npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

ओडिआई टोलीमा विनोदको पुनरागमन र अर्जुन पहिलो पटक

Prakash Timalsina 8 hours ago

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी मेन्स क्रिकेट वल्ड कप लिग टुको लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको घोषणा गरिएको छ।

विनोद भण्डारीले टोलीमा पुनरागमन गरेका छन्। अर्जुन कुमाल पहिलो पटक राष्ट्रिय टोलीमा समेटिएका छन् । रोहितको कप्तानीमा रहने ओडिआईमा दीपेन्द्र सिंह ऐरी उप कप्तानको भूमिकामा रहनेछन्।

अन्य खेलाडीहरूमा कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन्।

वैशाख १२ गते देखि नेपाल, ओमन र युएईबीचको सिरिज टियु मैदानमा हुँदैछ। नेपाल र युएईबीच पहिलो खेल १२ गते हुनेछ।

The post ओडिआई टोलीमा विनोदको पुनरागमन र अर्जुन पहिलो पटक first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category