देखिएको छ। यसले टोलीका प्रभावशाली पावरप्ले ब्याटर अजिंक्य रहाणेलाई तल झार्नुपर्ने स्थिति सिर्जना गरेको थियो।
बलिङतर्फ भने केही सुधार देखिएको छ। नारिनले पुनः आफ्नो जादु देखाउन थालेका । कार्तिक त्यागी र वैभव अरोराको प्रदर्शन सन्तोषजनक छ। तर टोलीलाई अझै पनि वरुण चक्रवर्तीबाट उत्कृष्ट प्रदर्शनको आवश्यकता छ।
अर्कोतर्फ गुजरात टाइटन्स भने सुरुआती सुस्त प्रदर्शनपछि लयमा फर्किएको छ। कप्तान शुभमन गिल र साई सुदर्शन उत्कृष्ट फर्ममा देखिएका छन् भने जोस बटलरले पनि टि ट्वान्टी विश्वकपपछिको खराब फर्मबाट उकासिएका छन्।
बलिङतर्फ प्रसिद्ध कृष्णाका छोटा र ढिला डेलिभरीले विपक्षी ब्याटरलाई दबाबमा राखिरहेका छन्। त्यस्तै राशिद खान पनि सन् २०२५ को निराशाजनक प्रदर्शनपछि फेरि लयमा फर्किएका छन्। गुजरात लगातार तेस्रो जित निकाल्दै अंक तालिकाको शीर्ष चारतर्फ उक्लिने लक्ष्यमा छ।
प्रसिद्ध कृष्णा यस सिजन गुजरातका महत्वपूर्ण बलर बनेका छन्। उनको छोटो र ढिलो गतिको बलले ब्याटरलाई समस्यामा पारिरहेको छ।
उता रिंकु सिंह भने यस सिजन अपेक्षाअनुसार प्रदर्शन गर्न सकेका छैनन्। चार इनिङ्समा उनले एक मात्र छक्का प्रहार गरेका छन् र उनको स्ट्राइक रेट पनि १२० मात्र रहेको छ। टोली संकटमा रहेको अवस्थामा उनले ठूलो इनिङ्स खेल्ने अपेक्षा गरिएको छ।
सम्भावित टोली
गुजरात टाइटन्स – शुभमन गिल (कप्तान), साई सुदर्शन, जोस बटलर (विकेटकिपर), वासिङ्टन सुन्दर, ग्लेन फिलिप्स, राहुल तेवतिया, एम शाहारुख खान, राशिद खान, कागिसो रबाडा, अशोक शर्मा, प्रसिद्ध कृष्णा, मोहम्मद सिराज।
कोलकाता नाइट राइडर्स -फिन एलेन/टिम सेइफर्ट, सुनील नारिन, अजिंक्य रहाणे (कप्तान), अंगक्रिश रघुवंशी, क्यामरुन ग्रीन, रिंकु सिंह, रामन्दीप सिंह, रोभम्यान पावेल, अनुकुल रोय, वैभव अरोरा, कार्तिक त्यागी, वरुण चक्रवर्ती।
The post आइपिएलमा गुजरात र संघर्षरत कोलकाता खेल्दै first appeared on हाम्रो खेलकुद.