दीपेन्द्र टि ट्वान्टी टोलीको कप्तान, ओडिआईमा रोहित नै
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टि ट्वान्टी राष्ट्रिय क्रिकेट टोलीको कप्तानीको जिम्मेवारी दीपेन्द्र सिंह ऐरीलाई दिएको छ।
क्यानले दीपेन्द्रको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो। नियमित कप्तान रोहित पौडेल यस पटकको टोलीमा परेका छैनन्।
त्यस्तै कुशल मल्ल, साहब आलम र अर्जुन साउदले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् भने सन्तोष यादव पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन्।
कप्तान दीपेन्द्रसहित घोषित टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम, शेर मल्ल छन्।
यसअघि टि ट्वान्टी विश्वकप खेलेको टोलीका कप्तान रोहित पौडेलसहित आशिफ शेख, सोमपाल कामी, करण केसी र ललित नारायण राजवंशी भने यस पटकको टोलीमा समावेश भएका छैनन्। यद्यपि उनीहरू एकदिवसीय अन्तर्राष्ट्रिय टोलीमा भने यथावत् छन्।
नेपालले सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा युएईविरुद्ध टि ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्ने तालिका छ। उक्त सिरिज फ्लडलाइटमा सञ्चालन हुनेछ।


The post दीपेन्द्र टि ट्वान्टी टोलीको कप्तान, ओडिआईमा रोहित नै first appeared on हाम्रो खेलकुद.